प्यूठान । प्युठानको नौबहिनी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि रु. ६६ करोड २३ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका गाउँसभा तथा १६ औं अधिवेशनबाट गाउँपालिकाका उपाध्यक्ष विस्ना थापाले प्रस्तुत गरेको बजेट वक्तव्यमा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिउपजको बजरीकरणका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरिएको हो । गाउँपालिकाले सङ्घीय सरकारबाट अनुमानित प्राप्त रकम राजस्व बाँडफाँड तर्फ ११ करोड ९४ लाख, वित्तीय समानीकरण अनुदान तर्फ रु. १० करोड १८ लाख र शसर्त अनुदान तर्फ २३ करोड ६२ लाख, विशेष अनुदान तर्फ रु. ७५ लाख र समपुरक अनुदान तर्फ रु. १ करोड बजेट प्रस्तुत गरिएको छ…
प्यूठान । प्यूठानको झिमरुक गाउँपालिकाले निती तथा कार्यक्रम प्रस्तुत गरेपनि जनप्रतिनिधि बिचको बिबाधका कारण आज बजेट ल्याउन सकेन । जनप्रतिनिधिका बिचमा सहमती हुन नसक्दा बजेट ल्याउने कार्यक्रम रोकिएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए । आगामी २८ गते दिउसो १ बजेसम्मका लागी सबै कार्यक्रम स्थगित गरिएको उनले बताए । कतिपय योजनाको बिषयमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधि असन्तुष्ट भएकाले बजेट ल्याउने कार्यक्रम प्रभावित भएको उपाध्यक्ष पोख्रेलले जानकारी दिए । तर एमाले र जनमोर्चाका जनप्रतिनिधीहरुले भने अध्यक्ष, उपाध्यक्ष, सहितको टोलिले आफुखुसी ३ करोड ३१ लाख रुपैया बराबरका योजना प्रकृया बाहिर गएर निती तथा कार्यक्रममा समाबेश गरेका कारण बिरोध…
प्यूठान । गौमुखी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गरेको छ । आज बसेको १७ औं गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष महाविर रानाले ४६ करोड २० लाख ९७ हजार बराबरको बजेट पेश गर्नुभएको हो । गाउँपालिकाको नीति तथा कार्यक्रम यसअघि नै पहिलो बैठकमा अध्यक्ष विष्णु कुमार गिरीले प्रस्तुत गरिसक्नु भएको थियो । गाउँपालिकाको शभाहलमा गाउँपालिका उपाध्यक्ष महाबिर रानाले गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्नुभयो । गाउँपालिकाले शिक्षालाइ प्राथमिकतामा राख्दै बजेट ल्याएको छ । कुल बजेटको ४७.६६ प्रतिशत बजेट शिक्षा क्षेत्रमा बिनियोजन गरिएको उपाध्यक्ष रानाले बताउनु भयो । गाउँपालिकाले पुजिगत तर्फ ८ करोड ९१ लाख ११…
देउखुरी, ७ असार । लुम्बिनी प्रदेश सरकारको बैठक अबरुद्ध भएको छ । नेपाली काँग्रेसले बजेट जनतामैन्त्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रवारको संसद बैठक अवरुद्ध गरेको हो । शुक्रवारको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले आफनो धारणा राखिसके पछि काग्रेसले संदन अवरुछ गरेको हो । दल नेता बोलि सकेपछि काग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरु बसिरहेको स्थानबाट उठेर विरोध जनाएका हुन । संसदमा सम्वोधन गर्दे नेपाली काँग्रेस संसदीय दलका नेता तथा विपक्षी दलका नेता डिल्लीबहादुर चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा राखेको भनेर चालु वर्ष भन्दा ५७ करोड रुपैया बजेट घटाएको,किसानमैत्री बजेट नल्याएको बताए ।…
