सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयक २०८१ का कतिपय प्रावधानप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण गराएको छ । सामाजिक सञ्जाललाई नियमन गर्ने, व्यवस्थित गर्ने र त्यसबाट अपराधजन्य कार्य रोक्ने पहल स्वाभाविक भए पनि प्रस्तावित कानुनले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संगठन तथा भेला हुने स्वतन्त्रता र सञ्चार माध्यम प्रयोग गर्ने हक मा प्रतिकूल असर पार्ने खतरा देखिएको भन्दै प्रदेश समितिले विधेयकमा कठोर सजायसहितको फौजदारी कानुन बनाउन खोजिएकोमा गहिरो चिन्ता व्यक्त गरेको छ । प्रस्तावित कानुनबारे आम सरोकारवाला पक्षसँग छलफल नगरी सरकार एकलौटी रूपमा अघि बढेको महासंघको निष्कर्ष रहेको प्रदेश महासचीव…
प्यूठान । लुम्बिनी प्रदेश संसदमा सामाजिक सशक्तीकरणका सवालमा खरो रुपमा प्रस्तुत हुँदै आएकी प्रदेश संसद निमा गिरीले आफ्नो कार्यकालको दोस्रो रिपोर्ट-कार्ड(बार्षिक प्रतिबेदन) सार्बजनिक गरेकीछन् । बालबिबाह, मादक पदार्थ सेवनले निम्त्याएकाे घरेलु तथा महिला हिंसा , गरिबी लगायतका बिषयलाई प्राथमिकता दिएर प्रदेश सदनमा खरोरुपमा प्रस्तु भई नीतिगत र सामाजिक सशक्तीकरणका लागि जोडदार आवाज उठाउँदै आएकी गिरीले आफूले गरेका गतिबिधिलाई समेटेर दोस्रो पटक प्रतिवेदन सार्बजनिक गरेकीहुन् । उनको यो अभ्यासले अन्य सांसदहरुलाई समेत सिको गर्न चुनौती दिईरहेकोछ ।जननिर्वाचित प्रतिनिधिहरु मध्य आफूले गरेका बर्षभरीका गतिविधिलाई समेटेर प्रतिबेदन सार्बजनिक गर्ने सम्भवतः संसदिय ईतिहाँसमा सांसद गिरीनै हाल सम्मकै पहिलो महिला सांसद हुन् । सांसद गिरीले…
प्यूठान । बिगत तीन बर्ष यता बडादशैको महाअष्टमीमा हुँदै आएको भित्रिकोट दौड प्रतियोगिता यशबर्ष पनि सञ्चालन हुने भएकोछ । ऐतिहासिक पृष्ठभुमि रहेको भित्रिकोट सम्म करिब ८ किलोमिटरको दुरीमा प्यूठान नगरपालिका वडा नं ७ पुण्ड्यखोलाबाट दौड प्रतियोगिता हुने प्यूठान न पा ७ का वडाअध्यक्ष नेत्रबहादुर के सीले बताउनुभयो । यसबर्ष प्यूठान जिल्ला बासीले मात्र दौड्न पाउनेछन् भने उमेर हद १८ देखी ४० बर्ष कायम गरिएकोछ । दौडमा प्रथम हुनेले १५ हजार, दोस्रोले १० र तेस्रोले ७ हजार पुरस्कार पाउनेछन् । सातौ स्थान सम्म आउनेले सान्तोना पुरस्कार पाउने सञ्चालक समितिले जनाएको छ । तर प्यूठान नगरपालिकाको प्रमुख पर्यटकिय केन्द्रबिन्दु भित्रिकोट भएपनि नगरले…
काठमाडौं। प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री प्रशारण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ। काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गर्दै एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको भन्दै ती युट्युव माध्यमलाई कानुनी कारवाहीको लागि सिफारिस गरेको हो। काउन्सिलले सञ्चारमाध्यमका रुपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामाग्री प्रसारण गरेको र सचेत गराउँदा समेत नसच्चिएकाले थप कारवाहीका लागि प्रहरीमा पठाइएको जनाएको छ। काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारवाही गर्ने निर्णय गरेको हो। काउन्सिलले गत साउन महिनायता हिंसा, आतंकलाई प्रश्रय पुग्ने,…
