Skip to main content

सरोकार पोस्ट

बिद्युत लाईनमा भलिवल खेल्दै फोप्लीका युवा

Advertisement

प्यूठान । नेपाल बिद्युत प्राधिकरणको क्षेत्राधिकार भित्र पर्ने बिद्युत लाईन व्यव्स्थित नहुँदा उपभोक्ताले जोखिम मोलेर त्रासै त्रासमा बाँचिरहेकाछन् ।

करिब १ महिना अघि नौबहिनी गा पा ६ मसराका होत बहादुर दमाईले आफ्नै खेत जोत्दै गर्दा पोलबाट लागेको करेन्टका कारण आफ्नै आँखा अगाडि २७ बर्षिय छोराे सन्तोष गुमाए । हरेक बर्ष बिद्युत प्राधिकरणले बिस्तार गरेको अव्यवस्थित धरापका कारण मानिसहरुले ज्यान गुमाउँदै गएकाछन् ।

प्राधिकरणले लाईन बिस्तार गर्दा सम्बन्धित जग्गाधनीको सहमति नलिई जथाभावी पोल गाड्ने गर्दा उपभोक्तालाई त्रास बढेको नौबहिनी ६ मसराका होतबहादुर दमाईले बताए । उनले भने, म घरमा नभएको समयमा मेरो खेतको बिचमा पोल गाडिएछ, मलाई जानकारी भएन । पछि प्राधिकरणले सार्नै मिल्दैन भन्छ । अहिले त्यही पोलका कारण छोराे गुमाउनु पर्यो ।´

मकैबारीमा लत्रिएको बिद्युतिय तारमा भलिवल

यस्तै नौबहिनी ८ फोप्ली काउलेका युवाहरुले प्राधिकरणको लापरवाही प्रति व्याङ्य गर्दै लत्रिएको बिद्युतिय तारलाई भलिवल नेटको रुपमा प्रयोग गरेर भलिवल खेलेकाछन् । तर उनिहरु भन्छन्, ` हामीले प्राधिकरणलाई च्यालेन्ज गरेका हौँ । आयर सुधार होला भन्नेमा हामी विश्वस्थ छैनौँ ।´

प्यूठान नगरपालिका ७ टिकुरी थानापति निवासी तेजबहादुर केसीको घर अगाडि पोल र नांगो बिद्युतिय तार छ । त्यो तारलाई बरको रुखको हाँगाले चाँपीरहेकोछ । रुख काट्न कयौ पटक प्राधिकरणलाई गुहार्नु भयो, जनप्रतिनिधि गुहार्नु भयो । कसैले सुन्नदैनन् । उहाँ भन्नुहुन्छ,` यहाँ नगरिकको सुरक्षा गर्ने कुनै निकाय नै छैनन जस्तो छ । आफ्नो लाईन व्यवस्थित गर्न पनि उपभोक्तालाई जोखिममा राख्ने अनि कमिसन खाएर मात्र काम गर्ने प्रबृत्ति प्राधिकरणमा रहेछ ।´ रुखको झ्याङ भित्र बिद्युतिय नांगो तार कयौँ ठाउँमा छन् । तर व्यवस्थित गर्ने बिषयमा उपभोक्ता तिर कुरा तेर्साएर बिद्युत अफिस पन्छिने गरेको प्यूठान नपा ७ टिकुरी धैरेनीका भेषराज रिजालले बताए । उन्ले भने,`बिद्युत लाईन व्यवस्थित नभएर थोरै बैकल्पिक लाईन तान्न डेलिकेशन गएर अनुरोध गर्दा पनि सुनदैन् । खाने पानीका लागि पानी लिफ्ट गर्ने लाईन डिम भएर समस्या भएकोछ ।´ बिचमा पोल गाडीले हानेर बांगो भएको १ बर्ष बित्यो । पोल ठोक्ने टिपरबाट प्राधिकरणले पैसा पनि असुल्यो । तर पोल जस्ताको तस्तै छ । पोलको दुरी टाढा भएकाले बिचबिचमा तार आफै जोल्टिएको उनले बताए ।

बिद्युत प्राधिकरणले आफ्नो पोलमा यन्य ईन्टरनेट सेवा प्रदायकहरुबाट मासिक रुपमा भाड असुल्दै आएको छ । तर आफूले भने जग्गाधनीलाई नसोधी लाईन र पोल बिस्तार गर्छ । भाडा तिर्दैन । उल्टै जोखिम निम्ताएको छ । व्यवस्थापन गर्दैन ।

जिल्ला प्रशासन कार्यालयमा जोखिमको बिषयमा जानकारी आउना साथ समबन्धित निकायलाई खवरदारी गरि सुधार गर्न लगाईएको प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद अर्यालले बताए । तर बिद्युत प्राधिकरण प्यूठानका प्रमुख सँग सम्पर्क गर्न खोज्दा सम्पर्कमै आएनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

O valor e os limites de comparar opções de entretenimento online

Uma comparação só é útil quando ajuda cada pessoa a responder às próprias prioridades, em vez de declarar uma opção vencedora para...

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...