प्युठान। आफ्ना गुरुले बिद्यालयमा दिएको गृहकार्य गर्न शुन्दरमेलाका बिशाल सामतले बिहान बेलुकी सधै मकैबारीको छेउमा तिर्पाल र छाताको ओतमा पुग्नु पर्छ । बिद्यालयबाट घर फर्कने बित्तिकै बिशाल आफ्नो कापिकिताव सहितको झोला बोकेर मकैबारीको छेउमा पुग्नै पर्छ। उनको यो बाध्यात्मक दैनिकी हो । गाउँमा बाँदर आतंक छ । आफ्नो भएको १ रोपनी र बर्षको पाँच हजार तिर्ने सर्तमा लिएको भाडाको जग्गामा लगाएको मकै बाँदरले मौका पाउनासाथ खाईदिन्छ । उनका बुवा पनि बैदेशिक रोजगारीमा गएका छन् । आमा ज्याला मजदुरी गर्छीन् । बिहान बेलुका आमाले भान्सामा काम गर्नुपर्ने र दिउसो ज्याला मजदूरी गर्न जानुपर्ने बाध्यताछ । भिरपाखा तिर बाँदर आयो भने बिशाल…
प्यूठान । शिक्षा, कृषि, पूर्वाधार र दिगो विकासमा जोड दिदै प्युठान जिल्लाका ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कुल ५ अर्ब ३१ करोड ९ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्। स्थानीय सरकारहरूले विकासका प्राथमिक क्षेत्रहरूलाई केन्द्रमा राख्दै जनजीवन सुधार, पूर्वाधार विस्तार र दिगो विकास लक्ष्यलाई मुख्य आधार बनाएका छन्। जिल्लामा सबैभन्दा ठूलो बजेट प्युठान नगरपालिकाले प्रस्तुत गरेको छ। नगरपालिकाले ८९ करोड ८८ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ। त्यसपछि स्वर्गद्वारी नगरपालिकाले ७२ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकामध्ये गौमुखी गाउँपालिकाले ६४ करोड ४ लाख ७२ हजार रुपैयाँ, झिमरुक गाउँपालिकाले ६२ करोड १७ लाख…
प्यूठान। निर्माण व्यवसायी (ठेकेदार) को “खुट्टा भाँचिदिन्छु” भन्ने सरकारका मन्त्रीले विवादास्पद अभिव्यक्ति दिएपछि देशभरका निर्माण व्यवसायीहरु आन्दोलित भएकाछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीहरूप्रति लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका थिए । निर्माण व्यवसायीहरू तथा विभिन्न पक्षले कानुनी राज्यको सिद्धान्तविपरीत भएको भन्दै आपत्ति जनाएका छन्। यसै कारण प्यूठानका निर्माण व्यवसायीहरु पनि आन्दोलित भएका छन् । व्यवसायिहरुले जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार प्रसाईंलाई वीरगञ्जस्थित दियालो होटलबाट सोमबार साँझ पक्राउ गरिएको हो । पक्राउका क्रममा प्रहरीले “माथिको आदेश” आएको भन्दै नियन्त्रणमा लिएको बताइएको छ । यद्यपि, उनीमाथि कुन कसुरमा कारबाही गरिएको हो भन्ने विषयमा प्रहरीले औपचारिक जानकारी दिएको छैन । प्रहरी स्रोतले पक्राउको पुष्टि गरे पनि विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए । मंगलबार वीरगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुन पुगेका उनले विमानस्थलमै सञ्चारकर्मीसँग समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए…
भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले यातायात व्यवस्था कार्यालय नभएका गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, बर्दिया तथा दाङको घोराहीबाट सवारी दर्ता किताब नवीकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । अब यी जिल्लाका नागरिकहरूले सेवा लिन दाङ, बुटवल वा नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्ने भएको छ । सेवाग्राहीहरूले आफ्नै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत सेवा पाउनेछन् । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने ले सङ्घीयताको मर्मअनुसार नागरिकलाई सहज र सुलभ सेवा दिन सरकार…
