सरोकार पोस्ट

काग्रेसको विरोध पछि लुम्बिनी प्रदेश सभा अवरुद्

Advertisement

 

देउखुरी, ७ असार ।
लुम्बिनी प्रदेश सरकारको बैठक अबरुद्ध भएको छ । नेपाली काँग्रेसले बजेट जनतामैन्त्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रवारको संसद बैठक अवरुद्ध गरेको हो । शुक्रवारको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले आफनो धारणा राखिसके पछि काग्रेसले संदन अवरुछ गरेको हो । दल नेता बोलि सकेपछि काग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरु बसिरहेको स्थानबाट उठेर विरोध जनाएका हुन ।


संसदमा सम्वोधन गर्दे नेपाली काँग्रेस संसदीय दलका नेता तथा विपक्षी दलका नेता  डिल्लीबहादुर चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा राखेको भनेर चालु वर्ष भन्दा ५७ करोड रुपैया बजेट घटाएको,किसानमैत्री बजेट नल्याएको बताए । उनले यो सरकार किसानको विरोधी भएको टिप्पनी गरे । `यस्तो कार्यले संसघयताको पुष्टी कसरी हुन्छ ? उनले आम जनतालाई मल विउ पु¥यान नसक्ने तर औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथामिकता हो ?´उनले प्रश्न गरे । पर्यटन क्षेत्रलाई समेत धरापमा पारेको बताए । उनले स्थानीय जनजातीहरुले आयआर्जनका लागि मदिराको नीति विगतको सरकारले लिएका थियो त्यो अहिले काटेर अर्काे क्षेत्रमा राखियो । के यो सरकार जनजाती विरोधी सरकार हो । यो सरकार गरिखाने वर्गहरुको लागि बनेको सरकार हैन ? यो त महिला, गरिखाने वर्ग, युवाहरुको विरोधी सरकार बनेका छ । नाराले मात्रै हैन, पैसा र काम गरौ अनि मात्रै नारा सफल उनले हुने बताए ।

सरोकार पोष्ट

उनले विपन्नवर्गसंग जोडिएका कार्यक्रमहरु कटौटी गरेको र नयाँ नल्याएको बताएका थिए । उनले युवा, महिला, जेष्ठनागरिक, मधेशी मुस्लिम, किसान, विपन्न वर्ग, मुक्तकमैया, जनजाती, वादी, गन्दर्भ,चमार, लोपोन्मुख, मुसहर, पौडे, नटुवा माझी, कुसुन्ड, कोरी समुदायलाई बजेटले नछोएको बताए । यस्तो अवस्था कस्का लागि बजेट ल्याएको ? प्रश्न गरे । `चालु आवमा धेरै योजना बन्द गरिएको छ, आयका कार्यक्रम सञ्चालन गर्न किन नदिएको हो ।´ उनले भने ।
संघीता विरोधी बजेट, सहयोग गर्ने बजेट आएको छ । यो बजेटले संघीयता विरोधी बजेट भएको हुदा काग्रेसले यसको विरोध गरेको बताए । घाटाको बजेट ल्याउने र पुरा नहुने राजश्व संकलनको लक्ष्य देखाएर आम नागकिलाई भ्रममा पारिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...