चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनपछि फेरि एउटा विषयले राजनीतिक वृत्तमा ठाउँ पाएको छ—प्रदेश संरचना होइन, प्रदेश सभा नै खारेज गर्ने भन्ने वैचारिक बहस। तर यो कुरा बुझ्दा पहिले एउटा कुरा प्रष्ट हुनुपर्छ, यहाँ “प्रदेश नै हटाउने” भन्दा पनि “प्रदेशभित्रको विधायिकी संरचना” बारे प्रश्न उठाइएको हो भन्ने व्याख्या नेताहरूको भनाइ र रास्वपा पार्टीभित्रको छलफलबाट देखिन्छ। अहिले नेपालको संघीय संरचनामा प्रदेश सरकार र प्रदेश सभा दुवै छन्। सरकारले कार्यपालिका चलाउँछ भने प्रदेश सभाले कानुन बनाउने, बजेट पास गर्ने र सरकारलाई नियन्त्रण गर्ने काम गर्छ। यही संरचना संघीयताको एउटा आधार हो। रास्वपाको महाधिवेशनपछि देखिएको बहस भने यही ठाउँमा केन्द्रित छ—प्रदेशमा…
प्यूठान । शिक्षा, कृषि, पूर्वाधार र दिगो विकासमा जोड दिदै प्युठान जिल्लाका ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कुल ५ अर्ब ३१ करोड ९ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्। स्थानीय सरकारहरूले विकासका प्राथमिक क्षेत्रहरूलाई केन्द्रमा राख्दै जनजीवन सुधार, पूर्वाधार विस्तार र दिगो विकास लक्ष्यलाई मुख्य आधार बनाएका छन्। जिल्लामा सबैभन्दा ठूलो बजेट प्युठान नगरपालिकाले प्रस्तुत गरेको छ। नगरपालिकाले ८९ करोड ८८ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ। त्यसपछि स्वर्गद्वारी नगरपालिकाले ७२ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकामध्ये गौमुखी गाउँपालिकाले ६४ करोड ४ लाख ७२ हजार रुपैयाँ, झिमरुक गाउँपालिकाले ६२ करोड १७ लाख…
प्यूठान। निर्माण व्यवसायी (ठेकेदार) को “खुट्टा भाँचिदिन्छु” भन्ने सरकारका मन्त्रीले विवादास्पद अभिव्यक्ति दिएपछि देशभरका निर्माण व्यवसायीहरु आन्दोलित भएकाछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीहरूप्रति लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका थिए । निर्माण व्यवसायीहरू तथा विभिन्न पक्षले कानुनी राज्यको सिद्धान्तविपरीत भएको भन्दै आपत्ति जनाएका छन्। यसै कारण प्यूठानका निर्माण व्यवसायीहरु पनि आन्दोलित भएका छन् । व्यवसायिहरुले जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार प्रसाईंलाई वीरगञ्जस्थित दियालो होटलबाट सोमबार साँझ पक्राउ गरिएको हो । पक्राउका क्रममा प्रहरीले “माथिको आदेश” आएको भन्दै नियन्त्रणमा लिएको बताइएको छ । यद्यपि, उनीमाथि कुन कसुरमा कारबाही गरिएको हो भन्ने विषयमा प्रहरीले औपचारिक जानकारी दिएको छैन । प्रहरी स्रोतले पक्राउको पुष्टि गरे पनि विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए । मंगलबार वीरगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुन पुगेका उनले विमानस्थलमै सञ्चारकर्मीसँग समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए…
प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका प्रमुखहरू साझा धारणा बनाउन आइतबार प्यूठान नगरपालिकामा एकै ठाउँमा भेला भएका छन्। नेपाली सेनाले समेत सार्वजनिक सम्पत्तिको अवस्थाप्रति चासो देखाएपछि स्थानीय तहहरू थप समन्वयमा सक्रिय बनेका हुन्। प्यूठान नगरपालिका कार्यालयमा भएको छलफलमा नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष तथा जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, सार्वजनिक जग्गा संरक्षण र विकास व्यवस्थापनसँग सम्बन्धित साझा समस्याबारे विस्तृत छलफल गरेका थिए। छलफलपछि सबै स्थानीय तहले आ–आफ्ना क्षेत्रमा सरोकारवालासँग समन्वय गरी आवश्यक तथ्यांक संकलन गर्ने र त्यसका आधारमा संघीय सरकारलाई प्रतिवेदन बुझाउने निर्णय गरेका छन्। बैठकले बिशेषगरी चारवटा स्थानीय…
