सरोकार पोस्ट

आजको तस्वीर

भर्ना अभियान,पाठ्यपुस्तक बितरण, पुरक परिक्षा रोकियो, शिक्षकहरु सडकमा, सरकारको नजरअन्दाज

भर्ना अभियान,पाठ्यपुस्तक बितरण, पुरक परिक्षा रोकियो, शिक्षकहरु सडकमा, सरकारको नजरअन्दाज

सरकारले `बिद्यालय शिक्षा ऐन´ जारी नगर्दा हप्तौँदेखि शिक्षकहरु राजधानी काठमाडौं केन्द्रीत आन्दोलमा छन् । शिक्षकहरुको मागलाई सरकारले सम्बोधन गर्नुको साटो उल्टै नजरअन्दाज गर्दा बैशाख २ देखि सुरुहुने बिद्यार्थी भर्ना अभियान तथा पाठ्यपुस्तक बितरणको काम देशभर प्रभावित भएको छ । कुनै बिद्यालयमा त बार्षिक परिक्षाको नतिजानै सार्बजनिक गरिएको छैन। सामुदायिक बिद्यालयका शिक्षकहरु काठमाडौंका सडकमा आन्दोलन गरिरहेका छन् । नयाँ शैक्षिक सत्र सुरु भैसक्दा बिद्यार्थी भर्ना पाठ्यपुस्तक बितरणको काम मात्रै होईन SEE को पुरक परीक्षा र कक्षा १२ को नियमित परीक्षा समेत प्रभावित हुने देखिएको छ । SEE को कपि जाँचका लागि जिल्ला जिल्लामा उत्तरपुस्तिका पुगेपनि जाँच गर्ने शिक्षक भने काठमाडौंमा आन्दोलित…
Read More
सांसद गिरी सम्मानित, सुशासन प्रति बफादार भएर कामगर्न कर्मचारीलाई गिरीको आग्रह

सांसद गिरी सम्मानित, सुशासन प्रति बफादार भएर कामगर्न कर्मचारीलाई गिरीको आग्रह

प्यूठान । लुम्बिनी प्रदेशमा प्रदेश निजामती ऐन र स्थानिय तह निजामती ऐन लगायत नीति निर्माणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै नेपाल निजामती कर्मचारी युनियनले प्रदेश सांसद निमा गिरीलाई सम्मान गरेको छ । प्रदेशको नीति सुधारमा आवाज उठाई कार्यान्वयन गरेको भनी उत्कृष्ट सांसदको रुपमा आज सम्मान गरेको हो । लुम्बिनी प्रदेश सांसद निमा गिरी एक सांसद हुन जसले आफ्नो बार्षिक प्रतिबेदन( Report card) हरेक बर्ष सार्वजनिक गर्दै आएकी छन् । कार्यक्रममा सम्मानित भएकी गिरीले प्रमुख अतिथिको रुपमा बोल्दै कार्यरत कर्मचारीले जागिर खाने मात्रै होईन जनतालाई गुणस्तरीय सेवा प्रवाहका निम्ति दत्तचित्त भएर खट्नु पर्ने, सुशासन कायम हुनेगरी पारदर्शी ढंगले सेवा प्रवाह गर्नुनै राज्य…
Read More
कांग्रेसको सयदिने अभियान अन्तरगत आज गौमुखीमा सम्मेलन सम्पन्न, लोकतान्त्रको बलियो आधार कांग्रेसनै हो : केन्द्रीय सदस्य डा.पोख्रेल

कांग्रेसको सयदिने अभियान अन्तरगत आज गौमुखीमा सम्मेलन सम्पन्न, लोकतान्त्रको बलियो आधार कांग्रेसनै हो : केन्द्रीय सदस्य डा.पोख्रेल

