प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका प्रमुखहरू साझा धारणा बनाउन आइतबार प्यूठान नगरपालिकामा एकै ठाउँमा भेला भएका छन्। नेपाली सेनाले समेत सार्वजनिक सम्पत्तिको अवस्थाप्रति चासो देखाएपछि स्थानीय तहहरू थप समन्वयमा सक्रिय बनेका हुन्। प्यूठान नगरपालिका कार्यालयमा भएको छलफलमा नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष तथा जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, सार्वजनिक जग्गा संरक्षण र विकास व्यवस्थापनसँग सम्बन्धित साझा समस्याबारे विस्तृत छलफल गरेका थिए। छलफलपछि सबै स्थानीय तहले आ–आफ्ना क्षेत्रमा सरोकारवालासँग समन्वय गरी आवश्यक तथ्यांक संकलन गर्ने र त्यसका आधारमा संघीय सरकारलाई प्रतिवेदन बुझाउने निर्णय गरेका छन्। बैठकले बिशेषगरी चारवटा स्थानीय…
प्यूठान, ऐरावती । ग्रामीण महिलाको आर्थिक सशक्तीकरणका लागि सुरु गरिएको एउटा सानो प्रयास अहिले समुदायभित्र “उपहार अर्थतन्त्र” को प्रेरणादायी उदाहरण बन्दै गएको छ । ऐरावती गाउँपालिका–३ काउलेमा सक्रिय स्वावलम्बी महिला समूहले आफूहरूले पालेका बाख्राबाट जन्मिएका पाठापाठी अर्को “बहिनी समूह” लाई हस्तान्तरण गरेपछि गाउँमा आत्मनिर्भरता र सहकार्यको नयाँ सन्देश फैलिएको हो। तीन वर्षअघि आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित गठन गरिएको काउले स्वावलम्बी महिला समूहका २० सदस्यले दुई वर्षअघि परियोजनामार्फत बाख्रा प्राप्त गरेका थिए । अहिले त्यही बाख्राबाट उत्पादन भएका पाठापाठी बिहीबार वडा नं. ३ कै सुनगाभा स्वावलम्बी महिला समूह, जावुनेका सदस्यलाई उपहारस्वरूप हस्तान्तरण गरिएको छ। समूहकी अध्यक्ष कमला थापाका अनुसार १८ जना…
प्युठान (मच्छि)। प्युठानको झिमरुक गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै शिक्षण सिकाइ सुधारमा जोड दिने, बिद्यालय बाहिर रहेका विद्यार्थीको पहिचान तथा खोजी गरि बिद्यालय भर्ना गराउने र विद्यार्थीको चौतर्फी विकास गराउने उद्देश्यले पालिकाले सरोकारवाला बीचमा गाउँपालिकाले कार्यक्रम गरेको हो। खास गरि शिक्षा ऎन २०७५ को दफा १९ अनुसार २०६३ असोज ३ गतेपछि जन्मिएका बालबालिकाले आधारभुत तह शिक्षा उत्रिण नगरेमा योग्य नहुने भएकोले त्यस्ता बालबालिकाको तथ्यांक तयार गरी उनीहरुलाई बिद्यालय भर्ना गराइ योग्य नागरिक बनाउने काममा सहयोग होस् भनेर समेत यो कार्यक्रम आयोजना गरिएको पालिकाले जनाएको छ । शैक्षिकसत्र सुरु…
