मधुसुदन भण्डारी प्युठान । केही बर्ष पहिले प्यूठानको चेरनेटा पुग्ने बित्तिकै हरियाली समथर झिमरुक फाँट देख्दा जो कोही पनि लोभिन्थे । जिल्लाको झण्डै साडे दुइलाख जनसंख्याको अन्न भण्डार उक्त फाँट अहिले बिस्तारै हरियाली शुन्दरता गुमाउँदै कङ्क्रिट बन्दै गएको छ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङबाट ५४ किलोमिटर सडक पार गर्दा चेरनेटा पुगिन्छ । प्यूठान चिनाउने झिमरुक फाँटको समथर भुमी, वरीपरी हरीयाली देखेर जो कोही पनि लोभिने अवस्था बिस्तारै हराउँन थालेकोछ । मनमोहक्ता सँगै प्यूठान नगरपालिका र सिङ्गो जिल्लाकै खाद्य सङ्कट धान्ने झिमरुक फाँटमा बाह्रै महिना सिंचाई गर्ने ४ वटा ठुला नहर छन् । नहर निर्माण र नदीमा तटबन्धनका लागि बर्षेनी राज्यकोषको…
`स्याउलिवाङ्गबासीलाई बत्ति मुनिको अँध्यारो बल्ल हट्यो´ प्यूठान । करिब ३ दशक देखि जिल्लामै १२ मेगावाट बिद्युत उत्पादन हुँदै आएपनि बिद्युतको राष्ट्रिय प्रशासण लाईनको पहुँचमा नरहको उत्तरी प्यूठानका स्याउलिवाङ्ग बासी माझ नेपाल बिद्युत प्राधिकरणले बल्ल राष्ट्रिय प्रसारण लाईन पुर्याएको छ । स्याउलिवाङ्गमा बिद्युतिय राष्ट्रिय प्रसारण लाईन पुर्याउन बि.स. २०७७/०७८ मा करिब १५ लाख बजेट बिनियोजन गरि पहुँच बिस्तार गर्न खोजिएको थियो । तर कोभिड १९ काे प्रकोपका कारण काम अबरोध भएकोले २०७९/८० मा बिद्युत बिस्तार गर्न पुन: टेण्डर भएको थियो । पछिल्लो टेण्डर जय दुर्गे कन्ट्रक्सन प्रालिले रु.१५ लाखमा लिएर यस आ ब मा २ सय घरधुरीमा बिद्युत जडान गरि बिहिबार…
प्यूठान । बि.स. १९८४ देखि हरेक बर्ष कार्तिक शुक्ल पुर्णिमाको दिन नौबहिनी गाउँपालिकाको बहानेमा त्यस क्षेत्रको पर्ख्यात कुनौटा मेला लाग्दै आएकोछ । बहाने ईलाकाका व्यापारी गुप्तबहादुर के.सी.का बाजे कालू खत्री तत्कालिन अवस्थामा पाल्पा, गुल्मीक्षेत्रमा वस्थित रिडी गण्डकी गएको र रिडी नदिको किनारमा कार्तिक पुर्णीमाको दिन मेला लागेको देखेपछि त्यसबाट प्रभावित भएर बहानेमा मेला सुरु गरेको व्यापारी केसीले जानकारी दिनुभयो । १९८४ मा कालु खत्रीले मेला सुरु गरेपछि कुनौटामा त्यस क्षेत्रमा सरायँ नाच, रैथाने मारुनी, भैले भैलेनी, विभिन्न झाकीहरु प्रदर्शन हुँदै आएकाछन् । पछिल्लो समय भैले भैलेनी, झाकी र नृत्य तथा विभिन्न खेलकुद गतिविधिको प्रतियोगिता सञ्चालन गर्न थालिएकोछ । मेलामा नौबहिनी…
प्यूठान । झिमरुक गाउँपालिका प्यूठानका उपाध्यक्ष प्रमोद पोख्रेलले आफूलाई लक्षित गरि जतिय विभेद गरेको भन्दै दलित सञ्जाल झिमरुकले जारि गरेको बिज्ञप्ति प्रति ध्यानाकर्षण भएको बताएकाछन् । उपाध्यक्ष पोख्रेलले जातिय विभेद गरेको भन्दै झिमरुक स्थित दलित सञ्जालबाट गत कार्तिक २६ गते जारी बिज्ञप्तिको खण्डन गर्दै आज बिज्ञप्ती जारी गरेकाहुन् । गाउँपालिकाले भाडामा प्रयोग गर्दै आएको झिमरुक गापा ६ का हेमराज भट्टराईको भे १ च ३९९३ नंम्बरको डवल क्याप बोलेरो जिपको निरन्तरता नहुने भएपछि चालक माथि जातिय विभेद गरी भाडामा नलिएको भन्दै राजनीतिक प्रतिशोदले यस्तो गलत हर्कत गरिएको उपाध्यक्ष पोख्रेलले बिज्ञप्तीमा भनेकाछन् । दलित सञ्जालले जारी गरेको प्रेस बिज्ञप्तिको बिषयमा आफूलाई कुनै…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…