जोगिन्द्र मल्ल, गौमुखी प्यूठान । नेपाली कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार देशभर गाउँजागरण कार्यक्रम चलिरहेको छ । देशका ७ सय ५३ वटै स्थानिय तह, वडाहरु र निर्बाचन बुथ सम्म कार्यकर्तालाई प्रशिक्षण तथा कांग्रेसको रणनीति जानकारी गराउँदै आएको कांग्रेसले आईतबार प्यूठानको गौमुखी गाउँपालिकामा सम्पन्न गरेको प्यूठान जिल्ला सभापति बिष्णु कुमार गिरीले बताए । कार्यक्रमको अवसरमा विभिन्न पाटी परित्याग गरि करिब २ दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएकोछ । गौमुखी गा पा सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा.गोबिन्दराज पोख्रेलले सम्मेलनको प्रमुख आतिथ्यबाट सम्बोधन गर्दै कांग्रेस बिचार, आदर्श, भावना र बलियो लोकतान्त्रको बलियो आधारशिला रहेको बताए ।…
Read More
नौबहिनी र ऐरावतीमा राष्ट्रपति रनिङ्गशिल्ड सुरु

नौबहिनी र ऐरावतीमा राष्ट्रपति रनिङ्गशिल्ड सुरु

शागर शर्मा रिजाल प्यूठान । `राष्ट्रका लागि खेलुकद, स्वास्थ्यका लागि खेलकुद´ भन्ने नारा सहित जिल्लाको उत्तरी भु-भागमा अवस्थित नौबहिनी गाउँपालिका र दक्षिणी भु-भागमा रहेको ऐरावती गाउँपालिकमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता खेल शुक्रबारदेखि ओैपचारिक रुपमा सुरु भएकोछ । नौबहिनीमा संघिय सांसद सुर्य थापाले खेल उद्घाटन गर्नुभयो भने ऐरावतीमा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्रा.डा. गोबिन्दराज पोख्रेलले गर्नुभएको छ । नौबहिनीमा चौथाे र ऐरावतीमा पाचौँ रनिङ्गशिल्ड प्रतियोगिता सञ्चालन भएको हो । खेल उद्घाटन गर्दै सांसद सुर्य थापाले नौबहिनी खेलकुदमा जिल्लाकै अग्रपंक्तिमा रहेको बताउनु भयो । खेल संगै आफ्नो शैक्षिक क्षमता विकासमा लाग्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो । एस ई ईको पछिल्लो नतिजाले नौबहिनी पालिका…
Read More
प्यूठान ऐरावतीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

प्यूठान ऐरावतीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

ऐरावती गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । ऐरावती- ५ गोठिबाङबाट ढुंगा लोड गरी मल्लरानी गाउँपालिका ३ चौरपानीतर्फ जादै गरेको रा १ त ४४४५ नंम्बरको ट्याक्टर ऐरावती गाउँपालिका ५ बाली बिसौनामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको हो । दुर्घटनामा परि ऐरावती गाउँपालिका २ का २७ बर्षिय बिजय बहादुर नेपालीलाई उपचारका प्यूठान अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँका ट्याक्टर चालक २६ बर्षिय शान्त बहादुर रावत घाइते भएका छन् । उनलाई थप उपचारका लागी बुटवल रिफर गरिएको प्यूठान प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट…
Read More
धार्मिक सहिष्णुता कायम गर्न स्वामी विवेकानन्द संसकृति ज्ञान परीक्षा

धार्मिक सहिष्णुता कायम गर्न स्वामी विवेकानन्द संसकृति ज्ञान परीक्षा

प्यूठान । धार्मिक सहिष्णुता कायम गर्न स्वामी विकेकानन्द संस्कृति ज्ञान परीक्षा आज जनता मावि बाग्दुला प्यूठानमा सम्पन्न भएकोछ । बैद्यिक सनातन धर्म तथा हुन्दु सँग सम्बन्धित बिभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाको ज्ञानका लागि माध्यमिक तहमा अध्ययनरत बिद्यार्थीहरुलाई परीक्षा लिईएको हिन्दु स्वम्सेवक संघ प्यूठानले जनाएकोछ । प्यूठान नगरपालिका अन्तरगतका सामुदायिक र संस्थागत मा वि हरुमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई ऐच्छिक रुपमा परिक्षामा सहभागी गराई ५० पुर्णांकको बस्तुगत प्रश्नमा परीक्षा गराईएको हो । परिक्षामा सामुदायिक र संस्थागत गरि नगपालिका भित्रका १५ वटा बिद्यालयका ३ सय ७७ जना बिद्यार्थीले भागलिएका थिए । परिक्षामा मुक्ति मा वि रातामाटाका प्रबिण नेपाली प्रथम र प्रभा पुनले दोस्रो…
Read More
ईन्डो-नेपाल कराते प्रतियोगिता प्यूठानमा

