प्यूठान। गुल्मी जिल्लाको मदाने गाउँपालिका–५ निवासी २५ वर्षीया विष्णा विकले आज एकैपटक चार छोरीलाई जन्म दिएकी छन्। प्राप्त जानकारीअनुसार विष्णाले पहिलो छोरीलाई घरमै, दोस्रो छोरीलाई अस्पताल लैजाँदै गरेको गाडीमै तथा बाँकी दुई छोरीलाई जिल्ला अस्पताल बिजुवारमा सामान्य (नर्मल) प्रसूति मार्फत जन्म दिएकी हुन्। चारमध्ये घरमा र गाडीमा जन्मिएका दुई छोरीको मृ*त्यु भएको छ। जिल्ला अस्पताल बिजुवारमा जन्मिएका अन्य दुई छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। विष्णाका यसअघि पनि ८ वर्ष र ६ वर्षका दुई छोरी रहेका छन्। उनका श्रीमान रोजगारीको सिलसिलामा भारतको सिमलामा रहेको जनाइएको छ।
प्युठान। आफ्ना गुरुले बिद्यालयमा दिएको गृहकार्य गर्न शुन्दरमेलाका बिशाल सामतले बिहान बेलुकी सधै मकैबारीको छेउमा तिर्पाल र छाताको ओतमा पुग्नु पर्छ । बिद्यालयबाट घर फर्कने बित्तिकै बिशाल आफ्नो कापिकिताव सहितको झोला बोकेर मकैबारीको छेउमा पुग्नै पर्छ। उनको यो बाध्यात्मक दैनिकी हो । गाउँमा बाँदर आतंक छ । आफ्नो भएको १ रोपनी र बर्षको पाँच हजार तिर्ने सर्तमा लिएको भाडाको जग्गामा लगाएको मकै बाँदरले मौका पाउनासाथ खाईदिन्छ । उनका बुवा पनि बैदेशिक रोजगारीमा गएका छन् । आमा ज्याला मजदुरी गर्छीन् । बिहान बेलुका आमाले भान्सामा काम गर्नुपर्ने र दिउसो ज्याला मजदूरी गर्न जानुपर्ने बाध्यताछ । भिरपाखा तिर बाँदर आयो भने बिशाल…
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना को शनिबार साँझ भएको सवारी दुर्घटनामा निधन भएको छ। स्वर्गद्वारी नगरपालिका–२ धनवाङको बांगेसल्ला क्षेत्रमा उपप्रमुख राना आफैंले चलाइरहेको नगरपालिकाको लुम्बिनी प्रदेश ०१–००१ भ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। दुर्घटनामा उपप्रमुख रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। जिपमा चालक रानाबाहेक अन्य कुनै पनि व्यक्ति सवार नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। उपप्रमुख रानाको असामयिक निधनले स्वर्गद्वारी नगरपालिका तथा प्यूठान जिल्लाभर शोकको वातावरण सिर्जना भएको छ। मृतक रानाको घटनास्थलबाट शव निकाली पोष्टमाटमकालागि…
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनपछि फेरि एउटा विषयले राजनीतिक वृत्तमा ठाउँ पाएको छ—प्रदेश संरचना होइन, प्रदेश सभा नै खारेज गर्ने भन्ने वैचारिक बहस। तर यो कुरा बुझ्दा पहिले एउटा कुरा प्रष्ट हुनुपर्छ, यहाँ “प्रदेश नै हटाउने” भन्दा पनि “प्रदेशभित्रको विधायिकी संरचना” बारे प्रश्न उठाइएको हो भन्ने व्याख्या नेताहरूको भनाइ र रास्वपा पार्टीभित्रको छलफलबाट देखिन्छ। अहिले नेपालको संघीय संरचनामा प्रदेश सरकार र प्रदेश सभा दुवै छन्। सरकारले कार्यपालिका चलाउँछ भने प्रदेश सभाले कानुन बनाउने, बजेट पास गर्ने र सरकारलाई नियन्त्रण गर्ने काम गर्छ। यही संरचना संघीयताको एउटा आधार हो। रास्वपाको महाधिवेशनपछि देखिएको बहस भने यही ठाउँमा केन्द्रित छ—प्रदेशमा…
प्यूठान । शिक्षा, कृषि, पूर्वाधार र दिगो विकासमा जोड दिदै प्युठान जिल्लाका ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कुल ५ अर्ब ३१ करोड ९ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्। स्थानीय सरकारहरूले विकासका प्राथमिक क्षेत्रहरूलाई केन्द्रमा राख्दै जनजीवन सुधार, पूर्वाधार विस्तार र दिगो विकास लक्ष्यलाई मुख्य आधार बनाएका छन्। जिल्लामा सबैभन्दा ठूलो बजेट प्युठान नगरपालिकाले प्रस्तुत गरेको छ। नगरपालिकाले ८९ करोड ८८ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ। त्यसपछि स्वर्गद्वारी नगरपालिकाले ७२ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकामध्ये गौमुखी गाउँपालिकाले ६४ करोड ४ लाख ७२ हजार रुपैयाँ, झिमरुक गाउँपालिकाले ६२ करोड १७ लाख…
