सरोकार पोस्ट

फिचर

सडक डिभिजनको कारणले प्यूठान अदालत पहिरोको जोखिममा, डिईको जवाफ -अदालत सार्नुस्

सडक डिभिजनको कारणले प्यूठान अदालत पहिरोको जोखिममा, डिईको जवाफ -अदालत सार्नुस्

३१, असार, प्यूठान । सडक डिभिजन कार्यालयको प्राबिधिक कम्जोरीका कारण जिल्ला अदालत प्यूठान सहित सदरमुकाम खलंगाको केही बस्ती पहिरोको जोखिममा परेकोछ । जिल्ला अदालतको भवनको तल्लो साईटमा सडकले पक्की  पर्खाल लगाउने क्रममा ब्याक्हुलोडरले जथाभावी खनेका कारण अदालत भवन र भवनको तल्लो क्षेत्रमा रहेकोको बस्ति समेत पहिरोको जोखिममा परेको अदालतका श्रेष्तेदार गणेशकुमार गौतमले बताए । पर्खाल लगाउने क्रममा ईन्जिनियरिङ कम्जोरी देखिएको छ । करिब ५ मिटर अग्लो पलम पर्खाल लगाएर त्यस माथि करिब २ सय घनमिटर ग्याविन वाल(जाली) पर्खाल लगाईएकोछ । मर्खालको लम्बाई करिब २५ मिटर छ । त्यसको माथि पुरानो रिटनिङ पर्खाल छ । अहिले अदालतको कम्पाउण्ड सहितको तल्लो भाग…
Read More
नेपाली भाषा र साहित्यको ईतिहासमा भानुभक्तको चर्चा निरन्तर

नेपाली भाषा र साहित्यको ईतिहासमा भानुभक्तको चर्चा निरन्तर

भुपेन्द्र के सी हामीले बोल्ने नेपाली भाषा हामीलाई जाति प्यारो छ,  भानुभक्त प्रतिको सम्मान पनि त्यति नै उच्च छ। नेपाली साहित्यको चर्चा गर्दै गर्दा  नेपाली भाषा र साहित्य विकासको प्रतिमाको रुपमा आदीकवि भानुभक्त आचार्यलाई अहिलेका साहित्यकारहरुले सम्झिहाल्छन् ।सं.. १८७१ असार २९–१९२५ असोज ६) एक नेपाली भाषाका कवि, लेखक, र दार्शनिक थिए। आचार्य आधुनिक नेपाली भाषाका प्रारम्भिक लेखकहरू मध्ये एक थिए जसले भविष्यका नेपाली साहित्यको जग बसालेका थिए। उनलाई आदिकविको उपनामले सम्मान गरिएको छ। एक नेपाली भाषाका कवि, लेखक, र दार्शनिक थिए। आचार्य आधुनिक नेपाली भाषाका प्रारम्भिक लेखकहरू मध्ये एक थिए जसले भविष्यका नेपाली साहित्यको जग बसालेका थिए। उनलाई आदिकविको उपनामले…
Read More
सुत्केरीलाई स्टेचरमा बोकेर स्वास्थ्यकर्मी घरमै पुगे

सुत्केरीलाई स्टेचरमा बोकेर स्वास्थ्यकर्मी घरमै पुगे

प्यूठान । बाहिर बर्षे झरी झमझम परिरहेको थियो । प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा विकलाई शनिबार साँझ सुत्केरी व्यथा लाग्यो । केही दिन देखि उनको तल्लो पेट दुखिरहेपनि प्रशव बेथाले एक्कासी त्यसरी च्याप्ला भन्ने उनले सोचेकी थिइनन् । पालिकामा गर्भवती भएका महिलाहरुलाई स्वास्थ्यकर्मीहरु नियमित निगरानीमै राखेकाे थियो। जति साँझ पर्यो पेट पनि त्यतिनै दुख्न थालेपछि स्वास्थ्यकर्मीलाई उनले सम्पर्क गरिन् । तर स्वास्थ्य कर्मीले जिवालाई स्वास्थ्यचौकीमै आउन आग्रह गरे । बाहिर असारे झरी रोकिएको थिएन । रात परिसकेकाले गाडी पनि पाउने अवस्था थिएन ।  माइतमै रहकी जिवा ३ वर्षको छोरो र आमासहित करिब साढे दुई किलोमिटर टाढा मल्लरानी गाउँपालिका–३,…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
Read More
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
Read More
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी

स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…
Read More
विनय कसजू स्मृतिग्रन्थ लोकार्पण

विनय कसजू स्मृतिग्रन्थ लोकार्पण

काठमाण्डौ – वरिष्ठ बाल साहित्यकार तथा पत्रकार विनय कसजू स्मृतिग्रन्थ लोकार्पण भएको छ । काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा आज एक कार्यक्रमकाबीच विनय कसजू स्मृतिग्रन्थ लोकार्पण भएको हो । स्मृतिग्रन्थ विनय कसजू स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो । कसजूको २०७६ साल मङ्सिर १० गते निधन भएको थियो । उहाँ नेपाली पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्ति हुनुहुन्थ्यो । ग्रामीण पत्रकारितालाई अघि बढाउन पनि कसजूको ठूलो योगदान छ । उहाँले गाउँले जनजीवनका लागि उपयोगी गाउँले देउराली भित्ते पत्रिकाको प्रकाशन शुरु गर्नुभएको थियो । अहिले पनि पाल्पामा गाउँले देउराली पत्रिका लोकप्रिय रहेको छ । बालसाहित्यतर्फ कसजूका एक सय वटाभन्दा धेरै कृति प्रकाशित भएको छ…
Read More
  लौरी टेकेर स्कुल जान्छन् ९० वर्षका प्रेमबहादुर 

  लौरी टेकेर स्कुल जान्छन् ९० वर्षका प्रेमबहादुर 

दाङ । पिठ्युँमा झोला, एक हातमा लट्ठी। तर हिँडाइमा भने रफ्तार हुन्छ– दाङ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको। उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन। अहिले तिनै डाँगी दैनिक विद्यालय जान्छन्। कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगीको दैनिकी हिजोआज विद्यालयका बालबालिकासँग बित्न थालेको छ। उनले पनातिसमेत देखिसकेका छन्। तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग यति बेला डाँगी कक्षा १ मा पढिरहेका भेटिन्छन् । चालु शैक्षिक सत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका हुन्। सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनले पढ्न विद्यालय छ। डाँगी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन्। ‘सानोमा पढ्न पाइनँ, गाउँमा…
Read More
देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…
Read More