शागर रिजाल प्यूठान । ऐरावती गाउँपालिका १ दाङ्गबाङ्ग स्थित अमिलीमा भारत सरकारको ८० प्रतिशत अनुदानमा नयाँ विद्यालय र छात्रावास भवन निर्माण भएको छ । अमिलीस्थित दाङ्गवाङ्ग माध्यमिक विद्यालयलाई ३ करोड ३९ लाख २२ हजार ५ सय १ रुपैयाँमा विद्यालय भवन र छात्रवास निर्माण सम्पन्न गरी बुधवार एक समारोहका बिच विद्यालयलाई हस्तान्तरण गरिएको ऐरावती गाउँपालिकाले जनाएको छ । भारतीय सरकारको ८० र ऐरावती गाउँपालिकाको २० प्रतिशत लागतमा भवन निर्माण सम्पन्न भएको हो । बुधबार भारतीय राजदूतावास काठमाडौंका काउन्सिलर गीतांजलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा उद्घाटन गरेसँगै भवन प्रयोगमा आएको छ। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत…
प्यूठान । बि.स.१९८४ साल साउन ८ गते उत्तरी प्यूठानको खुङ्गमा जन्मनुभएका एक ९९ बर्षिय जेष्ठ नागरिकले गाउँको एक बिद्यालयमा अक्षकोष स्थापना गरेकाछन् । गौमुखी गाउपालिका-५ खुङ्ग निवासी ९९ बर्षिय ऐमानसिंह भण्डारीले आफू ९९ बर्ष प्रवेश गरेको अवसरमा गाउँकै जनसहयोगी माध्यमिक विद्यालयमा एक लाख ५० हजारको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको बिद्यालयले जनाएकोछ । कोषबाट प्राप्तहुने ब्याजले १/१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने र एक जना उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने ऐमानसिहको नातिनी सर्मिला भण्डारीले बताउनुभएको हो । अक्षयकोषको रकम क्रमश थप गर्दै लैजाने कोषका संरक्षक नातिनी लक्ष्मी भण्डारीले बताउनुभयो । प्रत्येक वर्ष प्रदान गरिने सम्मान र पुरस्कारले हजुरबुबा प्रती सम्मान…
प्यूठान — २०८२ असार प्यूठान जिल्लाका ९ वटै स्थानीय तहहरूले आ.व. २०८२/८३ का लागि करिब ५ अर्ब ७९ करोड ६७ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका छन्। कतिपय पालिकाले नवीन कार्यक्रम अघि सारेका छन् भने कतिपयले पुरानै महत्वकांक्षि योजनाहरूलाई निरन्तरता दिएका छन्। 🔹 स्थानीय तहअनुसार बजेट विवरणः नवीन कार्यक्रम: के–के छन् नयाँ ? गौमुखी गाउँपालिका “मूलदेखि मुखसम्म पानी अभियान” – एक घर, एक धारा योजना कार्यान्वयन गरिने। मल्लरानी गाउँपालिका “खेतबारीमा तरकारी, घरघरमा रोजगारी” – उत्पादन आधारित अनुदानलाई प्राथमिकता। नौबहिनी गाउँपालिका “फर्क युवा, बन उद्यमी” – विदेशबाट फर्किएका युवालाई कृषि उद्यमतर्फ आकर्षण। सरुमारानी गाउँपालिका – डिजिटल शिक्षा प्रवर्द्धन कार्यक्रम र छोरी…
शागर रिजाल प्यूठान । ऐरावती गाउँपालिकाले श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम सुरु गरेको छ । श्रमजीविहरुको लागि नेपालको संविधान २०७२ मा भएको व्यवस्था बमोजिम श्रम तथा श्रमिकको मर्यादा, अभिबृद्धि तथा आन्त्रिक रोजगारी प्रवर्दन गर्ने ,न्यूनतम रोजगारी सिर्जना गर्ने, मानविय मर्यादालाई कायम राख्ने, सबै प्रकारका भेदभावलाई न्यूनिकरण गर्दै लैजाने, अन्तरतह, अन्तरनिकाय र नीजि क्षेत्रसंग बहुपक्षीय साझेदारी गर्ने , स्वदेशमै काम गर्ने संस्कृतिको विकास गर्ने लगायतका उदेश्यले यो कार्यक्रम संचालन गरिएको रोजगार संयोजक विनोद कुमार त्रिपाठीले बताउनुभयो । यो कार्यक्रम गाउँपालिका रोजगार सेवा केन्द्रले सञ्चालन गरेको हो । सेवा केन्द्र मार्फत हालसम्म गाउँपालिकाका वडा नं २,४ र ५ मा यो कार्यक्रम सम्पन्न…