प्यूठान — निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, इन्धनको महँगी तथा सरकारले समयमै मूल्य समायोजन नगरेको भन्दै निर्माण व्यवसायी संघ प्यूठानले सम्पूर्ण निर्माण कार्य स्वतः बन्द हुन सक्ने चेतावनी दिएको छ। संघले मंगलबार जिल्ला प्रशासन कार्यालय प्यूठानमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै हालको अवस्थामा पुरानै दररेटमा निर्माण कार्य सञ्चालन गर्न असम्भव भएको जनाएको हो। निर्माण व्यवसायीहरूको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको थियो। प्रशासन कार्यालय अगाडि उनीहरूले धर्ना कार्यक्रमसमेत आयोजना गरेका थिए। प्रदर्शनका क्रममा व्यवसायीहरूले “मूल्यवृद्धिका कारण आयोजना सञ्चालन असम्भव बन्दै गएको” भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। संघका अध्यक्ष नवीन कुमार श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पछिल्लो समय डिजेल, बिटुमिन,…
प्यूठान — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठान यतिबेला आन्तरिक विवाद, गुटगत असन्तुष्टि र नैतिक प्रश्नको चपेटामा परेको छ। अश्लिल भिडियो प्रकरणपछि जिल्ला सचिव बलदेव महतारा पदमुक्त भएपछि पार्टीभित्रको बिबाध सतहमा आउन थालेको हो । मंगलबार बसेको जिल्ला कार्यसमिति बैठकले महताराको राजीनामा स्वीकृत गर्दै उनलाई सचिव पदबाट हटाएको छ। यद्यपि उनलाई तत्काल साधारण सदस्यबाट भने निष्कासन नगरिएको पार्टी स्रोतले जनाएको छ। तर पदमुक्त भएका महताराले आफूले पदबाट राजीनामा नदिएको र आफूसँग जोडिएको बिषय तथ्यगत नभएको सरोकार पोष्टसँग दाबी गरे । महताराको केही समयअघि गाउँकै एक महिलासँगको यौन सम्बन्ध सम्बन्धी भनिएको भिडियो जिल्ला सभापति विकास पोख्रेलसम्म पुगेपछि पार्टीभित्र हलचल सुरु भएको सम्बद्ध…
कांग्रेस विशेष महाधिवेशन अनुमोदित सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्म ठहर्याएको हो । सर्वोच्चको निर्णयसँग विशेष महाधिवेशनलाई मान्यता दिन नहुने शेरबहादुर देउवा समूहको माग अप्रत्यक्ष रुपमा अस्विकृत भएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले निर्णयको संक्षिप्त आदेश सुनाइरहेका छन् भने सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा पूर्णबहादुर खड्काद्वारा दायर दायर रिट खारेज भएको जनाएको छ ।…
नेपालमा पेट्रोलियम पदार्थको मूल्यबारे बहस सतहमा जति सरल देखिन्छ, भित्री संरचना त्यति नै जटिल छ। हालै सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा लाग्ने भन्सार तथा पूर्वाधार कर करिब आधा घटाउने निर्णय गर्यो। सार्वजनिक रूपमा यो कदम “जनतालाई राहत” का रूपमा प्रस्तुत गरियो। तर जब तथ्य र व्यवहारलाई सँगै राखेर हेरिन्छ, एउटा फरक तस्वीर देखिन्छ—कर घट्दा पनि मूल्य घटेन। नेपालले पेट्रोलियम पदार्थ भारतको Indian Oil Corporation बाट अन्तर्राष्ट्रिय बजार मूल्यकै आधारमा किन्छ। यसमा नेपालले थप्ने सबैभन्दा ठूलो हिस्सा कर हो। यही कर संरचना उच्च भएकाले पेट्रोलको खुद्रा मूल्य करिब २०० रुपैयाँ आसपास पुग्छ। यस्तो अवस्थामा कर घटाउने निर्णय स्वाभाविक रूपमा उपभोक्तालाई राहत…
लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले तेस्रो रिपोर्ट कार्ड (वार्षिक प्रतिवेदन) सार्वजनिक गरेकी छन् । प्यूठानको प्रतिनिधत्व गर्नु हुने सांसद गिरीले २०८१ मघ एक देखि २०८२ पौष मसान्तसम्मका आफुले सदनमा उठाइएका समग्र विषयसहितका गतिविधिहरू समेटेर रिपोर्ट–कार्ड सार्वजनिक गरेकी हुन् । तीन सय ६६ दिनको अवधीमा १८ दिन मात्रै सदन चलेको, १५ दिन उपस्थित भएको, तिन दिन उपस्थित हुन नसकेको र १८ वटा वैठकमा पाच पटक बोलेको लगायतका विषय उनले समावेश गरेकी छन् । सांसद गिरीले आफ्नो तर्फबाट गरिएको पहल, काम र उपलब्धिहरुसहितको प्रतिवेदन कार्डमै प्रष्ट उल्लेख गरिन् । सांसद गिरीले २०७९ साल पौष १७ गते प्रदेश सभाको सदस्य पदको शपथ…