प्युठान, १ जेठ
प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मिति २०८३ जेठ १ गते दिउँसो करिब १ बजे लु.प्र.०२–००१ ज ०१०४ नम्बरको मारुति भ्यान सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा भ्यान चालक प्युठान नगरपालिका–४ निवासी अन्दाजी २४ वर्षीय दिलिप परियार र सवार मल्लरानी गाउँपालिका–५ धुदी निवासी अन्दाजी २६ वर्षीय अभिषेक कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



