Skip to main content

सरोकार पोस्ट

रोचक

प्यूठान अस्पतालमा एक महिलाले जन्माईन एकैपटक चार सन्तान

प्यूठान अस्पतालमा एक महिलाले जन्माईन एकैपटक चार सन्तान

प्यूठान। गुल्मी जिल्लाको मदाने गाउँपालिका–५ निवासी २५ वर्षीया विष्णा विकले आज एकैपटक चार छोरीलाई जन्म दिएकी छन्। प्राप्त जानकारीअनुसार विष्णाले पहिलो छोरीलाई घरमै, दोस्रो छोरीलाई अस्पताल लैजाँदै गरेको गाडीमै तथा बाँकी दुई छोरीलाई जिल्ला अस्पताल बिजुवारमा सामान्य (नर्मल) प्रसूति मार्फत जन्म दिएकी हुन्। चारमध्ये घरमा र गाडीमा जन्मिएका दुई छोरीको मृ*त्यु भएको छ। जिल्ला अस्पताल बिजुवारमा जन्मिएका अन्य दुई छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। विष्णाका यसअघि पनि ८ वर्ष र ६ वर्षका दुई छोरी रहेका छन्। उनका श्रीमान रोजगारीको सिलसिलामा भारतको सिमलामा रहेको जनाइएको छ।
Read More
पढाइसँगै मकैबारीको पहरा : बाँदर–बदेलको आतंकले बालबालिकाको भविष्यमा प्रश्न, किसान गाउँ छाड्ने क्रम बढ्दो

पढाइसँगै मकैबारीको पहरा : बाँदर–बदेलको आतंकले बालबालिकाको भविष्यमा प्रश्न, किसान गाउँ छाड्ने क्रम बढ्दो

प्युठान। आफ्ना गुरुले बिद्यालयमा दिएको गृहकार्य गर्न शुन्दरमेलाका बिशाल सामतले बिहान बेलुकी सधै मकैबारीको छेउमा तिर्पाल र छाताको ओतमा पुग्नु पर्छ । बिद्यालयबाट घर फर्कने बित्तिकै बिशाल आफ्नो कापिकिताव सहितको झोला बोकेर मकैबारीको छेउमा पुग्नै पर्छ। उनको यो बाध्यात्मक दैनिकी हो । गाउँमा बाँदर आतंक छ । आफ्नो भएको १ रोपनी र बर्षको पाँच हजार तिर्ने सर्तमा लिएको भाडाको जग्गामा लगाएको मकै बाँदरले मौका पाउनासाथ खाईदिन्छ । उनका बुवा पनि बैदेशिक रोजगारीमा गएका छन् । आमा ज्याला मजदुरी गर्छीन् । बिहान बेलुका आमाले भान्सामा काम गर्नुपर्ने र दिउसो ज्याला मजदूरी गर्न जानुपर्ने बाध्यताछ । भिरपाखा तिर बाँदर आयो भने बिशाल…
Read More
प्रदेश संरचना कायमै राखी प्रदेश सभा खारेज गर्ने रास्वपाको बैकल्पिक रणनीति

प्रदेश संरचना कायमै राखी प्रदेश सभा खारेज गर्ने रास्वपाको बैकल्पिक रणनीति

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनपछि फेरि एउटा विषयले राजनीतिक वृत्तमा ठाउँ पाएको छ—प्रदेश संरचना होइन, प्रदेश सभा नै खारेज गर्ने भन्ने वैचारिक बहस। तर यो कुरा बुझ्दा पहिले एउटा कुरा प्रष्ट हुनुपर्छ, यहाँ “प्रदेश नै हटाउने” भन्दा पनि “प्रदेशभित्रको विधायिकी संरचना” बारे प्रश्न उठाइएको हो भन्ने व्याख्या नेताहरूको भनाइ र रास्वपा पार्टीभित्रको छलफलबाट देखिन्छ। अहिले नेपालको संघीय संरचनामा प्रदेश सरकार र प्रदेश सभा दुवै छन्। सरकारले कार्यपालिका चलाउँछ भने प्रदेश सभाले कानुन बनाउने, बजेट पास गर्ने र सरकारलाई नियन्त्रण गर्ने काम गर्छ। यही संरचना संघीयताको एउटा आधार हो। रास्वपाको महाधिवेशनपछि देखिएको बहस भने यही ठाउँमा केन्द्रित छ—प्रदेशमा…
Read More
“दिदी” बाट “बहिनी” सम्म : ऐरावतीमा बाख्रासँगै फैलिँदै आत्मनिर्भरताको चक्र

