८ असोज । दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरि मनाइदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । आज खासगरी गीत सङ्गीत क्षेत्रमा लागेकाहरुले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड आज पनि लागेको छ । आज देशैभरीका शक्तिपिठहरु कोटघरहरुमा देवीको पुजाआरधना गरिदै छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणी लगायतका मन्दिरहरु र उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी लगायतका शक्तिपीठहरुमा…
२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् । भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रेका युवा पुस्ताको आन्दोलन भड्किएर संसद् भवनभित्र प्रवेश गर्न लागेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले गोली चलाएपछि संसदीय समितिमा पुगेका गृहमन्त्री रमेश लेखक पनि आकस्मिक बैठकका लागि भन्दै समितिबाट बाहिरएका छन् । अवस्था तनावग्रस्त भएपछि माइतीघर-बानेश्वर-तीनकुने-शंखमुल क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु घोषणा गरेको जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर…
प्यूठान, असार ३१ । तीन वर्ष अगाडि रोजगारीको खोजीमा इराक गएका लिला बहादुर बरालले कल्पना पनि गरेका थिएनन् कि फर्किँदा उनका जिन्दगीको सबैभन्दा नजिकको मान्छे नै टाढा भइसकेकी हुनेछ — र त्यो टाढोपन त्यति सामान्य मात्रामा सिमित हुनेछैन। त्यो टाढोपन अन्ततः रगतले रङ्गिएको अपराधमा परिणत भयो। सरुमारानी गाउँपालिका–३ गोठेरीमा एक डरलाग्दो घटना सार्वजनिक भएको छ, जहाँ पूर्व-पति ३० वर्षीय लिला बहादुर बरालले २८ वर्षीया श्रीमती रुकमनी बरालको घाँटी चक्कु प्रहार गरी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार, घटना असार ३१ गते बिहान १०:१० बजे दिपक परियार नामक पुरुषको आफन्तको घरमा भएको हो। विदेशको पसिना–माटोमा मिल्यो रक्तरञ्जित टुक्रा लिला…
`स्याउलिवाङ्गबासीलाई बत्ति मुनिको अँध्यारो बल्ल हट्यो´ प्यूठान । करिब ३ दशक देखि जिल्लामै १२ मेगावाट बिद्युत उत्पादन हुँदै आएपनि बिद्युतको राष्ट्रिय प्रशासण लाईनको पहुँचमा नरहको उत्तरी प्यूठानका स्याउलिवाङ्ग बासी माझ नेपाल बिद्युत प्राधिकरणले बल्ल राष्ट्रिय प्रसारण लाईन पुर्याएको छ । स्याउलिवाङ्गमा बिद्युतिय राष्ट्रिय प्रसारण लाईन पुर्याउन बि.स. २०७७/०७८ मा करिब १५ लाख बजेट बिनियोजन गरि पहुँच बिस्तार गर्न खोजिएको थियो । तर कोभिड १९ काे प्रकोपका कारण काम अबरोध भएकोले २०७९/८० मा बिद्युत बिस्तार गर्न पुन: टेण्डर भएको थियो । पछिल्लो टेण्डर जय दुर्गे कन्ट्रक्सन प्रालिले रु.१५ लाखमा लिएर यस आ ब मा २ सय घरधुरीमा बिद्युत जडान गरि बिहिबार…
प्यूठान – माध्यमिक शिक्षा परीक्षा (SEE) चैत ७ गतेदेखि सुरु हुँदैछ। परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको माध्यमिक परिक्षा बोर्डले जनाएको छ। प्यूठानमा ८५ विद्यालयका ४,९४० विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दुर्गा खड्काका अनुसार ७८ सामुदायिक र ७ संस्थागत विद्यालयका विद्यार्थीले १७ परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन्। गत वर्षसम्म कक्षा १० सञ्चालन गर्ने ७३ सामुदायिक विद्यालयबाट विद्यार्थी सहभागी भए पनि यस वर्ष ५ विद्यालय थपिएर संख्या ७८ पुगेको छ। विद्यार्थीको विवरण: नियमित: ३,४६९ जना प्राविधिक: १९६ जना ग्रेड वृद्धि: १,२५६ जना प्राविधिक ग्रेड वृद्धि: १९ जना परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष,…