प्यूठान। फलफूल तथा तरकारी व्यवसायी संघ प्यूठानको अध्यक्षमा टुकलाल न्यौपाने निर्बिरोध निर्बाचित भएकाछन् । शनिबार जुम्री स्थित होटल व्यवसायी संघ तथा पर्यटन सूचना केन्द्रको सभाहलमा सम्पन्न संघको नवौं बार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट न्यौपाने सहितको सबै कार्यसमिति निर्बिरोध निर्बाचित भएको निर्वाचन समितिले जनाएको छ। संघको वरिष्ठ उपाध्यक्षमा बसन्त न्यौपाने, उपाध्यक्ष तरुण बिष्ट, महासचिव मधुसुदन थापा क्षेत्री, सचिव अनिल कुमार गुवाजु, सहसचिव बासुदेव रेग्मी, कोषाध्यक्ष टंकप्रसाद शर्मा पण्डित, सह कोषाध्यक्ष तुलसा बस्नेत लगायत सदस्यहरु निर्वाचित भएका हुन ।
प्यूठान। निर्माण व्यवसायी (ठेकेदार) को “खुट्टा भाँचिदिन्छु” भन्ने सरकारका मन्त्रीले विवादास्पद अभिव्यक्ति दिएपछि देशभरका निर्माण व्यवसायीहरु आन्दोलित भएकाछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीहरूप्रति लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका थिए । निर्माण व्यवसायीहरू तथा विभिन्न पक्षले कानुनी राज्यको सिद्धान्तविपरीत भएको भन्दै आपत्ति जनाएका छन्। यसै कारण प्यूठानका निर्माण व्यवसायीहरु पनि आन्दोलित भएका छन् । व्यवसायिहरुले जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार प्रसाईंलाई वीरगञ्जस्थित दियालो होटलबाट सोमबार साँझ पक्राउ गरिएको हो । पक्राउका क्रममा प्रहरीले “माथिको आदेश” आएको भन्दै नियन्त्रणमा लिएको बताइएको छ । यद्यपि, उनीमाथि कुन कसुरमा कारबाही गरिएको हो भन्ने विषयमा प्रहरीले औपचारिक जानकारी दिएको छैन । प्रहरी स्रोतले पक्राउको पुष्टि गरे पनि विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए । मंगलबार वीरगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुन पुगेका उनले विमानस्थलमै सञ्चारकर्मीसँग समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए…
प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका प्रमुखहरू साझा धारणा बनाउन आइतबार प्यूठान नगरपालिकामा एकै ठाउँमा भेला भएका छन्। नेपाली सेनाले समेत सार्वजनिक सम्पत्तिको अवस्थाप्रति चासो देखाएपछि स्थानीय तहहरू थप समन्वयमा सक्रिय बनेका हुन्। प्यूठान नगरपालिका कार्यालयमा भएको छलफलमा नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष तथा जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, सार्वजनिक जग्गा संरक्षण र विकास व्यवस्थापनसँग सम्बन्धित साझा समस्याबारे विस्तृत छलफल गरेका थिए। छलफलपछि सबै स्थानीय तहले आ–आफ्ना क्षेत्रमा सरोकारवालासँग समन्वय गरी आवश्यक तथ्यांक संकलन गर्ने र त्यसका आधारमा संघीय सरकारलाई प्रतिवेदन बुझाउने निर्णय गरेका छन्। बैठकले बिशेषगरी चारवटा स्थानीय…
भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले यातायात व्यवस्था कार्यालय नभएका गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, बर्दिया तथा दाङको घोराहीबाट सवारी दर्ता किताब नवीकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । अब यी जिल्लाका नागरिकहरूले सेवा लिन दाङ, बुटवल वा नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्ने भएको छ । सेवाग्राहीहरूले आफ्नै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत सेवा पाउनेछन् । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने ले सङ्घीयताको मर्मअनुसार नागरिकलाई सहज र सुलभ सेवा दिन सरकार…