प्यूठान । प्यूठान अस्पतालमा एक महिलाले तीन छोरीको जन्म दिएकी छन् ।
अस्पताल प्रमुख डा. राजेन्द्र पौडेलका अनुसार गौमुखी गाउँपालिका ६ लिबाङ निवासी श्याम बहादुर परियारकी २६ बर्षिय श्रीमती सरीता परियारको कोखबाट तीम्ल्याहा छोरीको जन्म भएको हो । उहाँका अनुससार ३ वटै बच्चा र आमा सकुशल र स्वस्थ रहेका छन। बिना अप्रेसन गौमुखी गा पा ६ स्थित लिबाङ स्वास्थ्य चौकिले जिल्ला अस्पताल रिफर गरी पठाएको थियो । तिन छोरी मध्य एक शिशु १.८ केजी, अर्को २ केजी र एउटा २.१ के जी तौल रहेको अस्पताले जनाएकोछ । तीन शिशु जन्माउन सरितालाई १३ मिनेट लागेको डा. पौडेलले बताउनुभयो ।




