प्यूठान । नमस्ते प्यूठान यातायात सेवा प्रा.लिले शुक्रबारदेखि खलङ्गा काठमाण्डौ एसी डिलक्स बस सेवाको शुरुवात गर्ने भएको छ । उक्त प्रा.लिले प्यूठान सदरमुकाम खलंगा र टिकुरी बसपार्क हुँदै सेवा दिन ५ वटा सिल्पर वाला एसि डिलक्स बस ल्याएको जनाएको छ । विहिवार पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा शुक्रबारदेखि प्यूठान न पा ७ टिकुरी बसपार्कबाट सेवा संचालन हुने प्रालिका महासचिव मुकेश थापाले जानकारी गराए । उनले भने, `पहिलो चरणमा तीन वटा एयर सस्पेन्सन बस मार्फत यात्रुहरुलाई सेवा दिन लागिएको छ । दुई वटा बस तयार हुँदैछन् । भदौ सम्ममा आउछन् ।´ पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले यातायात क्षेत्रमा शिष्ट व्यवहार, खाजा खाना राम्रो ठाउँमा…
रोल्पा र प्यूठानमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि ७ जनाको ज्यान गएको छ । रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनालाई उपचारका लागि लैजादै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएकोछ । रोल्पा दुर्घटनामा अन्य ६ यात्रु गम्भीर घाइते भएका छन् । रोल्पा जिप दुर्घटनाका मृतकको सनाखत भइसकेको छैन । रोल्पा माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय…
भिमकला कुवर प्यूठान । नेपाल पत्रकार महासंघ नेतृत्वले सदस्यता बितरण बिधान बिपरित गरि गैर पत्रकारलाई सदस्याता दिएको भन्दै नेपाल प्रेस युनियनले चरणबद्ध आन्दोलन गरिरहेकोछ । महासंघको केन्द्रीय कार्यालय देखि प्रदेश, जिल्ला र एशोसियट्स शाखाहरुमा समेत तालाबन्दी गरि आज महासंघ केन्द्रीय मुख्यालय देखि देश भर धर्ना दिएकोछ । प्यूठान शाखामा पनि आज युनियनले धर्ना दिएकोछ । पत्रकार महासंघको गरिमा कायम नभएको, सदस्यता बितरण गर्दा बिधान बिपरित मनोमानी रुपले गरेको, शुद्धीकरण गर्दा पक्षपात गरिएको भन्दै युनियनले सच्चाउन माग गर्दै आन्दोल गर्दै आएकोछ । जस्ले गर्दा केन्द्रीय निर्बाचन समितिले निर्बाचन प्रकृया अगाडि बढाउन सकेकोछैन ।
प्यूठान । नेपाल पत्रकार महासंघको निर्बाचन संघारमा प्रकाशित मतदाता नामावली उपर असहमती जनाउँदै नेपाल प्रेस युनियन देशभर आन्दोलित भएकोछ । युनियनले गयराती नै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेकोछ भने जिल्ला शाखा प्यूठानमा पनि प्रेस युनियन प्यूठानले तालाबन्दी गरेकोछ । यसै बिच प्रगतिशिल पत्रकार संगठन नेपाल प्यूठानले पनि महासंघको कार्यालयमा तालाबन्दी गरेकोछ । पत्रकार महासंघको निर्बाचन जबरजस्ती अगाडि बढाउन खोज्ने र आस्था र बिचारको आधारमा सदस्य हटाउन र राख्ने प्रबृत्ति महासंघ केन्द्रीय समितिले गरेको भन्दै महासंघको केन्द्रीय कार्यालय देखि प्रदेश र जिल्ला शाखाहरुमा तालाबन्दी गरिएको प्रेस युनियन र प्रगतिशील पत्रकार संगठनले बताए । दुबै संगठनले बिज्ञप्ती जारी गर्दै सदस्यता बिबाध समाधान…
प्यूठानमा SEE परिक्षामा ४ सय ४६ जना उत्रिण भएकाछन् ।गत चैत ७ गते देखि सुरु भएको माध्यमिक शिक्षा SEE को परिक्षामा सामेल भएका ३ हजार ७ सय ३५ बिद्यार्थीहरु मध्य १२ प्रतिशत मात्रै उत्रिण भएकाे जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालयले जनाएको छ । उत्रिण हुने मध्य ३० जनाले मात्र A+ ग्रेड प्राप्त गरेकाछन् । कुन पालिकामा कति उत्रिण भए ? मल्लरानी गाउँपालिका संस्थागत ८ र सामुदायिक तर्फ ३२ गरि ४० जना उतृण भएकाछन् । संस्थागत तर्फ १७ र सामुदायिक तर्फ २८८ गरि ३०५ ले परीक्षा दिएकाथिए । झिमरुक गाउँपालिका सामुदायिक बिद्यालय तर्फ ४३९ परिक्षामा सामेल भगका मध्य ७३…
