प्यूठान । स्थानिय तह न्याय सम्पादन समितको संयोजक उपप्रमुख /उपाध्यक्ष हुन्छ । तर न्यायोजित निर्णय लिन नसक्दा वा न्याय समितिका जिम्मेवार जनप्रतिनिधिनै पुर्वाग्रह भएको भन्दै जनताले वास्तविक न्यायको अनुभूति पाउन नसकेको सामाजिक सञ्जाल मार्फत व्यक्त हुन थालेकोछ ।
जनताकै घरदैलोको सिंह दरबार भनेर स्थापना भएका स्थानिय तहहरु मध्य प्यूठान जिल्लाको प्रमुख केन्द्रबिन्दुमा रहेको स्थानिय तह प्यूठान नगरपालिका हो । स्थानिय तहको पहिलो निर्बाचनबाट निर्बाचित मेयर अर्जुन कुमार कक्षपति र उपमेयर शान्ता आचार्य नेतृत्वले प्यूठान नगर भित्रको शौन्दर्यलाई खलल पार्ने बजार क्षेत्रका छाप्रे पसल र ढेब्री पसल हटाउने निर्णय गरेको थियो । एमाले-माओबादी गठबन्धनबाट निर्बाचित भएकाे त्यो नेतृत्वले बेलुवा बगर देखि बिजुवार हुँदै बाग्दुला सम्मका बजारमा सुचना टास्यो, एकदुईपटक छाप्रे र ढेब्री पसल हटाउने कोसिस पनि गर्यो । तर बजारमा छाप्रे र ढेब्रे पसल हटाउने क्रममा आफैलाई भोट दिएका मतदाताहरुको अनुहार र राजनीतिक दवाव थेग्न नसकेपछि निर्णयलाई थाति राखेर अभियानमा ब्रेक लगायो । त्यसबेला पनि बजारमा पहिलोपटक निर्बाचित त्यो नेतृत्वमाथि पुर्वाग्रहको आरोप लागेकै थियो ।
दोस्रो कार्यकालमा राजनीतिक कोर्षले फेरि माओबादी कांग्रेस गठबन्धनबाट `बह्मा र बिष्णु´लाई नगरप्रमुख र उपप्रमुखको जिम्मेवारी सुम्पियो । शिक्षा क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुलेका बिष्णु योगी(बिष्णु) मेयर बने र सञ्चार क्षेत्र र साजाजिक विकासको माध्यबाट जनताको मन मस्तिष्क छामेका देवेन्द्र बह्मा(बह्मा) उपमेयर बने । दोस्रो कार्यकाल उपप्रमुख बनेका बह्मा अघिल्लो कार्यकालमा मेयर पदमा चुनाव लडेर पराजित भएका थिए । समिकरण अनुसार कांग्रेसलाई उपमेयर परेपछि पहिल्लै मेयर लडेका उनी फेरी उपमेयरमा पनि लडे र जित हाँसिल गरे ।
`बह्मा र बिष्णु´ले पनि अघिल्लो नेतृत्वले जस्तै शैलीमा सडकको क्षेत्राधिकार ओगटेका छाप्रे र ढेब्री पसल हटाउने भन्दै हिडे । बाग्दुला बजारमा रहेका सात वटा ढेब्री हटाए । तर बाग्दुला बाहाने सडक निर्माणमा बाधक बनेका र बजारको शुन्दरतालाई प्रभाव पार्ने छाप्रा अझै पनि हटाउन सकेका छैनन् । सडकको नालि सम्म छेकेर छाप्रै पिच्छे तोरन जस्तो गरि सडकमा गाडी अल्झाउने पसलहरु नगर नेतृत्वले अझै नदेखेको स्थानियको भनाईछ । सडक बिस्तारमा समस्या भएको भन्दै छाप्रे पसल हटाउन वडालाई सूचना निकाल्न लगाएर नगर मुख्यालय पन्छिन खोजे जस्तो गरेको बजारवासीले गुनासो गर्दै आएकाछन् । सडकको नाली भन्दा बाहिर पैदल यात्रु हिड्ने एक मिटर फुटपाथ पनि छैन । सडकको नाली माथि पनि फलामे रेलिङ्ग लागएर छाप्रे पसल चलिरहेकाछन् । तर नगर नेतृत्वले चोकमा रहेमा दुईचार ढेब्री पसल हटाएर `छोरी कुटेर बुहारी तर्साए´ जस्तो गरेकोछ । प्यूठान नगरपालिकाको क्वाडी बेलुवा देखि दम्ती र बाग्दुला