ईन्डो-नेपाल कराते प्रतियोगिता प्यूठानमा

प्यूठान । नेपाल र ईन्डिया बिच हुने ईन्डो-नेपाल कराते प्रतियोगिता यसपटक प्यूठानमा शनिवारदेखी सुरु भएकोछ । खेल क्षेत्रको बिस्तार र विकासका लागि शहर देखि गाउँ सम्म खेल सञ्चालन गर्ने उद्देश्य सहित प्यूठानमा खेल आयोजना गरिएको कराते महासंघको केन्द्रीय सदस्य तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री कमला रानाले बताईन् । खेल आईतबार सम्म चल्ने छ । शितो रियो कराते डोजो लुङ्ग प्यूठान आयोजक रहेको उक्त खेलमा नेपाल, भारत र भुटानका गरि जम्मा २ सय ४४ जना खेलाडी बिच दुईदिन प्रतिस्पर्धा हुनेछ । नेपालका पनि विभिन्न जिल्लाका खेलाडिहरुले खेलमा भाग लिने आयोजकले बताएकोछ । खेलमा नेपालका १ सय २४ जना, ईन्डियाको देहरादुनबाट ९५…
Read More
आज गाई र गोबर्धन पुजा गरिदै

आज गाई र गोबर्धन पुजा गरिदै

प्यूठान । गाईलाई लक्ष्मी, देवी, गाई माताको रुपमा पुजा गरे पुण्य मिल्छ भन्ने मान्यता अनुसार आज यमपञ्चक अर्थात् तिहार अन्तर्गत गाई, गोरु, गोबर्द्धन पूजा गरी मनाईंदैछ । प्यूठान स्थित स्वर्गद्वारी आश्रम लगायत आश्रमका दाङ, कपिलवस्तु, काठमाण्डौँलगायका ठाउँहरुमा आज विशेष पुजा गरिने आश्रमले जनाएकोछ । आश्रममा रहेका गौशालामा सामूहिक गाई पूजा गरिएको स्वर्गद्वारी आश्रमका कार्यकारी अधिकृत हरि अधिकारीले बताए। उनका अनुसार आश्रम स्थापना भएदेखिनै गौशाला निर्माण गरि गाई पलिदै आएको छ । उनले भने, `स्थानीय जातका गाई संरक्षण गर्दै आएको छौँ । गाई पूजाको दिन श्रद्धा भक्‍तिपूर्वक भक्तजनहरू यहाँ आउनुहुन्छ। गाईको पूजा आराधना गर्नुहुन्छ।’ स्वर्गद्वारी आश्रम र आश्रम माताहतका अन्य गौशालाहरुमा…
Read More
वर्षाको बितन्डा: तीन दिने वर्षाले काठमाडौँका २५ सहित ८७ जनाको मृत्यु, ७२ बेपत्ता

वर्षाको बितन्डा: तीन दिने वर्षाले काठमाडौँका २५ सहित ८७ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौँ । पछिल्लो तीन दिनसम्म परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट शनिवार बेलुकी ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ । सरकारी तथ्यांकअनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको हो । सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको जानकारी दिए । ३६ जना घाइते भएका छन् । उनका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र…
Read More
अधिकांश भागमा मौषम बदली, लुम्बिनी सहित केही प्रदेशमा भारी वर्षा हुने अनुमान

अधिकांश भागमा मौषम बदली, लुम्बिनी सहित केही प्रदेशमा भारी वर्षा हुने अनुमान

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको विभागले जनाएकोछ ।  बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा मौषम बदली छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी,…
Read More