जोगिन्द्र मल्ल प्यूठान, गौमुखी । बिपद्का कारण हुन सक्ने घटनाहरुमा जनतालाई तत्काल उद्दार तथा राहत सेवा प्रवाह गर्ने उद्देश्यले गौमुखी गाउँपालिकामा हेली प्याड निर्माण गरिएकोछ । बर्षायाममा बाढि पहिरो र आगलागिबाट बढि जोखिममा रहेको गौमुखी गाउँपालिकामा नेपाली सेना बर्द बहादुर गड खलंगा प्यूठानको प्राबिधिक सहयोगमा गौमुखी गाउँपालिकाले आ व २०८०/०८१ को बार्षिक कार्यक्रमबाट उक्त हेलिप्याडको निर्माण गरिएको हो । गौमुखीको सालिबिसौनामा हेलिप्याड निर्माण गरि बिहिबार पालिकालाई हस्तान्तरण भएको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरीले बताउनुभयो । उहाँले भन्नू भयो, `अब बिपद् बाट हुने घटनामा तत्काल राहत तथा उद्दार गर्न सहज हुने छ। ´ नयाँ निर्मित हेलिप्याडको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार…
प्यूठान । असार १० मा बजेट ल्याउने संबैधानिक ब्यवस्था अनुसार प्यूठानका स्थानीय तहले पनि आगामी आर्थिक बर्षका लागी बजेट ल्याएका छन् । प्यूठानका ९ वटा स्थानीय तह मध्य झिमरुक गाउँपालिका बाहेक अन्य ८ स्थानीय तहको आगामी आर्थिक बर्ष २०८१र ०८२ को बजेट करिब ५ अर्ब ७ करोड हाराहरी छ । झिमरुक गाउँपालिकाले शोमबार बजेट प्रस्तुत गर्न सकेन । झिमरुकमा जनप्रतिनिधि बिचको बिबाधका कारण बजेट प्रस्तुत हुन नसकेको हो । तर झिमरुकले पनि करिब ६२ प्रतिशत बजेट पुँजिगत सहित करिब ६१ करोड बढि बजेट प्रस्तुत गर्दैछ । प्यूठानमा कुन स्थानिय तहको बजेट कति ? १. गौमुखी गाउँपालिका गौमुखी गाउँपालिकाले आगामी आर्थिक बर्ष…
प्यूठान । मल्लरानी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी गुणस्तरिय शिक्षामा जोड, गुणस्तरिय स्वास्थ्य सेवा लगाएतका बिषयलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले ४१ करोड १९ लाख ९८ हजार ६ सय ९ रुपैया बराबरको बजेट सार्वजनिक गरेकाछन् । जस मध्ये, संघिय समानिकरण अनुदान तर्फ ८ करोड ३१ लाख, संघिय सर्शत अनुदान तर्फ १७ करोड १० लाख ५४ हजार, संघबाट राजस्व बाँडफाँडबाट ७ करोड ७६ लाख ४८ हजार ८ सय २७ रुपैँया, मुल्य अभिवृद्धि कर बापत) र समपुरक तर्फगरी २ करोड ८५ लाख रुपैया प्राप्तहुने अनुमान सहितको बजेट प्रस्तुत गरिएको हो । प्रदेश सशर्त अनुदान तर्फ ७४…
ऐरावतीको बजेट ५३ करोड ५ लाख १८ हजारप्यूठान । ऐरावती गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५३ करोड ५ लाख १८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ ।गाउँपालिकाको पन्ध्रौँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकाहुन् । पुजिगत तर्फ १५ करोड ८० लाख ५० हजार र चालु तर्फ ३७ करोड २४ लाख ६८ हजार बजेट किनियोजन भएकोछ ।ऐरावतीमा उत्कृष्ट कृषक, कर्मचारी, शिक्षक, विद्यार्थीलाई सम्मान गरियोगाउँसभामा कृषिमा उत्कृष्ट कार्य गरेवापत वडा नम्बर १ का कृषक छव बहादुर गुरुङ्गलाई सम्मान गरिएको छ । गाउँपालिकाका विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुबाट उत्कृष्ट कर्मचारीहरु छनोट गरी सम्मान गरिएको छ ।सिनियर अ.हे.व दिपक…
प्यूठान । प्यूठान नगरपालिकाले आगामी आर्थिक बर्षका लागि करिब ८२ करोड लाख हजारको बजेट सार्बजनिक गरेको छ । प्यूठान नगरपालिकाले विकास पुर्बाधार तर्फ करिब ३० करोड बजेट सहित ८२ करोड बडिको बजेट प्रस्तुत गरेको हो । प्यूठान नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि विशेष गरि बिपन्न नगरिकको चुलोमा नगरपालिका कार्यक्रम, बिपन्न रोजगार कार्यक्रमलाई नयाँ कार्यक्रमको रुपमा बजेट प्रस्ताव गरेको नगर प्रबक्ता शुमनराज श्रेष्ठले बताए । प्यूठान नगरपालिकाले सडक पुर्बाधार २ करोड, कृषि तर्फ १ करोड, पशु पंन्छी ५० लाख, खानेपानी, सिंचाई र नदी नियन्त्रण १ करोड, प्रशासनिक खर्च १० करोड, विपन्न परिवार परिवारको चुलोमा नगरपालिका कार्यक्रमका लागि ३५ लाख,…