प्यूठान — लुप्लुङ्ग माध्यमिक विद्यालयको नाममा सामग्री खरिद गरिएको विषयले अहिले विवादको रूप लिएको छ। विद्यालयले औपचारिक विज्ञप्ति जारी गर्दै प्रक्रियाविपरीत सामग्री खरिद भएको दाबी गरेको छ भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीराम भण्डारीले भने यसलाई “मानवीय त्रुटि” मात्र भएको बताएका छन्। विद्यालयको विज्ञप्तिअनुसार विभिन्न मितिमा पटक–पटक विद्यालयको नाममा बिल जारी भएको पाइएको छ। यस्तो कार्य विद्यालय व्यवस्थापन समिति वा सम्बन्धित निकायको पूर्व निर्णय र योजना बिना गरिएको भन्दै विद्यालयले कानुनी प्रक्रियाको उल्लंघन भएको संकेत गरेको छ। सामान्यतया सार्वजनिक संस्थाको नाममा कुनै पनि सामग्री खरिद गर्न औपचारिक निर्णय, प्रक्रिया र अभिलेख आवश्यक पर्ने भए पनि सो प्रक्रिया नअपनाइएको विज्ञप्तिमा उल्लेख…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आ–आफ्नो जिम्मेवारी सम्हालेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शोमबार नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ गराएका हुन् । नवनियुक्त मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मन्त्री पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्री परियारले कृषि तथा पशुपन्छी र मन्त्री खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
काठमाडौं। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। पदभार सम्हाल्नेबित्तिकै मन्त्री घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता रकम असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका हुन्। यसअघि उनी प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि यो बक्यौता असुल्ने प्रयास गरेका थिए तर तत्कालीन सरकारले रोकेको थियो। विगत एक दशकदेखि चर्चामा रहेका घिसिङले मुलुक अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेका बेला ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेका हुन्। उनले करिब आठ वर्षअघि पहिलो पटक विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाललाई 'लोडसेडिङमुक्त' घोषणा गरिएको थियो। वि.सं. २०७३ सालको तिहारबाट शहरहरूमा र २०७५ साल वैशाखमा पूरै…
काठमाडौं । आज असार १३ शुक्रबार, अपराह्न ५ बजे राष्ट्रिय परीक्षा बोर्डले SEE परीक्षा २०८१ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ। हिजो राति नतिजाको प्रारम्भिक डेमो परीक्षण सम्पन्न भइसकेको छ। डेमो देखाउने कार्यक्रम भैसको छ। डेमो परिक्षण भएकोले अन्य प्राविधिक समस्या देखा परेन भने, आज नै नतिजा सार्वजनिक गरिने परिषदले जनाएको । - परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० नतिजा प्रकाशन भए पछि निम्न तरिका बाट नतिजा हेर्न सकिने उल्लेख गरेको छ ।
डिजिटल साक्षरतादेखि एआई प्रयोगसम्मको अभ्यासले विद्यार्थीलाई बनायो प्रविधिमैत्री प्युठान । "प्रविधिमा दक्ष युवा : भविष्यको समृद्ध नेपालको आधार" "सशक्त विद्यार्थी, सुरक्षित डिजिटल यात्रा" भन्ने अभियान सहित प्युठान जिल्लाका ११ वटा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीहरूलाई लक्षित गरी सूचना तथा सञ्चार प्रविधि (ICT) सम्बन्धी ८ दिने विशेष तालिम सम्पन्न भएको छ। जेठ १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको उक्त तालिमले डिजिटल शिक्षण, कृत्रिम बुद्धिमत्ता (AI), र साइबर सुरक्षा जस्ता समसामयिक विषयमा व्यवहारिक ज्ञान प्रदान गरेको छ। विद्यार्थीलाई प्रविधिमा दक्ष, सचेत र जिम्मेवार नागरिकको रूपमा तयार पार्ने तालिमको मुख्य उद्देश्य रहेको सामाजिक बिकास डिभिजन कार्यालयका ईन्जिनियर…