“दिदी” बाट “बहिनी” सम्म : ऐरावतीमा बाख्रासँगै फैलिँदै आत्मनिर्भरताको चक्र

प्यूठान, ऐरावती । ग्रामीण महिलाको आर्थिक सशक्तीकरणका लागि सुरु गरिएको एउटा सानो प्रयास अहिले समुदायभित्र “उपहार अर्थतन्त्र” को प्रेरणादायी उदाहरण बन्दै गएको छ । ऐरावती गाउँपालिका–३ काउलेमा सक्रिय स्वावलम्बी महिला समूहले आफूहरूले पालेका बाख्राबाट जन्मिएका पाठापाठी अर्को “बहिनी समूह” लाई हस्तान्तरण गरेपछि गाउँमा आत्मनिर्भरता र सहकार्यको नयाँ सन्देश फैलिएको हो। तीन वर्षअघि आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित गठन गरिएको काउले स्वावलम्बी महिला समूहका २० सदस्यले दुई वर्षअघि परियोजनामार्फत बाख्रा प्राप्त गरेका थिए । अहिले त्यही बाख्राबाट उत्पादन भएका पाठापाठी बिहीबार वडा नं. ३ कै सुनगाभा स्वावलम्बी महिला समूह, जावुनेका सदस्यलाई उपहारस्वरूप हस्तान्तरण गरिएको छ। समूहकी अध्यक्ष कमला थापाका अनुसार १८ जना…
Read More
प्यूठानमा १४ दलका १४ उम्मेदवार मैदानमा, थापा–पोख्रेलबीच आत्मीय क्षण : “तपाईं उम्मेदवार नहुँदा मेरो छोरो रोयो”

प्यूठानमा १४ दलका १४ उम्मेदवार मैदानमा, थापा–पोख्रेलबीच आत्मीय क्षण : “तपाईं उम्मेदवार नहुँदा मेरो छोरो रोयो”

प्यूठान। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगामा मनोनयन दर्ता कार्यक्रम चलिरहँदा प्यूठानको राजनीतिक माहोल यसपटक अपेक्षाकृत शान्त र आत्मीय देखिएको छ। अघिल्ला निर्वाचनहरूमा आक्रामक र उत्तेजित देखिने प्रमुख दलका नेताहरू यसपटक आपसमा अंकमाल गर्दै शुभकामना आदान–प्रदान गरिरहेका छन्। मनोनयन दर्ताका क्रममा प्यूठानका प्रमुख प्रतिस्पर्धी मानिएका नेकपा एमालेका उम्मेदवार सूर्यबहादुर थापा र नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोख्रेलबीच देखिएको आत्मीय दृश्यले उपस्थित भीडको ध्यान तानेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयको गेटबाट प्रवेश गर्दैगर्दा गेटभित्र उभिएका डा. पोख्रेललाई अंकमाल गर्दै थापाले भने,“२०७९ मा तपाईं उम्मेदवार नहुँदा मेरो जित भयो, तर त्यसबेला मेरो छोरो रोएको…
Read More
जिल्लामै पहिलो पहल : ८४ वर्षीय छविलाल पण्डितबाट ३२ जेष्ठ नागरिकलाई सम्मान–कोशेली

जिल्लामै पहिलो पहल : ८४ वर्षीय छविलाल पण्डितबाट ३२ जेष्ठ नागरिकलाई सम्मान–कोशेली

प्यूठान — प्यूठान नगरपालिका–८ का ८४ वर्षीय छविलाल पण्डितले आफ्नो जन्मथलोका जेष्ठ नागरिकप्रति उदाहरणीय सम्मान प्रकट गर्दै ८४ वर्ष उमेर पुगेका ३२ जनालाई विशेष कोशेली प्रदान गरेका छन्। वडामा रहेको धर्मावती स्वास्थ्य चौकीमार्फत आयोजित कार्यक्रममा पण्डितले जेष्ठ नागरिक मिलन तथा सम्मान संस्कृतिलाई संस्थागत गर्न दीर्घकालीन प्रयाससमेत अघि सारे। उहाँले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी हरेक वर्ष जेष्ठ नागरिक मिलन तथा सम्मान कार्यक्रम आयोजना गर्दै आएकामा, उनका कदमले प्रेरित भएर अन्य व्यक्तिहरूले थप सहयोग गरेपछि कोषको रकम हाल ३ लाख १ हजार ९७५ रुपैयाँ पुगेको जेष्ठ नागरिक कल्याण कोषका सदस्य–सचिव तथा स्वास्थ्य चौकी प्रमुख मिनबहादुर थापाले जानकारी दिए। जिल्लामै पहिलोपटक…
Read More
शिकाई क्षेमता बृद्धिगर्न जनता मा.बि.मा ‘शिकाई मेला’

शिकाई क्षेमता बृद्धिगर्न जनता मा.बि.मा ‘शिकाई मेला’

