प्यूठान । बयोबृद्ध एव् अनाथ संरक्षणमञ्च र जेष्ठ नागरिक जिल्ला संघले अल्जाईमर रोगबारे सचेतना गर्ने भएकाछन् ।
विश्व अल्जाईमर दिवस सेप्टेम्बर २१ अर्थात असौज ५ गते बयोबृद्ध एवं अजाथ संरक्षण मञ्चको कार्यालय बिजुवारमा विशेषज्ञ डाक्टरहरुबाट अल्वाईमर रोगका बिषमा सचेतना गरिने मञ्चका अध्यक्ष शालिग्राम पण्डितले बताए । अल्जाईमर रोगका कारण बृद्धहरुले शास्ती वेहोर्न परेको भन्दै उक्त रोगबाट बच्न, न्युनिकरण गर्न कसरी सकिन्छ भन्ने बिषयमा बिहेषज्ञ डाक्टरहरुबाट परामर्ष गरिने उनको भनाई छ । असौज ५ गते बिजुवार स्थित मञ्चको कार्यालयमा बृद्धहरुलाई आवहान गरिएकोछ ।
बयोबृद्ध एव् अनाथ संरक्षण मञ्च र जेष्ठ नागरिक जिल्ला संघको सूचना
बयोबृद्ध एव् अनाथ संरक्षणमञ्च र जेष्ठ नागरिक जिल्ला संघको आयोजनामा विश्व अल्जाईमर रोग दिवस (सेप्टेम्बर २१) को अवसरमा यही असौज ५ गतेका दिन विशेषज्ञ डाक्टरद्धारा जिल्लाका जेष्ठ नागरिकहरुलाई अल्जाईमर रोग र उक्त रोगका असर र बच्ने उपाएहरुका बारेमा जानकारी गराउने कार्यक्रम रहेको हुँदा तपशिलको मिति, स्थान र समयमा सम्पुर्ण जेष्ठनागरिक, अनाथ तथा असाह्य जेष्ठनागरिकहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
तपशिल :
मिति : २०८१ असौज ५ गते(सेप्टेम्बर २१)
स्थान : बयोबृद्ध एवं अनाथ संरक्षण मञ्चको सभाहल, बिजुवार, प्यूठान
समय : बिहान ठिक ११ बजे
अयोजक :
बयोबृद्ध एव् अनाथ संरक्षण मञ्च र जेष्ठ नागरिक जिल्ला संघ, प्यूठान




