Skip to main content

सरोकार पोस्ट

पढाइसँगै मकैबारीको पहरा : बाँदर–बदेलको आतंकले बालबालिकाको भविष्यमा प्रश्न, किसान गाउँ छाड्ने क्रम बढ्दो

Advertisement

प्युठान।
आफ्ना गुरुले बिद्यालयमा दिएको गृहकार्य गर्न शुन्दरमेलाका बिशाल सामतले बिहान बेलुकी सधै मकैबारीको छेउमा तिर्पाल र छाताको ओतमा पुग्नु पर्छ ।
बिद्यालयबाट घर फर्कने बित्तिकै बिशाल आफ्नो कापिकिताव सहितको झोला बोकेर मकैबारीको छेउमा पुग्नै पर्छ। उनको यो बाध्यात्मक दैनिकी हो । गाउँमा बाँदर आतंक छ । आफ्नो भएको १ रोपनी र बर्षको पाँच हजार तिर्ने सर्तमा लिएको भाडाको जग्गामा लगाएको मकै बाँदरले मौका पाउनासाथ खाईदिन्छ । उनका बुवा पनि बैदेशिक रोजगारीमा गएका छन् । आमा ज्याला मजदुरी गर्छीन् । बिहान बेलुका आमाले भान्सामा काम गर्नुपर्ने र दिउसो ज्याला मजदूरी गर्न जानुपर्ने बाध्यताछ । भिरपाखा तिर बाँदर आयो भने बिशाल बिद्यालय जान समेत नपाउने वडाध्यक्ष बरुणध्वज मल्लले जानकारी दिए ।

प्युठानको गौमुखी गाउँपालिका–५  सुन्दरमेलाका ११ वर्षीय विशाल सामतको यो कारुणिक अवस्थाले प्यूठानका ग्रामिण भेगका सामुदायिक बिद्यालयमा अध्ययनरत अधिकांस बालबालिकाको प्रतिनिधित्व गर्छ ।  बारीको छेउमा आफ्नो शरीर ढलाएर गृहकार्य गरिरहेका विशालको ध्यान कपि र किताबका अक्षरमा मात्र सिमित छैन, मकैबारीतिर पनि उत्तिकै छ। बाँदरको हुल देखिनेबित्तिकै कापि कलम थन्क्याएर उठ्नुपर्छ। किनकि केही मिनेटको ढिलाइले महिनौँको मेहनतमा हुर्किएको मकैबाली सखाप हुन सक्छ।
कक्षा ६ मा अध्ययनरत विशालको दैनिकी अहिले यही बनेको छ। परिवारको जीविकोपार्जनसँग जोडिएको बाली जोगाउने जिम्मेवारीले उनलाई विद्यालयभन्दा भाडामा जग्गा लिएर लगाएको मकैबाली जोग्याउनु उनको बाध्यता हो भन्छन् ।  
मकैबारीको बीचमा त्रिपाल र छाताको सहाराले बनाइएको अस्थायी ओतमा बसेर पढाइ गरिरहेको उनको दृश्य एउटा बालकको व्यक्तिगत कथा मात्र होइन, पहाडी जिल्लाका हजारौँ किसान परिवारको साझा पीडा हो।
प्युठान, रोल्पा, गुल्मी, बागलुङ, अर्घाखाँची, रुकुमलगायत मध्यपहाडी जिल्लाका अधिकांश गाउँमा अहिले बाँदर र बदेल किसानका सबैभन्दा ठूलो सत्रु र चुनौती बनेका छन्। वर्षभरि पसिना बगाएर लगाएको मकै, धान, कोदो, गहुँ, आलु तथा तरकारी पाक्न थालेपछि बाँदरको हुल दिनमै खेतबारीमा पस्छ भने राति बदेलले बाँकी बाली नष्ट गरिदिन्छ। त्यसैले किसानहरू दिनरात खेतबारीको पहरामा बस्न बाध्य छन्।
गाउँमा युवा रोजगारीका लागि बाहिरिएका छन्। घरमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र छन्। खेतको पहरा कसले दिने भन्ने प्रश्नले धेरै परिवारमा बालबालिका सम्मलाई खेतबारीमा बस्न बाध्य बनाएको छ। कतै उनीहरू विद्यालय बिदा गरेर खेतबारीमा बालिको रेखदेखमा पुग्छन् भने कतै विद्यालय समयमै खेतबाटै गृहकार्य गर्दै बाँदर धपाउने र चौकिदार काम गर्छन्।
विशालको परिवार पनि यही बाध्यताबाट गुज्रिरहेको छ। परिवारले लगाएको मकै वर्षभरिको मुख्य खाद्यान्न हो। केही घण्टा बारी खाली छोडियो भने बाँदरले ठूलो क्षति पुर्‍याउने भएकाले उनलाई बारी छेउँमै त्रिपाल र छाताको ओतमा बस्नुपर्ने अवस्था आएको हो।
गृहकार्य छुट्न नदिन उनी कापी–किताब पनि सँगै ल्याउँछन्। तर पढाइमा एकाग्रता भने सम्भव हुँदैन। प्रत्येक केही मिनेटमा मकैबारीतिर आँखा दौडाउनुपर्छ।
ग्रामीण किसानहरूका अनुसार विगत केही वर्षयता बाँदर र बदेलको समस्या अस्वाभाविक रूपमा बढेको छ। पहिले जंगलमै सीमित रहने वन्यजन्तु अहिले गाउँ र खेतसम्म नियमित पुग्न थालेका छन्। खेतीयोग्य जमिन नजिकै जंगल विस्तार, वन्यजन्तुको संख्या वृद्धि, मानव गतिविधिमा आएको परिवर्तनलगायत कारणले समस्या झन् जटिल बन्दै गएको उनीहरू बताउँछन्। बन्यजन्तुको प्रकोपका कारण ग्रामीण भेगका बस्तिहरु पनि बसाईसराईका कारण खालि हुँदै गएका छन् ।

