लुम्बिनी प्रदेश । प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा( रोज राणा)ले आफ्नो यही कार्यकालमै प्यूठानको मुहार बदल्ने बताउनुभएकोछ ।
सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट नेतृत्व गर्दै लुम्बिनी प्रदेश सरकारमा सहभागी हुनुभएका मन्त्री थापाले अहिले बजेट निर्माण पछि आफू मन्त्री भएकोेले धेरै सम्बोधन गर्न नसकेपनि आगामी कार्यकाल प्यूठानका लागि सुखद हुने घोषणा गर्नुभयो । उहाले भन्नुभयो,`म साने छदा मच्छी ठुलावेसी जाने सडकको अवस्था अहिलेपनि उस्तै रहेकोले बाग्दुला-मच्छी-ठुलावेसी सडक र बागुदुला-बाहाने सडक कालोपत्रे गरेरै छाड्ने हो । बाहाने स्याउलिवाङ सडक बिस्तार अहिले चलिरहेकोछ ।´ मन्त्री थापाले जिल्लाको बिकासका लागि सबै पक्षलाई वास्तविक समस्याको पहिचान गरि बेलैमा योजना पेश गर्न अग्रह गर्नुभयो । 
मन्त्री थापाले कांग्रेस कार्यकर्तालाई नेताहरुको स्वार्थको पछिको गुटमा नलाग्न भन्दै पाटीको सिद्धान्तको पछिलाग्न आग्रह गर्नुभयो । `नेताहरु पदको भागबन्डाका लागि गुट बनाउँछौँ तर कार्यकर्ता त्यसको पछि लाग्न हुँदैन ।´ उहाको भनाईछ । मन्त्री थापालाई सम्मानका लागि नेपाली कांग्रेस प्यूठानले जुम्री बजारमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बिभिन्न पाटी परित्याग गरि करिब एक सय बढि कार्यकर्ता कांग्रेसमा प्रवेस गरेको नेपाली कांग्रेस प्यूठानले जनाएकोछ ।



