प्यूठान । प्यूठानको झिमरुक गाउँपालिकाले निती तथा कार्यक्रम प्रस्तुत गरेपनि जनप्रतिनिधि बिचको बिबाधका कारण आज बजेट ल्याउन सकेन ।

जनप्रतिनिधिका बिचमा सहमती हुन नसक्दा बजेट ल्याउने कार्यक्रम रोकिएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए । आगामी २८ गते दिउसो १ बजेसम्मका लागी सबै कार्यक्रम स्थगित गरिएको उनले बताए ।
कतिपय योजनाको बिषयमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधि असन्तुष्ट भएकाले बजेट ल्याउने कार्यक्रम प्रभावित भएको उपाध्यक्ष पोख्रेलले जानकारी दिए । तर एमाले र जनमोर्चाका जनप्रतिनिधीहरुले भने अध्यक्ष, उपाध्यक्ष, सहितको टोलिले आफुखुसी ३ करोड ३१ लाख रुपैया बराबरका योजना प्रकृया बाहिर गएर निती तथा कार्यक्रममा समाबेश गरेका कारण बिरोध जनाएको बताएका छन् । नेकपा एमाले झिमरुक गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष धन बहादुर बुढाले बिधि र प्रकृयाबाट बजेट आउनुपर्नेमा त्यस अनुसारको कार्यक्रम नआएकाले बिरोध जनाएकाे बताए । उनले भने, ‘अध्यक्ष उपाध्यक्षले सुटुक्क योजना थप्नुभयो ।’ बजेट छैन् भनेर वडालाई ३५ लाख रुपैयाका दरले सिलिंग दिएर योजना माग गरियो, पछि अध्यक्ष, उपाध्यक्षले कसरी योजना थप भयो । त्यसैले बिरोध जनाएका हौँ।´´



