प्यूठान । प्यूठान नगरपालिका १० का वडा सदस्य तेज बहादुर खड्काले करिब १२ बर्ष देखि नगरपालिकाको दुर्गम क्षेत्र पातिहाल्नामा दालमोट उद्योग सञ्चालन गर्दै आएकाछन् ।
उनी भन्छन्,`नेपालमा नकारात्मक बिषयहरुको बढि प्रचार र चासो हुन्छ । तर उद्यम गरे जे पनि सम्भव छ । मेरा ८ जना परिवारलाई यहि उद्योगले स्वरोजगार बनाएकोछ ।´ अहिले पर्यटकिय क्षेत्र प्यूठान मल्लरानी घुम्न आउने पर्यटकहरुका कारण पनि उनको व्यवसायले थप सफलता पाउने भएपनि उद्योग सँग होटलको पनि उनले बिस्तार गरेकाछन् । उनको दालमोट उद्योगबाट उत्पादित दालमोटले प्यूठानका मुख्य बजारक्षेत्र सँगै अर्घाखाँचीका केही बजारमा समेत बजार पाएको उनले बताए ।