काठमाडौं । `जलवायु परिवर्तन र लोकतन्त्रमा नागरिक समाज र प्रेस´ भन्ने सवालमा बहस गर्न नेपाल प्रेस युनियनले पहिलोपटक ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ सञ्चालन गर्ने भएको छ। समिटको मुख्य नारा ‘शान्तिको सन्देश, हिमाली संस्कृतिको संरक्षण र लोकतन्त्रको सुदृढीकरण’ तय भएको युनियनले जनाएकोछ । समिटमा नेपाल, भारत, श्रीलका युगान्डा, बुल्गेरिया, भुटान लगायतका मुलुकका पत्रकार, संचारकर्मी तथा सामाजिक अभियन्ताको सहभागिता हुने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुुुभयो । बैशाख २७ गते काठमाडौं बाट समिट सुरु हुनेछ भने पोखरा, जोमसोम हुँदै मुस्ताङ्गको ऐतिहासिक लोमाङ्थाङ्ग पुगेर निश्कर्ष सहितको घोषणापत्र जारी गर्दै ३१ गते सम्पन्न हुने बताईएको छ । समिटमा सञ्चारका माध्यमबाट लोकतन्त्रको प्रवर्द्धन,…
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकार बिच सहमति भएपछि शुक्रबार देखि बिद्यालय खोल्ने गरि शिक्षकहरुले आन्दोलन फिर्ता लिएका छन् । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय र शिक्षक महासंघ बिच नौं बुधे सहमति भएकोछ । सहमति अनुसार २०८२ असार १५ भित्र सहमतिका बुधाहरु समेटेर नयाँ बिद्यालय शिक्षा ऐन जारी गर्ने गरि दुई पक्ष सहमति भएको हो । तर सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई सामुदायिक बिद्यालयमा पठनपाठन गराउनु पर्ने बिषय शिक्षक आन्दोलनबाटै शिक्षकहरुले आवाज उठाएको भएपछि नौं बुधे सहमति पत्रमा उक्त बिषय समेटिएको छैन । २९ दिन सम्म सडक आन्दोलन गरेका शिक्षहरुले ऐन जारी नहुँदै बिद्यालय नफर्कने भनेपनि शिक्षक महासंघ र…
प्यूठान । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाइ प्यूठानले धान रोप्नका लागि आधुनिक नयाँ प्रबिधि भित्र्याएकोछ । कार्यालयले प्यूठान नगरपालिका मरन्ठानामा चैते धान रोप्न आधुनिक मेसिनको सफल परिक्षण गरेको हो । बुधबार प्यूठान नगरपालिका ९ मरन्ठानाका शिब बहादुर केसीको खेतमा मेसिनबाट चैतेधान रोपेर परीक्षण गरिएको परियोजना प्रमुख चुमानसिंह गिरीले जानकारी दिए । जिल्लामा पहिलो पटक सानो आकारको मेसिन प्रयोग गरि सफलतापुर्बक धान रोपाइ गरिएको उनले बताए । उनले भने," अब परम्परागत धान खेतीलाई आधुनिकिक तरिकाबाट गर्न प्रबिधिले सहज बनाएको छ । यो प्रबिधि गाउँ गाउँ सम्म कर्मिक रुपमा बिस्तार हुन्छ ।" धान रोप्नका लागि आधुनिक प्रबिधि प्रयोग गर्दा मानवीय…
सरकारले `बिद्यालय शिक्षा ऐन´ जारी नगर्दा हप्तौँदेखि शिक्षकहरु राजधानी काठमाडौं केन्द्रीत आन्दोलमा छन् । शिक्षकहरुको मागलाई सरकारले सम्बोधन गर्नुको साटो उल्टै नजरअन्दाज गर्दा बैशाख २ देखि सुरुहुने बिद्यार्थी भर्ना अभियान तथा पाठ्यपुस्तक बितरणको काम देशभर प्रभावित भएको छ । कुनै बिद्यालयमा त बार्षिक परिक्षाको नतिजानै सार्बजनिक गरिएको छैन। सामुदायिक बिद्यालयका शिक्षकहरु काठमाडौंका सडकमा आन्दोलन गरिरहेका छन् । नयाँ शैक्षिक सत्र सुरु भैसक्दा बिद्यार्थी भर्ना पाठ्यपुस्तक बितरणको काम मात्रै होईन SEE को पुरक परीक्षा र कक्षा १२ को नियमित परीक्षा समेत प्रभावित हुने देखिएको छ । SEE को कपि जाँचका लागि जिल्ला जिल्लामा उत्तरपुस्तिका पुगेपनि जाँच गर्ने शिक्षक भने काठमाडौंमा आन्दोलित…
३०१ शिक्षक र विद्यार्थीले लिए सहभागिता, प्रविधिमैत्री शिक्षाको अभ्यास सुरु सम्बाददाता प्यूठान । जिल्लाका पाँच क्याम्पस र पाँच माध्यमिक विद्यालयमा कृत्रिम बुद्धिमत्ता (AI) तथा ChatGPT प्रयोगसम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा फागुन २६ देखि चैत २२ गतेसम्म संचालन भएको उक्त तालिममा कुल ३०१ जना सहभागी भएको कार्यालयका ईन्जिनियर पारस भण्डारीले बताए । फागुन २६ गते अमर माबि भिंगृबाट लुम्बिनी प्रदेश सांसद निमा गिरीले उद्घाटन गरि चैत २२ गते स्वर्गद्वारी क्याम्पस पुण्ड्यखोलाबाट तालिम समापन गरेकी छन् । उनले तालिम बिश्व प्रबिधि सँग आफू सुरक्षित रही कसरी सहि सदुपयोग गर्न सकिन्छ भनेर सिक्ने अवसर पाएकाले तालिम…