प्यूठान । झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ। बुधबार जर्मन विकास सहयोग (GIZ) को आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा मन्डेला नाटक समूहले पालिकाको सभाहलमा नाटक प्रदर्शन गरेको हो। नाटक ‘फर्किने बाटो’ मञ्चीय प्रस्तुतिमार्फत समुदायका सवाललाई उजागर गर्दै दर्शकलाई ती विषयमा सोच्न, छलफल गर्न र आफ्नो धारणा व्यक्त गर्न प्रेरित गर्ने उद्देश्यले तयार गरिएको छ । समुदायमा विद्यमान सामाजिक कुरीति, असमानता र विभेद न्यूनीकरण गर्दै स्थानीय नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने र जागरुक बनाउने उद्देश्यले नाटक प्रदर्शन गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिनुभयो ।नाटकमार्फत महिलाले भोग्नुपरेका सामाजिक चुनौती, निर्णय…
प्यूठान । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्यूठानमा वडा अधिवेशन उत्साहजनक सम्पन्न भएको छ। जिल्लाका ६४ वडा मध्य ५४ वडामा असोज ३ र बाँकी १० वटा वडामा ४ गते अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस प्यूठानले जनाएको छ। वडा अधिवेसन बाट वडा ईकाई समिति र करिब १ हजार ४ सय ५० क्षेत्रिय प्रतिनिधि चयन भएको जिल्ला निर्वाचन अधिकृत रेसमराज गिरीले जानकारी दिनुभयो । अधिवेशनमा वडा तहका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको कांग्रेसले जनाएको छ। वडा अधिवेशनबाट चयन हुने क्षेत्रीय प्रतिनिधिहरू नै कांग्रेसको आगामी नेतृत्व चयन प्रक्रियाका महत्वपूर्ण आधार हुनेछन्। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा जिल्ला कार्यसमितिको निर्वाचन भने…
आठ वडामा आज अधिवेशन हुँदै, नौबहिनीमा देविरामले पाएनन् अवसर, छोरालाई क्षेत्रीय प्रतिनिधिको अवसर प्यूठान । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्यूठानमा वडा अधिवेशनले उत्साहजनक गति लिएको छ। जिल्लाका ६४ वडामध्ये ५६ वडामा असोज ३ गते वडा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस प्यूठानले जनाएको छ। प्राविधिक समस्याका कारण बाँकी रहेका आठ वडामा असोज ४ गते अधिवेशन सम्पन्न गर्ने तयारी छ। अधिवेशनमा वडा तहका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको कांग्रेसले जनाएको छ। वडा अधिवेशनबाट वडा सभापतिसहित क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। बाँकी आठ वडाको अधिवेशन सम्पन्न भएपछि वडा समिति र जिल्लामा क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया पूर्ण हुनेछ। यसपटकको वडा अधिवेशनमा केही…
प्यूठान । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते देशभर हुने वडा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। कांग्रेसले ७७ वटै जिल्लाका वडा तहमा अधिवेशनका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ। पार्टीको निर्बाचन कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३ र ४ गते सञ्चालन हुनेछ।यसैक्रममा नेपाली कांग्रेस प्यूठानले जिल्लाका ६४ वटै वडामा असोज ३ गते नै वडा अधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारी पूरा गरेको जनाएको छ। जिल्लाका नौवटै स्थानीय तहअन्तर्गतका सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको र अधिवेशनका लागि आवश्यक समन्वय तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको कांग्रेस प्यूठानले जनाएको हो।नेपाली कांग्रेस प्यूठानका सभापति विष्णु गिरीले वडा अधिवेशनलाई व्यवस्थित,…
प्यूठान । प्रेस युनियन प्यूठानको नवौं जिल्ला अधिबेशनले पदम सुबेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बिमल प्रसाद पोख्रेल, महिला उपाध्यक्षमा शुसिला बुढा, सचिवमा सागर रिजाल, कोषाध्यक्षमा प्रमोद ओली र सहसचिवमा बिन्दु परियार चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यमा भिमकला कवर, रेखा खत्री, झइन्द्र भण्डारी, राजन केसी र विशाल विश्वकर्मा चयन हुनुभएको छ । संघीय महाधिवेशन प्रतिनिधिमा मधुसुदन भण्डारी, शम्सेर विक्रम जि.सी.,श्रीराम भण्डारी, जोगेन्द्र बहादुर मल्ल, नर्मदा भट्ट, केसब श्रेष्ठ प्रतिनिधि चयन भएको निर्वाचन समितिका संयोजक मेघराज भट्टले बताउनुभयो । अधिबेशनले प्रदेश परिषद सदस्यमा राजेश जि.सी., बिन्दु परियार, विष्णु प्रसाद न्यौपाने, टुकमान रोका क्षेत्री र रबिन बि.क.लाई…