प्यूठान। विद्यार्थीहरुको शिकाई क्षेमता बृद्धि गर्ने उद्देश्यले प्यूठान नगरपालिकाको नमुना माध्यमिक विद्यालय जनता मा.बि. बाग्दुलाले आज सिकाई मेला गरेकोछ। मेलामा अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र स्थानीय, लेखा तथा प्रविधि गरि ६ वटा स्टलमा सिकाई सामग्री प्रदर्शनमा राखिएको थियो । ६ स्टलमा राखीएका सिकाई सामग्रीको अवलोकन बिद्यालयका सबै कक्षाका विद्यार्थी, शिक्षकहरुलाई गराईएको प्रधानाध्यापक ईन्द्रमणी पोख्रेलले जानकारी दिए। उनले भने,"सिकाइ सुधारका लागि नियमित अभिभावक शिक्षा, शैक्षिक सुधारका लागि स्थानीय शैक्षिक सामाग्रि निर्माण तथा प्रयोग, शैक्षिक अबलोकन भ्रमण, प्राबिधिक शिक्षा लगायतका गतिविधिहरु संचालन गर्ने गरिएको छ ।" परम्परागत सामग्री, स्थानीय परिकार, सराय नाँच, भजन, दुना टपरी, वत्ति कात्ने सीप समेत प्रदर्शन गरिएकाे…
Read More
प्यूठानकै ठुलो लुप्लुङ्ग देवाली मंसिरमा हुँदै, संघ्रहालय निर्माणका लागि उठ्यो ५५ लाख दान

प्यूठानकै ठुलो लुप्लुङ्ग देवाली मंसिरमा हुँदै, संघ्रहालय निर्माणका लागि उठ्यो ५५ लाख दान

प्यूठान । धनञ्जय गोत्रिय भण्डारीहरुको उद्गम स्थल लुप्लुङ्गमा पाँच बर्षपछि देवाली हुने भएको छ । नौबहिनी गाउँपालिका –८ लुप्लुङ्गमा धनञ्जय राष्ट्रिय संग्रहालय –देवघर निर्माण भएको छ । संघ्रहालय निर्माण सँगै आगामी मंसिर ११ र १२ गते तिथिअनुसार देवाली कुलपुजा गर्ने लुप्लुङ्ग झुलेनी बराहक्षेत्र संरक्षण केन्द्रका महासचिब धनेश्वर भण्डारीले जानकारी दिए । पर्यटन पुर्बाधार सँग जोडिएको धनञ्जय राष्ट्रिय संघ्रहालय निर्माणका लागि लुम्बिन प्रदेश सरकारको आ व २०८१÷०८२ मा १७ लाख ठेक्का लागएर काम सुरु भएको थियो । उक्त रकम सहित करिब ७० लाख रुपैया खर्च भैसकेको निर्माण समितिले जनाएको छ । ८५ प्रतिशत काम सकिएको भएपनि कम्पाउण्ड तथा भित्री डेकोरेसन र…
Read More
भोजु गिरीको ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु’ कृति विमोचन

भोजु गिरीको ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु’ कृति विमोचन

प्युठान । प्युठानको प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिरमा 'स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु' कृति विमोचन गरिएको छ । सोमबार प्युठान झिमरुक गाउँपालिका-६ दहखोला निवासी सष्टा भोजु गिरीद्वारा लिखित 'स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु' कृति विमोचन गरिएको हो । स्वर्गद्वारी मन्दिरमा भएको कार्यक्रममा लेखकले इतिहासको गहिरो अध्ययन गर्दै प्रकाशित गरेको उक्त कृति पाठकको लागि पठन योग्य रहेको प्रमुख अतिथि स्वर्गद्वारी मन्दिर (शक्तिपीठ) का स्वामी दत्तानन्द गिरीले बताउनुभयो। स्वामी गिरीले कृति सबैले बुझ्ने गरि लेखिएको र संसारभरीका सनातनीहरुको आस्था बोकेको स्वर्गद्वारीको विविध पक्षको प्रस्तुत गरिएकोले यो कृतिको समाजमा लोकप्रियता बढ्ने बताउनुभयो । स्वर्गद्वारी मन्दिर परिसरमा रहेको संस्कृत वेद पाठशालाका प्रधानाध्यापक गुरु मधु अधिकारीले सष्टा भोजु गिरीद्वारा…
Read More
नवरात्रको दोस्रो दिन माता ब्रह्माचारिणीको पूजा अर्चना

नवरात्रको दोस्रो दिन माता ब्रह्माचारिणीको पूजा अर्चना

काठमाडाै। नवरात्रको दोस्रो दिन माता ब्रह्माचारिणीको पूजा अर्चना गर्ने गरिन्छ । अशीम अनन्तमा विद्यमान वा गतिमान ब्रह्मचारिणीको अर्थ हुन्छ । ब्रह्मचर्यको शब्दले गतिमान हुनु र विद्यमानलाई जनाउने गर्दछ । अर्थात्, तुच्छता वा निम्नतामा नरहनु नै ब्रह्मचर्य हो । ब्रह्मचारिणीलाई शाब्दिक रुपमा भन्दा यो सर्व व्यापक चेतान हो भन्न सकिन्छ । अर्कोतर्फ ब्रह्मको अर्थ तपस्या र चारिणीको अर्थ आचार गर्नु भन्ने हुन्छ । तसर्थ तपको आचरण गर्ने देवी नै ब्रह्मचारिणी हुन् । स्वरुपको आधारमाभन्दा दाहिने हातमा जपको माला एवं बायाँ हातमा कमण्डलु लिएकी देवी ब्रह्मचारिणी देवी हुन् । नवदूर्गाहरूमध्ये भक्तहरुलाई सिद्ध र अनन्त फल दिने देवी नै ब्रह्मचारिणी देवी हुन् ।…
Read More