लण्डन । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सौहार्दपूर्ण रहेको बताएका छन्। डाउनिङ स्ट्रिटमा आयोजित प्रेस सम्मेलनमा बोल्दै उनले ट्रम्पसँगको पछिल्लो फोन वार्तामा हर्मुज जलसन्धि (Strait of Hormuz) खुला राख्ने विषयमा छलफल भएको जानकारी दिए। ट्रम्पले हर्मुज जलसन्धिमा सुरक्षाका लागि युद्धपोत पठाउन गरेको अपिलबारे सोधिएको प्रश्नमा स्टार्मरले भने, "हामीबीच राम्रो छलफल भएको छ, तर यो कुनै सीधा वा सजिलो विषय होइन।" उनले बेलायतको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर मात्र निर्णय लिइने स्पष्ट पार्दै युद्धमा सामेल हुने निर्णय हतारमा गर्न नहुने संकेत गरे। ट्रम्पसँगको सम्बन्धलाई अंकमा मापन गर्न अस्वीकार गरे पनि उनले बेलायत र अमेरिका दशकौँदेखि बलियो साझेदार रहेको…
काठमाडौं । Donald Trump ले कुनै पनि हालतमा ‘स्ट्रेट अफ हर्मुज’ खुला गराइने बताउँदै विश्वका प्रमुख शक्तिशाली राष्ट्रहरूलाई समुद्री मार्ग सुरक्षित बनाउन युद्धपोत पठाउन अपील गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म Truth Social मार्फत यस्तो आग्रह गरेका हुन्। उनले चीन, जापान, दक्षिण कोरिया र बेलायतलाई हर्मुज जलसन्धि सुरक्षित राख्न सक्रिय भूमिका खेल्न आग्रह गर्दै त्यहाँबाट तेल आयात गर्ने देशहरूले यसको सुरक्षामा जिम्मेवारी लिनुपर्ने बताएका छन्। ट्रम्पले सोही सन्देशमा अमेरिकाले इरानको सैन्य शक्ति ठूलो मात्रामा कमजोर बनाइसकेको दाबी समेत गरेका छन्। तर इरान पक्षले भने युद्ध जारी राख्ने संकेत दिँदै हर्मुज मार्ग अवरुद्ध गर्ने चेतावनी दिइरहेको छ। Strait of Hormuz…
काठमाडौं । `जलवायु परिवर्तन र लोकतन्त्रमा नागरिक समाज र प्रेस´ भन्ने सवालमा बहस गर्न नेपाल प्रेस युनियनले पहिलोपटक ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ सञ्चालन गर्ने भएको छ। समिटको मुख्य नारा ‘शान्तिको सन्देश, हिमाली संस्कृतिको संरक्षण र लोकतन्त्रको सुदृढीकरण’ तय भएको युनियनले जनाएकोछ । समिटमा नेपाल, भारत, श्रीलका युगान्डा, बुल्गेरिया, भुटान लगायतका मुलुकका पत्रकार, संचारकर्मी तथा सामाजिक अभियन्ताको सहभागिता हुने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुुुभयो । बैशाख २७ गते काठमाडौं बाट समिट सुरु हुनेछ भने पोखरा, जोमसोम हुँदै मुस्ताङ्गको ऐतिहासिक लोमाङ्थाङ्ग पुगेर निश्कर्ष सहितको घोषणापत्र जारी गर्दै ३१ गते सम्पन्न हुने बताईएको छ । समिटमा सञ्चारका माध्यमबाट लोकतन्त्रको प्रवर्द्धन,…
दीपक भण्डारी पोर्चुगल/ युरोपको पोर्चुगलमा नेपालीहरुको फुटबल प्रति कर्षण बढ्दै गएको छ । पोर्चुगल विश्व प्रहिद्ध खेलाडि रोनाल्डोको देश भनेर चिनिन्छ । पोर्चुगलको बेजा जिल्ला अन्तर्गत शान्तत्वनिया मा आयोजित फुटबल खेलमा नेपालीहरुको मात्रै १३ टिम सहभागी रहेको आयोजक सस्था ग्रेब जबका सन्चालक सुबास पाण्डेले बताउनु भयो । खासगरी नेपाली युवाहरुको आकर्षण को केन्द्र पोर्चुगलमा रहेका सम्पुर्ण युवाहरुलाई खेलको माध्यमबाट गोलबन्द गर्ने उदेश्यले खेल सन्चालन गरिएको पाण्डेले बताउनु भयो । पछिल्लो समयमा नेपाली एजेन्सिको रुपमा स्थापित ग्रेब जबले आयोजना गरेको उक्त खेलमा प्रथम हुनेलाई ३ हजार युरो अर्थात झन्डै चार लाख भन्दा धेरै प्रदान गरिने छ भने दोस्रो हुनेलाई दुइलाख भन्दा…
१७ मंसिर पर्चुगल । गैर आवासीय नेपाली सघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष दीपा काफ्लेले सघलाई आवाज बिहिनहरुको आवाज बोल्ने र सुन्ने ठाउँको रुपमा स्थापित गर्ने बताउनु भएको छ । राजधानी लिस्बोनको एन्जसमा आयोजित घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले पोर्चुगल आउने आम सर्वसाधारणहरुको हरेक दुख भोगाई सङ्ग नजिकबाट परिचित रहेको बताउदै आगामी दिनमा कुनै प्रकारको गुनासोमा पनि सहयोग गर्ने बताउनु भएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सघका सस्थापक अध्यक्ष पुर्ण बहादुर हमालले समाजमा चर्पस्ट हुने गरि बदनामी र बेइज्जत सुन्न पनि अप्ठ्यारो भएको ले सस्थामा हस्तक्षेपनै गर्नु परेको बताउनु भयो । बिगतमा गरिएको सहमती कार्यान्वयन गर्नै आनाकानी गरे पछि अहिलेको…
काठमाडौं – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जितेसँगै सन्न्यासको घोषणा गरेका छन् । रोहितले टी२० आईबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । शनिबार फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जित्यो । भारतलाई टी–२० विश्वकपको उपाधि जिताउन उनको कप्तानी र प्रदर्शन दुबैमा सानदार योगदान रह्यो । विश्वकप २०२४ मा उनले ८ खेलमा २५७ रन बनाएका थिए । रोहित टी–२० आई क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले १५९ टी–२० आई खेलमा ५ शतक र ३२ अर्धशतकसहित कुल ४ हजार २३१ रन बनाएका थिए । उनले सन् २००७…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…