Skip to main content

सरोकार पोस्ट

पालिका

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका प्रमुखहरू साझा धारणा बनाउन आइतबार प्यूठान नगरपालिकामा एकै ठाउँमा भेला भएका छन्। नेपाली सेनाले समेत सार्वजनिक सम्पत्तिको अवस्थाप्रति चासो देखाएपछि स्थानीय तहहरू थप समन्वयमा सक्रिय बनेका हुन्। प्यूठान नगरपालिका कार्यालयमा भएको छलफलमा नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष तथा जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, सार्वजनिक जग्गा संरक्षण र विकास व्यवस्थापनसँग सम्बन्धित साझा समस्याबारे विस्तृत छलफल गरेका थिए। छलफलपछि सबै स्थानीय तहले आ–आफ्ना क्षेत्रमा सरोकारवालासँग समन्वय गरी आवश्यक तथ्यांक संकलन गर्ने र त्यसका आधारमा संघीय सरकारलाई प्रतिवेदन बुझाउने निर्णय गरेका छन्। बैठकले बिशेषगरी चारवटा स्थानीय…
Read More
“दिदी” बाट “बहिनी” सम्म : ऐरावतीमा बाख्रासँगै फैलिँदै आत्मनिर्भरताको चक्र

“दिदी” बाट “बहिनी” सम्म : ऐरावतीमा बाख्रासँगै फैलिँदै आत्मनिर्भरताको चक्र

प्यूठान, ऐरावती । ग्रामीण महिलाको आर्थिक सशक्तीकरणका लागि सुरु गरिएको एउटा सानो प्रयास अहिले समुदायभित्र “उपहार अर्थतन्त्र” को प्रेरणादायी उदाहरण बन्दै गएको छ । ऐरावती गाउँपालिका–३ काउलेमा सक्रिय स्वावलम्बी महिला समूहले आफूहरूले पालेका बाख्राबाट जन्मिएका पाठापाठी अर्को “बहिनी समूह” लाई हस्तान्तरण गरेपछि गाउँमा आत्मनिर्भरता र सहकार्यको नयाँ सन्देश फैलिएको हो। तीन वर्षअघि आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित गठन गरिएको काउले स्वावलम्बी महिला समूहका २० सदस्यले दुई वर्षअघि परियोजनामार्फत बाख्रा प्राप्त गरेका थिए । अहिले त्यही बाख्राबाट उत्पादन भएका पाठापाठी बिहीबार वडा नं. ३ कै सुनगाभा स्वावलम्बी महिला समूह, जावुनेका सदस्यलाई उपहारस्वरूप हस्तान्तरण गरिएको छ। समूहकी अध्यक्ष कमला थापाका अनुसार १८ जना…
Read More
गौमुखी भ्रमण-वर्ष २०८२ प्रर्वद्धनकालागि महासंघ बिच सहकार्य

गौमुखी भ्रमण-वर्ष २०८२ प्रर्वद्धनकालागि महासंघ बिच सहकार्य

जोगिन्द्र मल्ल प्यूठान । प्यूठान जिल्लाक‍ै उत्कृष्ट एवम् रमणीय पर्यटन गन्तव्य गौमुखी गाउँपालिकाले पर्यटन बर्ष २०८२ मनाउने भएको छ । पालिकामा अवस्थित पर्यटकीय क्षेत्रहरुको प्रचार - प्रसार गरि पर्यटन प्रबर्द्धन गर्न गाउँपालिकाले नेपाल पत्रकार महासंघ प्यूठान शाखाको संयोजनमा जिल्लामा कृयाशिल सञ्चारमाध्यम र पत्रकारहरु बिच छलफल गरेकोछ । गौमुखी गाउँपालिका र पत्रकार महासंघ बीच सहकार्यमा जिल्लास्थित सबै सञ्चारमाध्यममा कार्यरत कृयाशिल पत्रकार परिचालन गरि गौमुखीको पर्यटकिय स्थलहरुको प्रचार -प्रसार गर्ने र एक लाख पर्यटक गौमुखीमा भित्र्याउने लक्ष्य सहित भ्रमण बर्ष मनाउन लागिएको हो । सोमबार पत्रकार महासंघ सम्पर्क कार्यालय तथा सूचना केन्द्र विजुवारमा गौमुखी गाउँपालिका उपाध्यक्ष महाबिर राना सहित बैठक सम्पन्न भएको…
Read More
स्थानिय उद्पादनमा जोडदिन कृषि मन्त्री अधिकारीको निर्देशन