प्यूठान । प्यूठानका सामुदायिक बिद्यालयको गत बर्षको जतिजाले सबैलाई लज्जित बनायो । प्यूठानका शिक्षक अनेत्र जिल्लामा समेत पुगेर शिक्षण गर्दै आएको ऐतिहासिक धरातलले लाई समेत चुनौति थपियो । साक्षर जिल्ला प्यूठानका अधिकांस सामुदायिक बिद्यालय एस ई ई मा सुन्य भए । शिक्षामा हरेक पालिकाले गरेको करोडौंको लगानी खेर गयो । सबै स्थानिय तह चिन्तित भए र शैक्षिक गुणस्तर बृद्धिगर्न विभिन्न योजना बनाए । तर योजना कार्यान्वयनमा नौबहिनीले देखाएको अग्रसरताले नौबहिनीका सामुदायिक बिद्यालयको चित्र देखायो । शिक्षकहरु शैक्षिक योजना बिना कक्षामा जाने, शैक्षिक सामग्री निर्माण र प्रयोगमा ध्यान नदिने परिपाटीले शिक्षामा गुस्तर खस्किदै गएको र अभिभावकको बिश्वसनियता घट्दै गएको ओैल्याईएको छ…
प्यूठान । गौमुखी गाउँपालिकालिले वडा बिभाजन गर्ने भएको छ । गौमुखि गाउँपालिका गाउँसभाको १८ औ अधिबेशनले वडा नं ३ लाइ विभाजनको प्रकृया गाउँसभाबाटै सर्बसम्मत रुपमा अगाडि बढाएको हो । स्थानियको मागलाई मध्यनजर गर्दै वडा नं ३ रजवारालाई दुईवटा वडामा बिभाजन गर्ने सर्ब सम्मत निर्णय भएको गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,`गाउँपालिकाको गाउँ सभाबाट सर्ब सम्मत रुपमा वडा विभाजन गर्ने सहमति भएकोछ । हामीले जिल्ला समन्वय समिति, प्रदेश हुँदै संघमा सिफारिस गर्ने हो । त्यही अनुरुप गर्छौं ।´ उहाँका अनुसार वडा विभाजनको प्रकृया गाउँपालिकाले सर्ब सम्मत रुपमा अघाडी बढाएकोछ । यसै बिच १८ औ अधिबेशनले गौमुखि गाउँपालिकालाई…
प्यूठान । सिकाई आदानप्रदान तथा अन्तर पालिका सहकार्य गर्ने उद्धेश्यसहित अर्घाखाँची र प्यूठानका ६ वटा पालिकाको बैठक बसेको छ । प्युठानको ऐरावती गाउँपालिकाको आयोजनामा सम्पन्न बैठकमा प्यूठानका ऐरावती, मल्लरानी, माण्डवी र सरुमारानी गाउँपालिका तथा अर्घाखाँचीका भुमिकास्थान र शितगंगा नगरपालिकाको सहभागिता रहेको थियो । बैठकमा अन्तरपालिकाको सडक विस्तार, उत्पादित वस्तु आदान प्रदान, उपलब्ध स्रोत साधनको प्रयोग र छिमेकी पालिकाहरु मिलेर संयुक्त आयोजनाहरु संचालन गर्ने विषयमा छलफल भएको हो । यस्तै अन्तरपालिकास्तरिय विपद् व्यवस्थापन तथा शान्ती सुरक्षालाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको ऐरावती गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले बताए । सिमाना जोडिएका पालिकाहरुबिच सहकार्य गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा १५ शैयाका…