सरोकार पोस्ट

लुम्बिनी प्रदेश

प्यूठान नगरमा `बह्मा र बिष्णु´ले पुर्वाग्रह राखेको नगर कर्मचारीको आरोप

प्यूठान नगरमा `बह्मा र बिष्णु´ले पुर्वाग्रह राखेको नगर कर्मचारीको आरोप

प्यूठान । स्थानिय तह न्याय सम्पादन समितको संयोजक उपप्रमुख /उपाध्यक्ष हुन्छ । तर न्यायोजित निर्णय लिन नसक्दा वा न्याय समितिका जिम्मेवार जनप्रतिनिधिनै पुर्वाग्रह भएको भन्दै जनताले वास्तविक न्यायको अनुभूति पाउन नसकेको सामाजिक सञ्जाल मार्फत व्यक्त हुन थालेकोछ ।  जनताकै घरदैलोको सिंह दरबार भनेर स्थापना भएका स्थानिय तहहरु मध्य प्यूठान जिल्लाको प्रमुख केन्द्रबिन्दुमा रहेको स्थानिय तह प्यूठान नगरपालिका हो । स्थानिय तहको पहिलो निर्बाचनबाट निर्बाचित मेयर अर्जुन कुमार कक्षपति र उपमेयर शान्ता आचार्य नेतृत्वले प्यूठान नगर भित्रको शौन्दर्यलाई खलल पार्ने बजार क्षेत्रका छाप्रे पसल र ढेब्री पसल हटाउने निर्णय गरेको थियो । एमाले-माओबादी गठबन्धनबाट निर्बाचित भएकाे त्यो नेतृत्वले बेलुवा बगर देखि…
Read More
समानुपातिक विज्ञापन नीति अवलम्वन गर्न लुम्बिनी प्रदेश सरकारलाई कार्यदलको सुझाव 

समानुपातिक विज्ञापन नीति अवलम्वन गर्न लुम्बिनी प्रदेश सरकारलाई कार्यदलको सुझाव 

देउखुरी । लुम्बिनी प्रदेश सरकारले लोककल्याणकारी विज्ञापनलाई समानुपातिक ढंगले वितरणको व्यवस्था मिलाउन सुझाव दिदै कार्यदलले प्रदेश सरकारलाई प्रतिबेदन बुझाएको छ । सञ्चार क्षेत्रका समस्या अध्ययन गर्न गठित कार्यदलले जनता, राष्ट्र, राष्ट्रियताका पक्षमा संवेदनशील सञ्चार माध्यमलाई जगाउनु प्रदेश सरकारको कर्तव्य रहेको भन्दै तयार पारेको प्रतिवेदन सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुझाइएको हो । प्रदेश सरकारले छापा माध्यममा रोजगारी संख्या, राज्यलाई बुझाउने राजश्व, न्यूनतम पारिश्रमिक कार्यान्वयन, प्रदेश भित्रको वितरण क्षेत्र आदि लगायतका आधारमा विशेष सहुलियत, सुविधा र आर्थिक अनुदानको व्यवस्था गर्नुपर्ने पनि प्रतिवेदनमा सुझाव दिइएको छ । त्यस्तै प्रदेश सरकारबाट वितरण हुने लोककल्याणकारी विज्ञापनको रकम समयानुकूल नभएको तथा लोककल्याणकारी विज्ञापनको न्यायोचित…
Read More
प्यूठानमा एक आमाले जन्माईन तीन  शिशु 

प्यूठानमा एक आमाले जन्माईन तीन शिशु 

प्यूठान । प्यूठान अस्पतालमा एक महिलाले तीन छोरीको जन्म दिएकी छन् । अस्पताल प्रमुख डा. राजेन्द्र पौडेलका अनुसार गौमुखी गाउँपालिका ६ लिबाङ निवासी श्याम बहादुर परियारकी २६ बर्षिय श्रीमती सरीता परियारको कोखबाट तीम्ल्याहा छोरीको जन्म भएको हो । उहाँका अनुससार ३ वटै बच्चा र आमा सकुशल र  स्वस्थ रहेका छन। बिना अप्रेसन गौमुखी गा पा ६ स्थित लिबाङ स्वास्थ्य चौकिले जिल्ला अस्पताल रिफर गरी पठाएको थियो । तिन छोरी मध्य एक शिशु १.८ केजी, अर्को २ केजी र एउटा २.१ के जी तौल रहेको अस्पताले जनाएकोछ । तीन शिशु जन्माउन सरितालाई १३ मिनेट लागेको डा. पौडेलले बताउनुभयो ।
Read More
लगानी खोजेर शहर बनाउने योजनाबारे लुम्बिनी प्रदेशमा सरोकारवाला सँग छलफल