प्यूठान — जिल्लाभर अवैध रूपमा सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक, डेण्टल सेवा र मेडिकल हलहरूले बिरामीको स्वास्थ्यसँग खेलवाड गरिरहेको पाइएको छ। सम्बन्धित निकायको कमजोर अनुगमन र कारबाही अभावका कारण यो समस्या वर्षौंदेखि जरा गाड्दै गएको स्थानीयको गुनासो छ। जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका अनुसार हालसम्म जिल्लामा मापदण्ड पूरा गरी दर्ता भएका पोलिक्लिनिक जम्मा दुईवटा मात्रै छन्। तर ९ वटै स्थानीय तहका मुख्य बजारदेखि गाउँगाउँसम्म अनधिकृत रूपमा क्लिनिक, डेण्टल र मेडिकल सञ्चालन भइरहेका छन्। अनुगमनका क्रममा कतिपयले अर्कै व्यक्तिको नाममा फार्मेसी चलाउने, मापदण्ड विपरीत बिरामी जाँच गर्ने र जथाभावि औषधि बिक्री गर्ने गरेको फेला परेको छ। स्वास्थ्य कार्यालयका अनुसार, मेडिकल हलहरूलाई औषधि बिक्रीको…
कांग्रेस विशेष महाधिवेशन अनुमोदित सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्म ठहर्याएको हो । सर्वोच्चको निर्णयसँग विशेष महाधिवेशनलाई मान्यता दिन नहुने शेरबहादुर देउवा समूहको माग अप्रत्यक्ष रुपमा अस्विकृत भएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले निर्णयको संक्षिप्त आदेश सुनाइरहेका छन् भने सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा पूर्णबहादुर खड्काद्वारा दायर दायर रिट खारेज भएको जनाएको छ ।…
प्युठान । रातको सन्नाटामा झाडी हल्लिएको आवाजले निम्त्याएको एक गलत अनुमानले एउटा परिवारको उज्यालो निभाइदिएको छ। जंगली जनावर ठानेर चलाइएको गोली लाग्दा १९ वर्षीय सुशिल परियारको ज्यान गएको छ भने घटनामा संलग्न चार जना पक्राउ परेका छन्। तर यो घटना केवल एउटा दुर्घटना मात्र होइन, ग्रामीण किसानले वर्षौंदेखि भोग्दै आएको जंगली जनावरको सास्तीसँग जोडिएको कठोर यथार्थ पनि हो। घटना गौमुखी गाउँपालिका–४ सुँगुरखाल स्थित जुपाल सामुदायिक वनमा चैत २९ गते राति करिब १०:४५ बजे भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार, जंगलको झाडी हल्लिएको आवाज सुनेपछि त्यहाँ रहेका व्यक्तिहरूले बँदेल भएको अनुमान गर्दै गोली प्रहार गरेका थिए। तर त्यो अनुमान गलत सावित…
प्यूठान — लुम्बिनी प्रदेशका १२ जिल्लाबाट निर्वाचित सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्रीसमक्ष प्यूठानबाट निर्वाचित सांसद शुसान्त बैदिकले प्रस्तुत गरेको प्यूठान सम्बन्धी प्रतिवेदनमाथि तथ्यगत प्रश्न उठेको छ। उक्त प्रतिवेदनमा ‘प्यूठान जिल्ला अस्पतालका चिकित्सकले राजनीतिक खिचातानीका कारण हालै राजीनामा दिएका’ उल्लेख गरिएको छ। तर, प्यूठान जिल्ला अस्पतालले सो दाबी तथ्यमा आधारित नभएको स्पष्ट पारेको छ। अस्पताल विकास समितिका अनुसार हालसम्म कुनै पनि चिकित्सकले राजीनामा दिएका छैनन्। अस्पताल विकास समितिका अध्यक्ष विजय विराज बिष्टले प्रतिवेदनमा गरिएको उक्त दाबी असत्य रहेको बताए। उनका अनुसार अस्पतालमा स्वीकृत दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकहरू कार्यरत नै छन्। “राजनीतिक कारणले चिकित्सकले राजीनामा दिएको भन्ने कुरा सही होइन,” उनले भने, “यस्ता अपुष्ट…
प्युठान | नेपाली राजनीतिक अभ्यासमा चुनावी हारपछि धेरै नेताहरू सार्वजनिक बहसबाट टाढा हुने प्रवृत्ति देखिन्छ। तर गोविन्दराज पोख्रेल ले भने त्यसको ठीक विपरीत उदाहरण प्रस्तुत गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि उनले आफ्नो ध्यान पुनः प्युठानको समग्र विकासतर्फ केन्द्रित गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले नव निर्वाचित सांसद सुशान्त बैदिक तथा राष्ट्रिय स्वतन्त्र पार्टी लाई ११ बुँदे विकास एजेन्डा आगामी बजेटमा समावेश गर्न आग्रह गरेका छन्। उनको अभिव्यक्ति केवल राजनीतिक सन्देश मात्र होइन, लोकतान्त्रिक संस्कारप्रतिको प्रतिबद्धता पनि हो। “मत दिएका वा नदिएका सबै नागरिकप्रति हाम्रो समान जिम्मेवारी हुन्छ,” भन्ने उनको भनाइले प्रतिस्पर्धाभन्दा माथि उठेर सहकार्य गर्न सकिने सम्भावनालाई संकेत गर्छ।…