Skip to main content

सरोकार पोस्ट

सामाजिक सञ्जाल नियमन विधेयकप्रति पत्रकार महासंघ लुम्बिनी प्रदेशको आपत्ति

Advertisement

सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयक २०८१ का कतिपय प्रावधानप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण गराएको छ ।
सामाजिक सञ्जाललाई नियमन गर्ने, व्यवस्थित गर्ने र त्यसबाट अपराधजन्य कार्य रोक्ने पहल स्वाभाविक भए पनि प्रस्तावित कानुनले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संगठन तथा भेला हुने स्वतन्त्रता र सञ्चार माध्यम प्रयोग गर्ने हक मा प्रतिकूल असर पार्ने खतरा देखिएको भन्दै प्रदेश समितिले विधेयकमा कठोर सजायसहितको फौजदारी कानुन बनाउन खोजिएकोमा गहिरो चिन्ता व्यक्त गरेको छ ।

प्रस्तावित कानुनबारे आम सरोकारवाला पक्षसँग छलफल नगरी सरकार एकलौटी रूपमा अघि बढेको महासंघको निष्कर्ष रहेको प्रदेश महासचीव पान्डव शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसले सरकारको नियतमा आशंका उत्पन्न गराउनुका साथै नागरिकमा भय र चिन्ता थपिएको पनि महासंघले जनाएको छ । महासंघले नागरिक हक र स्वतन्त्रतालाई सङ्कुचित गर्ने तथा नियन्त्रण गर्ने विधेयक अस्वीकार्य रहेको स्पष्ट पारेको छ ।

महासंघले नेपाल सरकार र संघीय संसदसँग मानव अधिकार, नागरिक हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनेगरी विधेयक परिमार्जन गर्न आग्रह गरेको छ । विज्ञप्तिमा संविधान विपरीत नहुने गरी र लोकतान्त्रिक अभ्यासलाई आत्मसात गर्दै मात्र विधेयक अगाडि बढाउनुपर्ने उल्लेख गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

O valor e os limites de comparar opções de entretenimento online

Uma comparação só é útil quando ajuda cada pessoa a responder às próprias prioridades, em vez de declarar uma opção vencedora para...

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...