प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मिति २०८३ जेठ १ गते दिउँसो करिब १ बजे लु.प्र.०२–००१ ज ०१०४ नम्बरको मारुति भ्यान सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा भ्यान चालक प्युठान नगरपालिका–४ निवासी अन्दाजी २४ वर्षीय दिलिप परियार र सवार मल्लरानी गाउँपालिका–५ धुदी निवासी अन्दाजी २६ वर्षीय अभिषेक कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्यूठान । प्यूठान नगरपालिकाका ८ वाग्दुला निवासी व्यवसायी दधिराम भण्डारी माथि कार्य क्षेत्रमै अज्ञात व्यक्तिहरुबाट आईतबार बेलुकी भएको सांघातिक आक्रमणको विषयमा आबद्ध विभिन्न व्यवसायिक संगठन तथा संघसंस्थाहरुले बिरोध जनाएका छन् । पीडित व्यवासयीलाई न्यायको माग गर्दै प्यूठान उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ तथा पर्यटन सूचना केन्द्र प्यूठान, निर्माण व्यवसायी संघ प्यूठान, लुप्लुङ झुलेनी बराहक्षेत्र संरक्षण केन्द्र लगायतका संघ संगठनहरुले बिज्ञप्ती जारी गरी दोषिमाथि कडा कारबाहीको माग गर्दै घटनाको विरोध गरेका छन् । व्यवासायी तथा नागरिकको सुरक्षा अवस्था चुनौतीपुर्ण बन्दै गएको भन्दै यस्ता अराजक गतिविधि नियन्त्रणमा सरकारले समयमै ध्यान दिन र शान्व्यतिपुर्ण वातावरण सिर्जना गर्न वसायीहरुको माग छ । कुटपिटमा संलग्न…
रोल्पा । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ । एकजनाको जिवितै उद्धार गरिएको छ । रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब एक किलोमिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । रोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको टोली दुर्घटनास्थलबाट एक जनाको जिवितै उद्धार गर्न सफल भएको छ । प्रहरीका अनुसार २० जनाको घटनास्थलमा नै मृत्यु भएको हो । लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । मृतक सबै सिस्ने गाउँपालिकाका रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । उनिहरुको अझै सनाखत नभएको प्रहरीले जनाएको छ । जलजलामा वैशाख पूर्णिमाको अवसरमा…
प्यूठान — जिल्लाभर अवैध रूपमा सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक, डेण्टल सेवा र मेडिकल हलहरूले बिरामीको स्वास्थ्यसँग खेलवाड गरिरहेको पाइएको छ। सम्बन्धित निकायको कमजोर अनुगमन र कारबाही अभावका कारण यो समस्या वर्षौंदेखि जरा गाड्दै गएको स्थानीयको गुनासो छ। जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका अनुसार हालसम्म जिल्लामा मापदण्ड पूरा गरी दर्ता भएका पोलिक्लिनिक जम्मा दुईवटा मात्रै छन्। तर ९ वटै स्थानीय तहका मुख्य बजारदेखि गाउँगाउँसम्म अनधिकृत रूपमा क्लिनिक, डेण्टल र मेडिकल सञ्चालन भइरहेका छन्। अनुगमनका क्रममा कतिपयले अर्कै व्यक्तिको नाममा फार्मेसी चलाउने, मापदण्ड विपरीत बिरामी जाँच गर्ने र जथाभावि औषधि बिक्री गर्ने गरेको फेला परेको छ। स्वास्थ्य कार्यालयका अनुसार, मेडिकल हलहरूलाई औषधि बिक्रीको…
प्युठान । रातको सन्नाटामा झाडी हल्लिएको आवाजले निम्त्याएको एक गलत अनुमानले एउटा परिवारको उज्यालो निभाइदिएको छ। जंगली जनावर ठानेर चलाइएको गोली लाग्दा १९ वर्षीय सुशिल परियारको ज्यान गएको छ भने घटनामा संलग्न चार जना पक्राउ परेका छन्। तर यो घटना केवल एउटा दुर्घटना मात्र होइन, ग्रामीण किसानले वर्षौंदेखि भोग्दै आएको जंगली जनावरको सास्तीसँग जोडिएको कठोर यथार्थ पनि हो। घटना गौमुखी गाउँपालिका–४ सुँगुरखाल स्थित जुपाल सामुदायिक वनमा चैत २९ गते राति करिब १०:४५ बजे भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार, जंगलको झाडी हल्लिएको आवाज सुनेपछि त्यहाँ रहेका व्यक्तिहरूले बँदेल भएको अनुमान गर्दै गोली प्रहार गरेका थिए। तर त्यो अनुमान गलत सावित…