प्यूठान । हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेड प्यूठान शाखामा आबद्ध अभिकर्ता प्यूठानको स्वर्गद्वारी नगरपालिका ९ का रिखिराम राउत(रिकेष)ले लगातार तेस्रो पटक एमडिआरटीमा ह्याट्रिक हानेका छन् । उनि सन् २०२५ का लागि विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्बोच्च अन्तर्राष्ट्रिय संस्था MILLION DOLLAR ROUND TABLE(MDRT)- 2025 का लागि छनोट भएको कम्पनीका प्यूठान शाखा प्रमुख रुकमान रोका क्षेत्रीले बताए । लगातारको मेहनतले आफू लक्ष्य हाँसिल गर्न सफल भएकोमा राउतले खुसी व्यक्त गरे । उनले भने,`हरेक मानिसलाई जीवन विमा अत्यावश्यक छ । कुन समयमा के हुन्छ? कस्लाई के थाहा छ र ? बिमा गरौँ, भविष्य सबल बनाओैँ ।´
प्यूठान । प्रतिनिधि सभाका सांसद सुर्य बहादुर थापाले प्यूठान बालबिबाह, आत्म हत्या र सम्बन्ध बिच्छेदमा प्रदेशमै अग्रपंतिमा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएकोछ । जिल्ला समन्वय समिति प्यूठानको सातौँ जिल्ला सभालाई सम्बोधन गर्दै उहाले प्यूठानको वास्तविक चित्र लाजलाग्दो रहेको बताउनु भएको हो । उहाले भन्नुभयो,`हाम्री भौतिक विकास भएपछि मात्रै बिकास भन्ने गर्छौँ । तर सामाजिक विकासमा कहाँ कहाँ चुकिरहेका छौँ भनेर ध्यान दिएनौँ कि ?´ उहाले तीन तहको सरकार मध्य स्थानिय तहहरुले समाजिक बिक्रितीलाई रोक्न आवस्यक योजना नबनाए स्थिति झनै लाजमर्दो हुनेबताउनु भयो । अभियानकै रुपमा काम गर्दा जिल्लामा कयौँ काम सफल भएको बताउदै उहाले अब उज्यालो प्यूठान, सुरक्षित आवास युक्त…
प्यूठान । संघिय सांसद सुर्य बहादुर थापाले सुतेर बसेका जनतालाई आफूले नउठाउने भन्दै उठेका जनताका आवस्यकता पूरा गर्ने बताउनु भएको छ । प्यूठान उद्योग बाँणिज्य संघ भित्रिकोट बजार ईलाकाले प्यूठान नगरपालिका ७ टिकुरी बसपार्कमा आयोजना गरेको प्रथम भित्रिकोट कृषि तथा पर्यटन महोत्सवको उद्घाटन समाहरोहलाई सम्बोधन गर्दै उहाले विकासका लागि सचेत जनता र उठेर जागरुक भएका जनताको मात्रै आवस्यकता पूरा गर्ने उद्घोष गर्नुभयो । तर उहाले विकास योजना कसरी माग गर्न नजान्ने र चेतना स्तर कम्जोर भएका जनताको स्तर वृद्धि गर्ने आफ्नो जिम्मेवारी हो कि होईन भन्ने बिषयमा केही उल्लेख गर्नु भएन । भिडियो उहाले देशमै रोजगार सिर्जना गरि युवालाई स्वरोजगार…
प्यूठान । जिल्ला स्तरीय न्यायिक समितिहरुका बिच दुईदिने सिकाई आदानप्रदान तथा समीक्षा कार्यक्रम स्वर्गद्वारी नगरपालिकाको पर्यटकिय स्थल धनवाङमा सुरु भएकोछ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर दुईकाे सामुदायिक मगर हाेमस्टे धनवाङमा कार्यक्रम शुभारम्भ भएको प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले बतनउनुभएको हो । स्थानिय तहमा सहज न्याय सम्पादनकाे लागि न्यायिक समितिहरु बिच सिकाई आदान प्रदान गर्ने र आपसमा हातेमालो गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताईएकोछ । जिल्लाका नाै वटै स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र न्यायिक क्षेत्रमा कार्यरत कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे । स्थानिय तहमा न्यायिक क्षेत्रमा भए गरेका कार्यहरुकाे बिवरण चुनाैति तथा न्याय सम्पादनमा गरेका गतिविधिहरुकाे प्रदिबेदन प्रस्तुत गरीएकाे थियाे ।…
काठमाडौं । हालसम्मकै महँगो कीर्तिमान कायम गरेको सुनको भाउ आज १५ हजार ९ सय रुपैयाँले घटेको छ । सरकारले सुनचाँदीमा लाग्ने भन्सार महसुल घटाएसँगै सुनको भाउ आज एकैदिन सुनको मुल्यमा ठूलो गिरावट आएको हो । हिजो एक लाख ६७ हजार दुई सय रुपैयाँमा सुनको कारोवार भएको नेपाल सुनचााँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँ सम्म पुगेर सुनको भाउले कृतिमान कायम गरेको थियो । कात्तिक अन्तिमदेखि लगातर घटेर एक लाख ६० हजार रुपैयाँसम्म झरेको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा एक सय १५ रुपैयाँले घटेर एक हजार आठ सय ४५ रुपैयाँमा…