स्थानिय उद्पादनमा जोडदिन कृषि मन्त्री अधिकारीको निर्देशन

प्यूठान । संघिय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सबै पालिकालाई स्थानिय उत्पादनलाई प्राथमिकता दिएर काम गर्न निर्देशन गर्नुभएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिकाको कृषि तथा पशुपन्छी सेवा केन्द्रको नव निर्मित भवनको उद्घाटन गर्दै जनप्रतिनिधिले गरेका हरेक काम जनताले सधै सम्झने गरि काम गर्न आग्रह गर्दै हरेक स्थानिय तह कृषिमा आत्मनिर्भर हुने गरि योजन ल्याउन आग्रह गर्नुभयो । उहाले भन्नुभयो,`आफ्नो मृत्यु भएपछि १३ ओैं दिन सम्म त छोराछोरीले सम्झन्छन्, तर सधै भरी सबैले सम्झनका लागि जिम्मेवारीमा, र पदमा भएकाेबेला राम्रो काम गर्न जरुरीछ ।त्यसैले म सबै स्थानिय तहले स्थानिय उत्पादनमा जोड गरौँ । कृषिमा सबै स्थानिय तह आत्म…
Read More
`खरको छानामुक्त´ भएको गौमुखीमा अब “एकघर एकधारा” मुलदेखि मुखसम्म शुद्धपानी जोडिदै

`खरको छानामुक्त´ भएको गौमुखीमा अब “एकघर एकधारा” मुलदेखि मुखसम्म शुद्धपानी जोडिदै

बाबुराम के.सी प्यूठान । गौमुखी गाउँपालिकाले अघिल्लो ५ बर्षे कार्यकालमा पालिकाका ७ वटै वडामा नागरिकका घरका खरको छाना हटाएर जस्ता पाताले रंगायो । यस कार्यकालमा नागरिकको घरघरमा शुद्ध पिउनेपानी पुर्याईदिने अभियानलाई सार्थक बनाउने लक्ष्य लिएको छ । पालिकाले नागरिकको घरघरमा धारा जडान गर्ने कार्यक्रमलाई ऐतिहासिक कदमको रुपमा लिएको छ । पालिकाको ३,५ र ६ नं वडामा ५ सय ४१ घरधुरीका ४ हजार ७ सय २५ जनसंख्या लाभान्वित हुने गरी सबै मापदण्ड बमोजिम शुद्ध पिउनेपानी पुर्‍याउने भएको छ । ७ वटा बिद्यालयमा समेत गरि कुल ५ सय ५२ धारा जडान गरिने छ । यो अभियान यसै आर्थिक बर्ष भित्र सम्पन्न गर्ने…
Read More
बाढि तथा भुक्ष राकथामका लागि जुम्लेपानिका स्थानियले गरे जन श्रमदान

बाढि तथा भुक्ष राकथामका लागि जुम्लेपानिका स्थानियले गरे जन श्रमदान

रबिन पुन साउन १४ । बङगलाचुलि गाउपालिका वार्ड नम्बर 4 जुम्लेपानि स्थित जम्मुडाडामा ग्याबिन तार लगाउने कार्य सम्पन्न भयकाे छ। बर्षातका कारण खाेलाले सडक तथा वरपरका जमिन कटान गर्दै गयकाले यसकाे राेकथाम का लागि जुमलेपानि गढि सामदायिक बन उपभाेक्ता समितिकाे सक्रियतामा स्थानियले जनस्रमदान गरि भुक्ष तथा बाढि राेकथामका लागि ग्याबिन तार लगायका हुन।सामुदाियक बनले ग्याबिन गरिद गरि सगरमाथा सिमेन्ट काे चुनढुङगा उत्खनन् क्षेत्र तापा बाट २ टिप ढुङगा सहयाेग मागि ग्याबिन भरियकाे जुम्लेपानि गढि सामुदायिक बन उपभाेक्ता समितिका काेषाध्यक्ष डाेमराज थापाले जानकारि दिनु भयाे। सामुदायिक बन तथा वार्ड नम्बर ४ का स्थानिय जनप्रतिनिधिकाे समन्वयमा ग्याबिन भर्नका लागि अाबश्यक २ टिप्पर…
Read More
बिदेशबाट फर्किँदा श्रीमती अर्कैकी भइसकेकी थिइन्, न त फर्किन चाहिन् न सम्बन्धविच्छेद — अन्ततः मृत्युको मञ्जरीमा टुंगियो तीन वर्षे प्रतीक्षा

बिदेशबाट फर्किँदा श्रीमती अर्कैकी भइसकेकी थिइन्, न त फर्किन चाहिन् न सम्बन्धविच्छेद — अन्ततः मृत्युको मञ्जरीमा टुंगियो तीन वर्षे प्रतीक्षा

प्यूठान, असार ३१ । तीन वर्ष अगाडि रोजगारीको खोजीमा इराक गएका लिला बहादुर बरालले कल्पना पनि गरेका थिएनन् कि फर्किँदा उनका जिन्दगीको सबैभन्दा नजिकको मान्छे नै टाढा भइसकेकी हुनेछ — र त्यो टाढोपन त्यति सामान्य मात्रामा सिमित हुनेछैन। त्यो टाढोपन अन्ततः रगतले रङ्गिएको अपराधमा परिणत भयो। सरुमारानी गाउँपालिका–३ गोठेरीमा एक डरलाग्दो घटना सार्वजनिक भएको छ, जहाँ पूर्व-पति ३० वर्षीय लिला बहादुर बरालले २८ वर्षीया श्रीमती रुकमनी बरालको घाँटी चक्कु प्रहार गरी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार, घटना असार ३१ गते बिहान १०:१० बजे दिपक परियार नामक पुरुषको आफन्तको घरमा भएको हो। विदेशको पसिना–माटोमा मिल्यो रक्तरञ्जित टुक्रा लिला…
Read More
नौबहिनीमा बालबिवाह सुन्यमा ल्याउन रणनैतिक तयारी हुदै

