प्यूठान। गुल्मी जिल्लाको मदाने गाउँपालिका–५ निवासी २५ वर्षीया विष्णा विकले आज एकैपटक चार छोरीलाई जन्म दिएकी छन्। प्राप्त जानकारीअनुसार विष्णाले पहिलो छोरीलाई घरमै, दोस्रो छोरीलाई अस्पताल लैजाँदै गरेको गाडीमै तथा बाँकी दुई छोरीलाई जिल्ला अस्पताल बिजुवारमा सामान्य (नर्मल) प्रसूति मार्फत जन्म दिएकी हुन्। चारमध्ये घरमा र गाडीमा जन्मिएका दुई छोरीको मृ*त्यु भएको छ। जिल्ला अस्पताल बिजुवारमा जन्मिएका अन्य दुई छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। विष्णाका यसअघि पनि ८ वर्ष र ६ वर्षका दुई छोरी रहेका छन्। उनका श्रीमान रोजगारीको सिलसिलामा भारतको सिमलामा रहेको जनाइएको छ।
प्युठान। आफ्ना गुरुले बिद्यालयमा दिएको गृहकार्य गर्न शुन्दरमेलाका बिशाल सामतले बिहान बेलुकी सधै मकैबारीको छेउमा तिर्पाल र छाताको ओतमा पुग्नु पर्छ । बिद्यालयबाट घर फर्कने बित्तिकै बिशाल आफ्नो कापिकिताव सहितको झोला बोकेर मकैबारीको छेउमा पुग्नै पर्छ। उनको यो बाध्यात्मक दैनिकी हो । गाउँमा बाँदर आतंक छ । आफ्नो भएको १ रोपनी र बर्षको पाँच हजार तिर्ने सर्तमा लिएको भाडाको जग्गामा लगाएको मकै बाँदरले मौका पाउनासाथ खाईदिन्छ । उनका बुवा पनि बैदेशिक रोजगारीमा गएका छन् । आमा ज्याला मजदुरी गर्छीन् । बिहान बेलुका आमाले भान्सामा काम गर्नुपर्ने र दिउसो ज्याला मजदूरी गर्न जानुपर्ने बाध्यताछ । भिरपाखा तिर बाँदर आयो भने बिशाल…
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना को शनिबार साँझ भएको सवारी दुर्घटनामा निधन भएको छ। स्वर्गद्वारी नगरपालिका–२ धनवाङको बांगेसल्ला क्षेत्रमा उपप्रमुख राना आफैंले चलाइरहेको नगरपालिकाको लुम्बिनी प्रदेश ०१–००१ भ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। दुर्घटनामा उपप्रमुख रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। जिपमा चालक रानाबाहेक अन्य कुनै पनि व्यक्ति सवार नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। उपप्रमुख रानाको असामयिक निधनले स्वर्गद्वारी नगरपालिका तथा प्यूठान जिल्लाभर शोकको वातावरण सिर्जना भएको छ। मृतक रानाको घटनास्थलबाट शव निकाली पोष्टमाटमकालागि…
प्यूठान । शिक्षा, कृषि, पूर्वाधार र दिगो विकासमा जोड दिदै प्युठान जिल्लाका ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कुल ५ अर्ब ३१ करोड ९ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्। स्थानीय सरकारहरूले विकासका प्राथमिक क्षेत्रहरूलाई केन्द्रमा राख्दै जनजीवन सुधार, पूर्वाधार विस्तार र दिगो विकास लक्ष्यलाई मुख्य आधार बनाएका छन्। जिल्लामा सबैभन्दा ठूलो बजेट प्युठान नगरपालिकाले प्रस्तुत गरेको छ। नगरपालिकाले ८९ करोड ८८ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ। त्यसपछि स्वर्गद्वारी नगरपालिकाले ७२ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकामध्ये गौमुखी गाउँपालिकाले ६४ करोड ४ लाख ७२ हजार रुपैयाँ, झिमरुक गाउँपालिकाले ६२ करोड १७ लाख…
प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका प्रमुखहरू साझा धारणा बनाउन आइतबार प्यूठान नगरपालिकामा एकै ठाउँमा भेला भएका छन्। नेपाली सेनाले समेत सार्वजनिक सम्पत्तिको अवस्थाप्रति चासो देखाएपछि स्थानीय तहहरू थप समन्वयमा सक्रिय बनेका हुन्। प्यूठान नगरपालिका कार्यालयमा भएको छलफलमा नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष तथा जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, सार्वजनिक जग्गा संरक्षण र विकास व्यवस्थापनसँग सम्बन्धित साझा समस्याबारे विस्तृत छलफल गरेका थिए। छलफलपछि सबै स्थानीय तहले आ–आफ्ना क्षेत्रमा सरोकारवालासँग समन्वय गरी आवश्यक तथ्यांक संकलन गर्ने र त्यसका आधारमा संघीय सरकारलाई प्रतिवेदन बुझाउने निर्णय गरेका छन्। बैठकले बिशेषगरी चारवटा स्थानीय…
भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले यातायात व्यवस्था कार्यालय नभएका गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, बर्दिया तथा दाङको घोराहीबाट सवारी दर्ता किताब नवीकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । अब यी जिल्लाका नागरिकहरूले सेवा लिन दाङ, बुटवल वा नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्ने भएको छ । सेवाग्राहीहरूले आफ्नै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत सेवा पाउनेछन् । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने ले सङ्घीयताको मर्मअनुसार नागरिकलाई सहज र सुलभ सेवा दिन सरकार…
प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मिति २०८३ जेठ १ गते दिउँसो करिब १ बजे लु.प्र.०२–००१ ज ०१०४ नम्बरको मारुति भ्यान सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा भ्यान चालक प्युठान नगरपालिका–४ निवासी अन्दाजी २४ वर्षीय दिलिप परियार र सवार मल्लरानी गाउँपालिका–५ धुदी निवासी अन्दाजी २६ वर्षीय अभिषेक कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्यूठान, ऐरावती । ग्रामीण महिलाको आर्थिक सशक्तीकरणका लागि सुरु गरिएको एउटा सानो प्रयास अहिले समुदायभित्र “उपहार अर्थतन्त्र” को प्रेरणादायी उदाहरण बन्दै गएको छ । ऐरावती गाउँपालिका–३ काउलेमा सक्रिय स्वावलम्बी महिला समूहले आफूहरूले पालेका बाख्राबाट जन्मिएका पाठापाठी अर्को “बहिनी समूह” लाई हस्तान्तरण गरेपछि गाउँमा आत्मनिर्भरता र सहकार्यको नयाँ सन्देश फैलिएको हो। तीन वर्षअघि आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित गठन गरिएको काउले स्वावलम्बी महिला समूहका २० सदस्यले दुई वर्षअघि परियोजनामार्फत बाख्रा प्राप्त गरेका थिए । अहिले त्यही बाख्राबाट उत्पादन भएका पाठापाठी बिहीबार वडा नं. ३ कै सुनगाभा स्वावलम्बी महिला समूह, जावुनेका सदस्यलाई उपहारस्वरूप हस्तान्तरण गरिएको छ। समूहकी अध्यक्ष कमला थापाका अनुसार १८ जना…
प्यूठान — निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, इन्धनको महँगी तथा सरकारले समयमै मूल्य समायोजन नगरेको भन्दै निर्माण व्यवसायी संघ प्यूठानले सम्पूर्ण निर्माण कार्य स्वतः बन्द हुन सक्ने चेतावनी दिएको छ। संघले मंगलबार जिल्ला प्रशासन कार्यालय प्यूठानमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै हालको अवस्थामा पुरानै दररेटमा निर्माण कार्य सञ्चालन गर्न असम्भव भएको जनाएको हो। निर्माण व्यवसायीहरूको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको थियो। प्रशासन कार्यालय अगाडि उनीहरूले धर्ना कार्यक्रमसमेत आयोजना गरेका थिए। प्रदर्शनका क्रममा व्यवसायीहरूले “मूल्यवृद्धिका कारण आयोजना सञ्चालन असम्भव बन्दै गएको” भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। संघका अध्यक्ष नवीन कुमार श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पछिल्लो समय डिजेल, बिटुमिन,…
प्यूठान — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठान यतिबेला आन्तरिक विवाद, गुटगत असन्तुष्टि र नैतिक प्रश्नको चपेटामा परेको छ। अश्लिल भिडियो प्रकरणपछि जिल्ला सचिव बलदेव महतारा पदमुक्त भएपछि पार्टीभित्रको बिबाध सतहमा आउन थालेको हो । मंगलबार बसेको जिल्ला कार्यसमिति बैठकले महताराको राजीनामा स्वीकृत गर्दै उनलाई सचिव पदबाट हटाएको छ। यद्यपि उनलाई तत्काल साधारण सदस्यबाट भने निष्कासन नगरिएको पार्टी स्रोतले जनाएको छ। तर पदमुक्त भएका महताराले आफूले पदबाट राजीनामा नदिएको र आफूसँग जोडिएको बिषय तथ्यगत नभएको सरोकार पोष्टसँग दाबी गरे । महताराको केही समयअघि गाउँकै एक महिलासँगको यौन सम्बन्ध सम्बन्धी भनिएको भिडियो जिल्ला सभापति विकास पोख्रेलसम्म पुगेपछि पार्टीभित्र हलचल सुरु भएको सम्बद्ध…