प्यूठान । प्यूठान नगरपालिका १० का वडा सदस्य तेज बहादुर खड्काले करिब १२ बर्ष देखि नगरपालिकाको दुर्गम क्षेत्र पातिहाल्नामा दालमोट उद्योग सञ्चालन गर्दै आएकाछन् । उनी भन्छन्,`नेपालमा नकारात्मक बिषयहरुको बढि प्रचार र चासो हुन्छ । तर उद्यम गरे जे पनि सम्भव छ । मेरा ८ जना परिवारलाई यहि उद्योगले स्वरोजगार बनाएकोछ ।´ अहिले पर्यटकिय क्षेत्र प्यूठान मल्लरानी घुम्न आउने पर्यटकहरुका कारण पनि उनको व्यवसायले थप सफलता पाउने भएपनि उद्योग सँग होटलको पनि उनले बिस्तार गरेकाछन् । उनको दालमोट उद्योगबाट उत्पादित दालमोटले प्यूठानका मुख्य बजारक्षेत्र सँगै अर्घाखाँचीका केही बजारमा समेत बजार पाएको उनले बताए । https://youtu.be/dMI1aVy0v5M?si=fR4HjbG8MrYfUrIg
प्यूठान । बाहिर बर्षे झरी झमझम परिरहेको थियो । प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा विकलाई शनिबार साँझ सुत्केरी व्यथा लाग्यो । केही दिन देखि उनको तल्लो पेट दुखिरहेपनि प्रशव बेथाले एक्कासी त्यसरी च्याप्ला भन्ने उनले सोचेकी थिइनन् । पालिकामा गर्भवती भएका महिलाहरुलाई स्वास्थ्यकर्मीहरु नियमित निगरानीमै राखेकाे थियो। जति साँझ पर्यो पेट पनि त्यतिनै दुख्न थालेपछि स्वास्थ्यकर्मीलाई उनले सम्पर्क गरिन् । तर स्वास्थ्य कर्मीले जिवालाई स्वास्थ्यचौकीमै आउन आग्रह गरे । बाहिर असारे झरी रोकिएको थिएन । रात परिसकेकाले गाडी पनि पाउने अवस्था थिएन । माइतमै रहकी जिवा ३ वर्षको छोरो र आमासहित करिब साढे दुई किलोमिटर टाढा मल्लरानी गाउँपालिका–३,…
असार ६, काठमाडौं । यश बर्षको माध्यमिक शिक्षा परीक्षा(एस् ई ई )को नतिजा असार दोस्रो हप्ता सार्बजनिक गर्ने गरि तयारी भैरहेको छ । माध्यमिक शिक्षा, राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियनत्रक नन्दराम पौडेलले बिद्यार्थीको उत्तरपुस्तिका परिक्षण र सम्परिक्षणको काम सकेर टेबुलेसन र ईन्ट्रीको काम भैरहेको जानकारी गराए । तर यसबर्ष भने परीक्षा नियन्त्रण कार्यालयले लेटरग्रेडिङ्ग प्रणालीमा नयाँ नियम लागुगरेका कारण गत बर्ष भन्दा कम बिद्यार्थी उतृण हुने जोखिम रहेको नियन्त्रक पौडेलले बताए । उनले भने,`बिगत पछिल्ला बर्ष र कोभिड 19 को समयमा जुन प्रकारको लेटरग्रेडिङ्ग प्रणालीलाई आधार बनाईयो, त्यसले शैक्षिक गुणस्तरमा ह्रास आयो । बिद्यार्थीमा नपढेपनि पास भैहालिन्छ, माथिल्लो कक्षा पढ्न…
प्यूठान । नेपाल बिद्युत प्राधिकरणको क्षेत्राधिकार भित्र पर्ने बिद्युत लाईन व्यव्स्थित नहुँदा उपभोक्ताले जोखिम मोलेर त्रासै त्रासमा बाँचिरहेकाछन् । करिब १ महिना अघि नौबहिनी गा पा ६ मसराका होत बहादुर दमाईले आफ्नै खेत जोत्दै गर्दा पोलबाट लागेको करेन्टका कारण आफ्नै आँखा अगाडि २७ बर्षिय छोराे सन्तोष गुमाए । हरेक बर्ष बिद्युत प्राधिकरणले बिस्तार गरेको अव्यवस्थित धरापका कारण मानिसहरुले ज्यान गुमाउँदै गएकाछन् । प्राधिकरणले लाईन बिस्तार गर्दा सम्बन्धित जग्गाधनीको सहमति नलिई जथाभावी पोल गाड्ने गर्दा उपभोक्तालाई त्रास बढेको नौबहिनी ६ मसराका होतबहादुर दमाईले बताए । उनले भने, म घरमा नभएको समयमा मेरो खेतको बिचमा पोल गाडिएछ, मलाई जानकारी भएन । पछि प्राधिकरणले…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…