नौबहिनीमा बालबिवाह सुन्यमा ल्याउन रणनैतिक तयारी हुदै

प्यूठान । नौबहिनी गाउँपालिकामा बाल विवाह विरुद्धको रणनीति तर्जुमा कार्यशाला सम्पन्न भएको छ । बिहिवार गाउँपालिकाको आयोजना तथा सार्प रिसर्च सेन्टर प्रा. लि. काठमाडौको प्राविधिक सहयोगमा एक दिवसीय बाल विवाह विरुद्धको रणनीति तर्जुमा कार्यशाला कार्यक्रम सम्पन्न भएको हो । बाल विवाहलाई शुन्यमा पुर्‍याउन गाउँपालिकाले १० वर्षे रणनीति तयार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जनस्तरमा अझै चेतनाको अभावले बाल विवाह हुने गरेको बताउदै अबको १० वर्षमा शुन्यमा पुर्‍याउन धार्मिक, सांस्कृतिक एवं विविध पक्षका कार्यक्रम विद्यालय तथा समुदाय स्तरमा कार्यक्रम भैसके पनि जनस्तरमा दिगो संकल्पका…
Read More
प्यूठानमा क्षयरोग सुषुप्त संक्रमण पहिचान र उपचार अभियान सुरु

प्यूठानमा क्षयरोग सुषुप्त संक्रमण पहिचान र उपचार अभियान सुरु

प्यूठान । क्षयरोग (टिबी) संक्रमित व्यक्तिहरूका नजिक रहेका मानिसहरूमा सुषुप्त क्षयरोग संक्रमणको पहिचान गरी निःशुल्क उपचार गर्ने सरकारको रणनीति अनुसार प्यूठानका दुई नगरपालिकामा स्वास्थ्य परीक्षण कार्य भईरहेको छ। ‘क्षयरोग रोकौँ, क्षयरोग अन्त्य गरौँ’ भन्ने मुख्य नारासहित सुषुप्त क्षयरोग उपचार (3HP) कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय प्यूठानले Birat Nepal Medical Trust (BNMT, Nepal) को प्राविधिक सहयोगमा स्वर्गद्वारी नगरपालिका र प्यूठान नगरपालिकामा क्षयरोगको परीक्षण कार्य सुरु गरेको हो। टिबी संक्रमितको सम्पर्कमा रहेका, तर कुनै लक्षण नदेखिएका व्यक्तिहरूको Tuberculin Skin Test र रगतमा IGRA विधिबाट परीक्षण गरी उपचार गर्ने प्रणाली अनुसार परीक्षण भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृका प्रमुख राजकुमार जैसवालले जानकारी दिए। हालसम्म प्यूठान…
Read More
प्यूठानका ९ स्थानीय तहको ५ अर्ब ७९ करोडको बजेट सार्वजनिक “मूलदेखि मुखसम्म”, “खेतबारीमा तरकारी, घरघरमा रोजगारी”, “फर्क युवा, बन उद्यमी” जस्ता कार्यक्रमलाई प्राथमिकता

प्यूठानका ९ स्थानीय तहको ५ अर्ब ७९ करोडको बजेट सार्वजनिक “मूलदेखि मुखसम्म”, “खेतबारीमा तरकारी, घरघरमा रोजगारी”, “फर्क युवा, बन उद्यमी” जस्ता कार्यक्रमलाई प्राथमिकता

प्यूठान — २०८२ असार प्यूठान जिल्लाका ९ वटै स्थानीय तहहरूले आ.व. २०८२/८३ का लागि करिब ५ अर्ब ७९ करोड ६७ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका छन्। कतिपय पालिकाले नवीन कार्यक्रम अघि सारेका छन् भने कतिपयले पुरानै महत्वकांक्षि योजनाहरूलाई निरन्तरता दिएका छन्। 🔹 स्थानीय तहअनुसार बजेट विवरणः नवीन कार्यक्रम: के–के छन् नयाँ ? गौमुखी गाउँपालिका “मूलदेखि मुखसम्म पानी अभियान” – एक घर, एक धारा योजना कार्यान्वयन गरिने। मल्लरानी गाउँपालिका “खेतबारीमा तरकारी, घरघरमा रोजगारी” – उत्पादन आधारित अनुदानलाई प्राथमिकता। नौबहिनी गाउँपालिका “फर्क युवा, बन उद्यमी” – विदेशबाट फर्किएका युवालाई कृषि उद्यमतर्फ आकर्षण। सरुमारानी गाउँपालिका – डिजिटल शिक्षा प्रवर्द्धन कार्यक्रम र छोरी…
Read More