प्यूठान। गुल्मी जिल्लाको मदाने गाउँपालिका–५ निवासी २५ वर्षीया विष्णा विकले आज एकैपटक चार छोरीलाई जन्म दिएकी छन्। प्राप्त जानकारीअनुसार विष्णाले पहिलो छोरीलाई घरमै, दोस्रो छोरीलाई अस्पताल लैजाँदै गरेको गाडीमै तथा बाँकी दुई छोरीलाई जिल्ला अस्पताल बिजुवारमा सामान्य (नर्मल) प्रसूति मार्फत जन्म दिएकी हुन्। चारमध्ये घरमा र गाडीमा जन्मिएका दुई छोरीको मृ*त्यु भएको छ। जिल्ला अस्पताल बिजुवारमा जन्मिएका अन्य दुई छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। विष्णाका यसअघि पनि ८ वर्ष र ६ वर्षका दुई छोरी रहेका छन्। उनका श्रीमान रोजगारीको सिलसिलामा भारतको सिमलामा रहेको जनाइएको छ।
प्युठान। आफ्ना गुरुले बिद्यालयमा दिएको गृहकार्य गर्न शुन्दरमेलाका बिशाल सामतले बिहान बेलुकी सधै मकैबारीको छेउमा तिर्पाल र छाताको ओतमा पुग्नु पर्छ । बिद्यालयबाट घर फर्कने बित्तिकै बिशाल आफ्नो कापिकिताव सहितको झोला बोकेर मकैबारीको छेउमा पुग्नै पर्छ। उनको यो बाध्यात्मक दैनिकी हो । गाउँमा बाँदर आतंक छ । आफ्नो भएको १ रोपनी र बर्षको पाँच हजार तिर्ने सर्तमा लिएको भाडाको जग्गामा लगाएको मकै बाँदरले मौका पाउनासाथ खाईदिन्छ । उनका बुवा पनि बैदेशिक रोजगारीमा गएका छन् । आमा ज्याला मजदुरी गर्छीन् । बिहान बेलुका आमाले भान्सामा काम गर्नुपर्ने र दिउसो ज्याला मजदूरी गर्न जानुपर्ने बाध्यताछ । भिरपाखा तिर बाँदर आयो भने बिशाल…
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना को शनिबार साँझ भएको सवारी दुर्घटनामा निधन भएको छ। स्वर्गद्वारी नगरपालिका–२ धनवाङको बांगेसल्ला क्षेत्रमा उपप्रमुख राना आफैंले चलाइरहेको नगरपालिकाको लुम्बिनी प्रदेश ०१–००१ भ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। दुर्घटनामा उपप्रमुख रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। जिपमा चालक रानाबाहेक अन्य कुनै पनि व्यक्ति सवार नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। उपप्रमुख रानाको असामयिक निधनले स्वर्गद्वारी नगरपालिका तथा प्यूठान जिल्लाभर शोकको वातावरण सिर्जना भएको छ। मृतक रानाको घटनास्थलबाट शव निकाली पोष्टमाटमकालागि…
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनपछि फेरि एउटा विषयले राजनीतिक वृत्तमा ठाउँ पाएको छ—प्रदेश संरचना होइन, प्रदेश सभा नै खारेज गर्ने भन्ने वैचारिक बहस। तर यो कुरा बुझ्दा पहिले एउटा कुरा प्रष्ट हुनुपर्छ, यहाँ “प्रदेश नै हटाउने” भन्दा पनि “प्रदेशभित्रको विधायिकी संरचना” बारे प्रश्न उठाइएको हो भन्ने व्याख्या नेताहरूको भनाइ र रास्वपा पार्टीभित्रको छलफलबाट देखिन्छ। अहिले नेपालको संघीय संरचनामा प्रदेश सरकार र प्रदेश सभा दुवै छन्। सरकारले कार्यपालिका चलाउँछ भने प्रदेश सभाले कानुन बनाउने, बजेट पास गर्ने र सरकारलाई नियन्त्रण गर्ने काम गर्छ। यही संरचना संघीयताको एउटा आधार हो। रास्वपाको महाधिवेशनपछि देखिएको बहस भने यही ठाउँमा केन्द्रित छ—प्रदेशमा…
प्यूठान । शिक्षा, कृषि, पूर्वाधार र दिगो विकासमा जोड दिदै प्युठान जिल्लाका ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कुल ५ अर्ब ३१ करोड ९ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्। स्थानीय सरकारहरूले विकासका प्राथमिक क्षेत्रहरूलाई केन्द्रमा राख्दै जनजीवन सुधार, पूर्वाधार विस्तार र दिगो विकास लक्ष्यलाई मुख्य आधार बनाएका छन्। जिल्लामा सबैभन्दा ठूलो बजेट प्युठान नगरपालिकाले प्रस्तुत गरेको छ। नगरपालिकाले ८९ करोड ८८ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ। त्यसपछि स्वर्गद्वारी नगरपालिकाले ७२ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकामध्ये गौमुखी गाउँपालिकाले ६४ करोड ४ लाख ७२ हजार रुपैयाँ, झिमरुक गाउँपालिकाले ६२ करोड १७ लाख…