प्यूठान — लुम्बिनी प्रदेशका १२ जिल्लाबाट निर्वाचित सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्रीसमक्ष प्यूठानबाट निर्वाचित सांसद शुसान्त बैदिकले प्रस्तुत गरेको प्यूठान सम्बन्धी प्रतिवेदनमाथि तथ्यगत प्रश्न उठेको छ। उक्त प्रतिवेदनमा ‘प्यूठान जिल्ला अस्पतालका चिकित्सकले राजनीतिक खिचातानीका कारण हालै राजीनामा दिएका’ उल्लेख गरिएको छ। तर, प्यूठान जिल्ला अस्पतालले सो दाबी तथ्यमा आधारित नभएको स्पष्ट पारेको छ। अस्पताल विकास समितिका अनुसार हालसम्म कुनै पनि चिकित्सकले राजीनामा दिएका छैनन्। अस्पताल विकास समितिका अध्यक्ष विजय विराज बिष्टले प्रतिवेदनमा गरिएको उक्त दाबी असत्य रहेको बताए। उनका अनुसार अस्पतालमा स्वीकृत दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकहरू कार्यरत नै छन्। “राजनीतिक कारणले चिकित्सकले राजीनामा दिएको भन्ने कुरा सही होइन,” उनले भने, “यस्ता अपुष्ट…
प्यूठान, होटल व्यवसायी संघ तथा पर्यटन सूचना केन्द्र प्यूठानले आफ्नो १७औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ। संघका अध्यक्ष लिलाधर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय व्यवसायी, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले केवल औपचारिक उत्सवमा सीमित नभई स्वास्थ्य सेवामा प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यलाई प्राथमिकता दिएको भन्दै वक्ताहरुले प्रशंसा गरे। कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी प्यूठानका अध्यक्ष गुमानराज पुलामीले यस्तो मानवीय कार्यप्रति संघलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए। उनले रक्तदान जस्तो अभियानले समुदायमा सहयोग र सहकार्यको भावना मजबुत बनाउने विश्वास व्यक्त गरे। त्यस्तै, प्यूठान…
प्यूठान। जिल्लामा बर्ड फ्लु संक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले कुखुरा तथा अण्डाको आयातमा कडाइ गरेको छ। जिल्ला स्तरीय बर्ड फ्लु नियन्त्रण समितिको शुक्रबार बसेको बैठकले बाहिरी जिल्लाबाट भित्रिने कुखुरा तथा अण्डाजन्य बस्तुमा १५ दिनका लागि पूर्ण नियन्त्रण गर्ने निर्णय गरेको हो। देशका विभिन्न जिल्लामा बर्ड फ्लु देखिन थालेपछि सतर्कता अपनाउँदै यस्तो निर्णय गरिएको समितिका सदस्य सचिव तथा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानका प्रमुख विनोद शर्माले जानकारी दिए। उनका अनुसार, “यो अस्थायी कदम हो, १५ दिनपछि अवस्थाको पुनः मूल्यांकन गरी आवश्यक निर्णय लिइनेछ।” बैठकले जिल्लाभित्र रहेका कुखुरापालक व्यवसायीलाई फर्ममा अनिवार्य रूपमा जैविक सुरक्षा (Biosecurity) अपनाउन निर्देशन दिने निर्णय समेत…
प्यूठान। प्यूठान नगरपालिका ७ टिकुरी(वाग्दुला बजार नजिकै) राष्ट्रिय स्वतन्त्र पार्टीकाे प्रचारमा हिडेको बोलेरोले मोटरसाइकल र स्कुटर लाई ठक्कर दिदा ४ जना घाईते भएका छन् । वाग्दुला बजार देखि बिजुवार तर्फ जाँदै गरेको लु १ च ७७६९ नम्बरको पिकअप बोलेरोले बिपरित दिशाबाट आईरहेका स्कुटर र मोटरसाइकललाई ठक्कर दिदा ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक प्यूठान नगरपालिका ५ का २० बरषिय जिवन बिक र पछाडि बसेका २१ बर्षिय रमेस खड्का साथै रा ६ प ६९४६ स्कुटर चालक लमही नगरपालिका ६ निवासी वर्ष २६ दिपक पोख्रेल र उनकी २५ बर्षिय श्रीमति सुजना भण्डारी घाईते भएको प्रहरी…
पाठेघरको मुखको क्यान्सरविरुद्ध नेपाल सरकारको अभियान प्यूठान । नेपालमा महिलाको ज्यान लिने प्रमुख कारणमध्ये एक बनेको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि सरकारले एच.पि.भी. (Human Papillomavirus) खोप सेवा देशव्यापी रूपमा विस्तार गरेको छ। विश्व स्वास्थ्य संगठनको रणनीतिअनुसार सरकारले विद्यालय र स्वास्थ्य संस्थामार्फत किशोरी लक्षित खोप अभियान तीव्र बनाएको हो। कार्यक्रमअनुसार कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू मुख्य लक्षित समूहमा परेका छन्। यसैगरी, गत वर्ष सञ्चालन भएको एच.पि.भी. खोप अभियानका क्रममा छुटेका कक्षा ७–१० मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने ११–१४ वर्ष उमेरका किशोरीहरू लाई पनि यस अभियानमा समेटिएको छ। प्यूठानमा माघ २५ गतेदेखि २९ गते…