लगानी खोजेर शहर बनाउने योजनाबारे लुम्बिनी प्रदेशमा सरोकारवाला सँग छलफल

देउखुरी, ७ असोज । लुम्बिनी प्रदेश सरकारले राजधानी शहर निर्माण बारे हाल सम्म भएका प्रगती र भावि योजनाको बारेमा सरोकारवाला पक्ष संग सोमवार छलफल गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश सरकारका मन्त्रि, संसदीय दलका प्रतिनिधि, प्रदेश सभा सदस्यहरुको बिशेष उपस्थितीमा राजधानी शहर निर्माण बारे हाल सम्म भएका प्रगती र भावी योजनाको बारेमा छलफल चलाउनु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा छलफल आयोजना गरिएको थियो । राजधानी क्षेत्रका स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी लगायत सरोकारवाला पक्षहरु संग राजधानी शहर निर्माण बारे छलफल र सुझाव संकलन गरिएको छ । जग्गा…
Read More
आज विश्व अल्जाइमर्स दिवस, प्यूठानमा बृद्धहरुलाई परामर्श

आज विश्व अल्जाइमर्स दिवस, प्यूठानमा बृद्धहरुलाई परामर्श

  प्यूठान । आज विश्व अल्जाइमर्स दिवस, प्यूठानमा पनि मनाईएकोछ । बयोबृद्ध एवम् अनाथ संरक्षण मञ्च तथा जेष्ठ नागरिक संघ प्यूठानको आयोजनामा बृद्धबृद्धाहरुलाई अल्जाइमर्स रोग कसरी लाग्छ ? कसरी वचन सकिन्छ? भन्ने विषयमा प्यूठान अस्लपतालका डा. आभाष योगीले परामर्श गरि दिवस मनाईएको हो । परामर्श कार्यक्रम बयोबृद्ध एवं अनाथ संरक्षण मञ्चको सभाहल बिजुवारमा भएको हो । साथै कार्यक्रममा प्यूठान अस्पताल प्रमुख डा राजेन्द्र पौडेलले बृद्धहरुलाई हाडजोर्नी तथा नसा रोगको बिषयमा परामर्श गरेका थिए । अत्यधिक मादक पदार्थको सेवन, धुम्रपान, लागू ओैषध सेवन, डिप्रेसन, शारीरिक व्यायमको अभाव जस्ता कारणले अल्जाइमर्स  रोग लाग्ने अत्यधिक सम्भावना हुने डाक्टरहरुले बताएकाछन् । विश्वभर यो रोगबाट…
Read More
प्यूठानको मुहार बदलेरै छाड्छु : मन्त्री राणा

प्यूठानको मुहार बदलेरै छाड्छु : मन्त्री राणा

  लुम्बिनी प्रदेश । प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा( रोज राणा)ले आफ्नो यही कार्यकालमै  प्यूठानको मुहार बदल्ने बताउनुभएकोछ । सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट नेतृत्व गर्दै लुम्बिनी प्रदेश सरकारमा सहभागी हुनुभएका मन्त्री थापाले अहिले बजेट निर्माण पछि आफू मन्त्री भएकोेले धेरै सम्बोधन गर्न नसकेपनि आगामी कार्यकाल प्यूठानका लागि सुखद हुने घोषणा गर्नुभयो । उहाले भन्नुभयो,`म साने छदा मच्छी ठुलावेसी जाने सडकको अवस्था अहिलेपनि उस्तै रहेकोले बाग्दुला-मच्छी-ठुलावेसी सडक र बागुदुला-बाहाने सडक कालोपत्रे गरेर‌ै छाड्ने हो । बाहाने स्याउलिवाङ सडक बिस्तार अहिले चलिरहेकोछ ।´ मन्त्री थापाले जिल्लाको बिकासका लागि सबै पक्षलाई वास्तविक समस्याको पहिचान गरि बेलैमा योजना पेश गर्न…
Read More
बृद्धहरुलाई अल्जाईमर रोगबारे सचेतना गरिने