लुम्बिनी । मनसुनी वायु लुम्बिनी प्रदेशसम्म विस्तार भएको छ । गत जेठ २८ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन बिहीबार लुम्बिनी प्रदेशको पूर्वी भागसम्म विस्तारित भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘यस वर्षको मनसुन प्रणाली बिहीबार कोशी प्रदेशको बाँकी भू–भाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आगमन भएको छ,’ महाशाखाले विशेष बुलेटिन जारी गरेर बताएको छ । यस वर्षको मनसुन सरदर मिति (जुन १३ तारिख) भन्दा ३ दिन छिटो अर्थात् (जुन १० तारिख) मा कोशी प्रदेशमा भित्रिएको थियो । तर पश्चिमी वायुको प्रभावका कारण पश्चिमतर्फ बिस्तार…
प्यूठान । संघ र प्रदेशबाट प्यूठान जिल्लामा सञ्चालित आयोजना कार्यान्वयनको अवस्थाको स्थलगत अनुगमन गर्दै लुम्बिनी प्रदेश भौतिक पुर्बाधार समिति सभापति रामजी प्रसाद घिमिरेले लक्ष्य अनुरुप काम नभएको भन्दै दुःख व्यक्त गरेकाछन् । बुधबार प्यूठानका बिभिन्न स्थानिय तहहरुमा प्रदेश सरकारको सहयोगमा सञ्चालन भएका भौतिक निर्माणका ठुला तथा टुक्रे आयोजनाको प्यूठानबाट प्रदेश सभाका सांसदहरु सहितको टोलीले स्थलगत अनुगमन गरेको थियो । अनुगमन पछि जिल्ला समन्वय समिति प्यूठानका उप प्रमुख दुर्गा रेग्मीको अध्यक्षतामा जिल्लामा रहेका सम्बन्धित बिषयत कार्यालय प्रमुख सहित प्यूठान नगरपालिकाका मेयर बिष्णु योगीको कार्यकक्षमा समिक्षा बैठक बसेको थियो । बैठकको सुरुवातमै भौतिक पुर्बाधार समिति सभापति घिमिरेले जिल्लामा सञ्चालित कुनै पनि आयोजनहरु…
प्यूठान । नेपाल बिद्युत प्राधिकरणको क्षेत्राधिकार भित्र पर्ने बिद्युत लाईन व्यव्स्थित नहुँदा उपभोक्ताले जोखिम मोलेर त्रासै त्रासमा बाँचिरहेकाछन् । करिब १ महिना अघि नौबहिनी गा पा ६ मसराका होत बहादुर दमाईले आफ्नै खेत जोत्दै गर्दा पोलबाट लागेको करेन्टका कारण आफ्नै आँखा अगाडि २७ बर्षिय छोराे सन्तोष गुमाए । हरेक बर्ष बिद्युत प्राधिकरणले बिस्तार गरेको अव्यवस्थित धरापका कारण मानिसहरुले ज्यान गुमाउँदै गएकाछन् । प्राधिकरणले लाईन बिस्तार गर्दा सम्बन्धित जग्गाधनीको सहमति नलिई जथाभावी पोल गाड्ने गर्दा उपभोक्तालाई त्रास बढेको नौबहिनी ६ मसराका होतबहादुर दमाईले बताए । उनले भने, म घरमा नभएको समयमा मेरो खेतको बिचमा पोल गाडिएछ, मलाई जानकारी भएन । पछि प्राधिकरणले…
दाङ (देउखुरी)। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिवार लुम्बिनी प्रदेशसभाको चौँथो अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्नुभएको हो। लुम्बिनीका आर्थिक मामिला तथा योजना मन्त्री आचार्यले पुँजीगत तर्फ ६३ दशमलव ०९ प्रतिशत अर्थात २४ अर्व ५८ करोड ५९ लाख चालुतर्फ झण्डै २९ प्रतिशत अर्थात ११ अर्व २४ करोड २७ लाख र वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८ दशमलव ०६ प्रतिशत अनुमान गरिएको छ । विनियोजित बजेटको स्रोतका रुपमा आन्तरीक राजश्वबाट ७ अर्व ५१…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…