खेतीबाट उत्पादन घट्दै जाँदा किसानको उत्साह पनि घटेको छ। धेरैले मकै, धान र कोदो लगाउनै छाडेका छन्। कतिपय खेतबारी बाँझै छन्। खेती गरेर पनि उत्पादन घर भित्र्याउन नसकिने भएपछि गाउँबाट बसाइँ सर्ने क्रम बढेको स्थानीयको अनुभव छ। गाउँमा खाली घरको संख्या बढ्दै जानुमा वन्यजन्तुको आतंक पनि एउटा प्रमुख कारण बन्दै गएको उनीहरू बताउँछन्।

कृषि क्षेत्रमा काम गर्ने जानकारहरूका अनुसार वन्यजन्तुबाट हुने क्षति अब व्यक्तिगत समस्या मात्र होइन, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रसँग जोडिएको राष्ट्रिय चुनौती बन्दै गएको छ। किसानलाई प्रभावकारी क्षतिपूर्ति, सुरक्षित बारबन्देज, सामुदायिक निगरानी, वन्यजन्तु व्यवस्थापन र दीर्घकालीन संरक्षण तथा नियन्त्रणका कार्यक्रम एकसाथ सञ्चालन नगरे ग्रामीण कृषि झन् ौसंकटमा पर्ने उनीहरूको भनाइ छ।

मकैबारीको छेउमा त्रिपालमुनि बसेर गृहकार्य गर्दै, बेला–बेला बाँदर धपाउन उठ्ने ११ वर्षीय विशालको तस्बिरले एउटा गम्भीर प्रश्न खडा गरेको छ—देशले ग्रामीण कृषिलाई जोगाउन नसक्ने हो भने किसान गाउँमा कति दिन टिक्लान्?
तस्बिर : बरुण ध्वज मल्ल, खुङ (प्युठान)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...