बृद्धहरुलाई अल्जाईमर रोगबारे सचेतना गरिने

प्यूठान । बयोबृद्ध एव् अनाथ संरक्षणमञ्च र  जेष्ठ नागरिक जिल्ला संघले अल्जाईमर रोगबारे सचेतना गर्ने भएकाछन् । विश्व अल्जाईमर दिवस सेप्टेम्बर २१ अर्थात असौज ५ गते बयोबृद्ध एवं अजाथ संरक्षण मञ्चको कार्यालय बिजुवारमा विशेषज्ञ डाक्टरहरुबाट अल्वाईमर रोगका बिषमा सचेतना गरिने मञ्चका अध्यक्ष शालिग्राम पण्डितले बताए । अल्जाईमर रोगका कारण बृद्धहरुले शास्ती वेहोर्न परेको भन्दै उक्त रोगबाट बच्न, न्युनिकरण गर्न कसरी सकिन्छ भन्ने बिषयमा बिहेषज्ञ डाक्टरहरुबाट परामर्ष गरिने उनको भनाई छ । असौज ५ गते बिजुवार स्थित मञ्चको कार्यालयमा बृद्धहरुलाई आवहान गरिएकोछ । बयोबृद्ध एव् अनाथ संरक्षण मञ्च र जेष्ठ नागरिक जिल्ला संघको सूचना बयोबृद्ध एव् अनाथ संरक्षणमञ्च र जेष्ठ नागरिक…
Read More
प्यूठानमा १२ बर्ष माथिकालाई फाईजर बायोएनटेक खोप लगाईदै

प्यूठानमा १२ बर्ष माथिकालाई फाईजर बायोएनटेक खोप लगाईदै

प्यूठान । कोभिड १९ न्युनिकरणका लागि जिल्लामा बुष्टर डोज अन्तरगत फाईजर बायोएनटेक खोप लाईदै छ । १२ बर्ष भन्दा माथिका उमेर समुहलाई यो खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जानकारी गराएकोछ । तर यो खोप  १२ बर्ष भन्दा कम उमेरका बालबालिका, गर्भवती महिला, पहिलो मात्रा खोप लागउँदा असर देखिएका र गम्भीर प्रकारका एलर्जी देखिएका ब्यक्तिहरुले लगाउन नमिल्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मधुसुदन खड्काले बताए । जिल्लाका सबै खोपकेन्द्रमा एक जना स्वास्थ्यकर्मी सहित स्वम्सेवक समेत परिचालन हुने उनले बताए । पछिल्लो समय कोभिड १९ भाईरसको स्वरुप परिबर्तन गर्दै आएको स्वास्थ्य कार्यालयले बताएकोछ । प्यूठानमा ४० हजार भाईल फाईजर बायोएनटेक खोप प्राप्त…
Read More
लोसपा र जसपा मिसाएर ठूलो पाटि बन्ने दाउमा एमाले कांग्रेस : बर्षमान

लोसपा र जसपा मिसाएर ठूलो पाटि बन्ने दाउमा एमाले कांग्रेस : बर्षमान

प्यूठान । नेकपा माओबादी केन्द्रका उपमहासचिब तथा पुर्ब अर्थमन्त्री बर्षमान पुनले एमाले र कांग्रेसले सानादलहरु जसपा र लोसपा मिलाएर आ आफै ठूलो दल बन्ने रणनीतसमा रहेको बताएकाछन् । माओबादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ ओैँ जल्ला सम्मेलनका लागि प्यूठान आएका नेता पुनले पत्रकार भेटघाटका क्रममा एमाले अध्यक्ष के पि ओलीले जनता समाजबादी पाटी र कांग्रेस सभापति देउवाले लोकतान्त्रिक समाजबादी पाटी मिलाएर ठूलो दल बन्ने रणनीति बनाएको बताए । एमाले अध्यक्ष ओली जसपालाई मिलाएर ठूलो दल बन्ने र चुनाव सम्मनै संबिधानको धारा ३ अनुसार सरकारको नेतृत्व गरिरहने रणनीतिमा रहेको उनको भनाईछ । तर कांग्रेसले पनि लोसपा मिसाएर फेरीठुलो दल बन्ने…
Read More
दुर्गम पातिहाल्नामा दालमोट उद्योग, भिडियो सहित

दुर्गम पातिहाल्नामा दालमोट उद्योग, भिडियो सहित

प्यूठान । प्यूठान नगरपालिका १० का वडा सदस्य तेज बहादुर खड्काले करिब १२ बर्ष देखि नगरपालिकाको दुर्गम क्षेत्र पातिहाल्नामा दालमोट उद्योग सञ्चालन गर्दै आएकाछन् । उनी भन्छन्,`नेपालमा नकारात्मक बिषयहरुको बढि प्रचार र चासो हुन्छ । तर उद्यम गरे जे पनि सम्भव छ । मेरा ८ जना परिवारलाई यहि उद्योगले स्वरोजगार बनाएकोछ ।´ अहिले पर्यटकिय क्षेत्र प्यूठान मल्लरानी घुम्न आउने पर्यटकहरुका कारण पनि उनको व्यवसायले थप सफलता पाउने भएपनि उद्योग सँग होटलको पनि उनले बिस्तार गरेकाछन् । उनको दालमोट उद्योगबाट उत्पादित दालमोटले प्यूठानका मुख्य बजारक्षेत्र सँगै अर्घाखाँचीका केही बजारमा समेत बजार पाएको उनले बताए । https://youtu.be/dMI1aVy0v5M?si=fR4HjbG8MrYfUrIg
Read More