असार ६, काठमाडौं । यश बर्षको माध्यमिक शिक्षा परीक्षा(एस् ई ई )को नतिजा असार दोस्रो हप्ता सार्बजनिक गर्ने गरि तयारी भैरहेको छ ।
माध्यमिक शिक्षा, राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियनत्रक नन्दराम पौडेलले बिद्यार्थीको उत्तरपुस्तिका परिक्षण र सम्परिक्षणको काम सकेर टेबुलेसन र ईन्ट्रीको काम भैरहेको जानकारी गराए । तर यसबर्ष भने परीक्षा नियन्त्रण कार्यालयले लेटरग्रेडिङ्ग प्रणालीमा नयाँ नियम लागुगरेका कारण गत बर्ष भन्दा कम बिद्यार्थी उतृण हुने जोखिम रहेको नियन्त्रक पौडेलले बताए । उनले भने,`बिगत पछिल्ला बर्ष र कोभिड 19 को समयमा जुन प्रकारको लेटरग्रेडिङ्ग प्रणालीलाई आधार बनाईयो, त्यसले शैक्षिक गुणस्तरमा ह्रास आयो । बिद्यार्थीमा नपढेपनि पास भैहालिन्छ, माथिल्लो कक्षा पढ्न पाईहालिन्छ भन्ने धारणाको विकास भयो । त्यसैले यसबर्ष लेटरग्रेडिङ्ग प्रणालीमा नयाँ नियम लागू गरिदैछ ।´ उनले जस्को ग्रेड कम छ, उस्ले माथिल्लो कक्षा पढ्न नपाईने पनि बताए ।
२०८० चैत १५ देखि २७ गते सम्म सञ्चालन भएको माध्यमिक शिक्षा परिषद – एस ई ई परिक्षामा ५ लाख बढि बिद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार लेटरग्रेडिङ्ग निर्देशिका २०७८ अनुसार नतिजा सार्बजनिक गरिने छ । उक्त प्रणाली अनुसार आन्तरिक र शैद्धान्तिक तर्फको मुल्यांकन फरकफरक तरिकाबाट हुने बोर्डले जनाएकोछ । शैद्धान्तिक तर्फ हरेक बिषयमा बिद्यार्थीले ३५ प्रतिशत अंक ल्यायनै पर्ने प्रावधान छ ।उक्त प्रणाली अनुसनर बिद्यार्थीले हरेक बिषयमा शैद्धान्तिक ७५ पुर्णाङ्कमा न्युनतम २६.२५ अंक ल्यानैपर्छ । बाँकी २५ पुर्णाङ्कको आन्तरिक तर्फ भने बिद्यार्थीले ४० प्रतिशत अर्थात १० अंक ल्यानै पर्छ । बोर्डले लेटरग्रेडिङ्ग निर्देशिका अनुसार शैद्धान्तिक र आन्तरिक तर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गर्नेछ । तर बिद्यार्थीले शैद्धान्तिक तर्फ ७५ पुर्णाङ्कमा ३५ प्रतिशत अर्थात २६.२५ अंक ल्याउन सकेनन् भने प्रमाण-पत्रमा N.G. अर्थात Non GREAD उल्लेख गरिनेछ । कक्षा ११ मा अध्ययन गर्नका लागि बिद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन भने पाउनेछन् । ग्रेड वृद्धि हुन नसकेमा कक्षा ११ अध्ययन गर्न पाईनेछैन । साथै कुनै पनि १ बिषयमा शैद्धान्तिक तर्फ २६.२५ र आन्तरिक तर्फ १० अंक प्राप्त नगर्ने बिद्यार्थीले मुल प्रमाण-पत्रनै पाउनेछैनन् ।
बिद्यार्थीले दुई बिषयमा ग्रेडबृद्धि परीक्षा भने दिन पाउनेछन् । तर दुई भन्दा बढि बिषयमा न्युनतम ३५ प्रतिशत अंक प्राप्त नगरेका र दुई बिषयमा ग्रेड वृद्धि परीक्षा दिदा पनि ३५ प्रतिशत अंक नल्याउने बिद्यार्थीले अर्को बर्ष सबै बिषयको परीक्षा दिनुपर्ने परीक्षा बोर्डले जनाएको छ । पुरानो परीक्षा ग्रेडिङ्ग प्रणालीमा शैद्धान्तिक र प्रयोगात्मकमा पाएको अंकलाई जोडेर ग्रेड निर्धारण गर्ने र बिद्यार्थीलाई प्रमाण-पत्र दिने गरिन्थ्यो । शैद्धान्तिक तर्फ C ग्रेड वा त्यो भन्दा तल ग्रेड हुने बिद्यार्थीले ग्रेड बृद्धिको परीक्षा दिन पाउँथे । तर बिद्यार्थीले प्राप्त गरेको ग्रेडको आधारमा कुन बिषय पढ्न पाउने कुन बिषय नपाउने भन्ने बिषय सरकारले तोकेको थियो । तर यश बर्षदेखि नयाँ निर्देशिका जारि भएसँगै धेरै बिद्यार्थी अनुत्तीर्ण हुने बोर्डको अनुमान छ ।