मरन्ठाना सम्म मुख्य सडक भएपनि सडकको सौन्दर्यता र सडक बिस्तार गर्न कुनै योजना छैन । सडक डिभिजन कार्यालयको मुख ताकेर बसेको नगरले आफूले सहजिकरण गर्ने तागत समेत देखाएकोछैन । संघ र प्रदेश अन्तरगतका सडकहरु मध्य कतिपय टाउँमा लगतकट्टा भएको भएपनि मापदण्ड बमोजिम लगतकट्टा गर्ने र सडक बिस्तार गर्ने बिषयमा नगर नेतृत्वले कुनै कदम चालेको छैन । मेयर धेरै नबोल्ने तर धेरै बोलेर जस लिन खोज्ने प्रबृत्ति भएकाे उपमेयरले कहिलेकाही अपजस पनि खाएकाछन् । अघिल्लै नेतृत्वले खिरिद गरेका बिद्युतिय चुलो बितरण प्रकृया, घरजग्गा करको बिषय जस्ता बिषयहरुमा नगरप्रमुख बोलेनन् तर उपप्रमुख अग्रपंक्तिमा बोल्दा अपजस पनि उनैले बेहोरेका थिए । 
अहिले समाजिक सञ्जाल फेसबुकमा नगरपालिकाकै पुर्बाधार शाखामा काम गर्ने कर्मचारी बिकास के सीले सडक किस्तार अभियानमा ढेब्री पसल हटाउने कार्य पनि नगर उपप्रमुखको पुर्वाग्रहले भएको उल्लेख गरेकाछन् । आफ्नै पाटी भित्र पनि आफ्नै गुट र गुट निकट कार्यकर्ता प्रति मात्रै उत्तरदायि भएको आरोप लाग्दै आएका देबेन्द्र बह्मालाई उहाँकै कार्यालयका कर्मचारी बिकास केसीले पनि पटकपटक फेसबुक मार्फत खबरदारी सहित बुर्बाग्रहको आरोप लगाएका छन्। उपमेयर बह्मा र के सी एउटै वडा वासी पनि हुनुहुनछ। नगरको न्याय प्रमुख भएको हिसावले अन्याय किन गरेको ? अभियान किन रोकेको ? भन्ने शैलिमा केसीले उपमेयरलाई भनेकाछन् । तर उपमेयरले यश बिषयमा कुनै प्रतिकृया दिएकाछैनन् । समयमै न्योचित निर्णय नलिदा र लिएको निर्णय टुंगोमा नपुर्याउँदा यस्तो आलोचना हुनु स्वभाविक मानिन्छ ।

निर्बाचन ताका नगरमा घन्किएको एउटा चुनाबी गित थियो,`खोलीखेत जोगाउने तटबन्धले हो, संविधान जोगाउने गठबन्धनले हो …।´ तर `बह्मा र बिष्णु´ प्रतिको आशा र भरोसा नगरबासीले जुन हिसावले गरेर नगरमा निर्बाचित गरे त्यस अनुरुपको उपलब्धि नभएको नगरबनसीले गुनासो गर्न थालेकाछन् । गितले भनेजस्तो खोलीखेतमा तटबन्ध नहुँदा खेतीपाती खोलाले खाएको, पाखोबारीमा बँदेल, बाँदर जस्ता जंगली जन्तुले खाएको छ भने संविधान जोगाउने र नजगाउने भन्ने बिषय सत्ता स्वार्थको लागि अनुकुल र प्रतिकुलका व्याख्या मात्रै हो ।
तर नगर उपप्रमुख बह्मा प्रति सामाजिक सञ्जालमा उल्लेखित बिषयनै पुर्वाग्रही ढंगले आएको नगर प्रमुख बिष्णु योगीले बताएका छन् । उनले भने ,` उपमेयरको केही पुर्वनग्रह छैन । सडक पुर्वधारले सडक बिस्तारमा अवरोध चयको भनेपछी हामीले हटाएकाहौँ । काम त गर्न पर्यो नि ।´उनले सडक मापदण्ड कायम गर्न अध्ययनको काम भईरहेको पनि बताए । उप प्रमुख बर्माले आफूले कुनै काम पुर्वाग्रहले नगरेको बताउँदै नगरप्रमुख योगीलाई सोधेर स्पष्ट हुन आग्रह गरे ।
बाग्दुला दम्ती सडक बिस्तारमा चोकमा रहेको ढेब्रीले अवरोध गरेकोले हटाईएको उनले बताए । तर उक्त सडक कालोपत्रे गर्ने कार्य दुई पटक म्याद थपेर पनि अझै सम्पन्न भएकोछैन ।




