प्यूठान । जिल्लाको नौबहिनी गाउँपालिकामा पिकअप जिप दुर्घटनामा परेकोछ । पालिकाको मुख्य केन्द्र बाहाने बजारदेखी वडा नं. ५ गावै तर्फ जाँदै गरेको लु १ च ७५८४ नम्बरको बोलेरो पिक अप जिप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बाहाने जनाएकोछ । दुर्घटनामा मानविय क्षेति केही भएको छैन । दुर्घटनाको कारणबारे अनुशन्धान भैरहेको प्रहरीले जनाएकोछ ।
जोगिन्द्र मल्ल प्यूठान । पहिरोका कारण हप्तादिन देखि अवरुद्ध भएको आएको मच्छी-ठुलाबेसी सडकमा मर्मत गरेपछि सञ्चालनमा आएको छ । मच्छी-ठुलाबेसी सडकखण्ड अन्तर्गत गौमुखी र झिमरुक गाउँपालिकाको सिमानामा पर्ने हरियाखोलामा खसेको ठूलो पहिरोमा ग्याबिन जाली लगाई सडक मर्मत गरेसँगै अवरुद्ध सडक आइतबार बेलुकादेखि खुलेको गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरीले बताउनुभयो । अध्यक्ष गिरीका अनुसार सडक सहित झरेको पहिरोमा जाली लगाएपछि उक्त सडकमा साना सवारी साधन सञ्चालनमा आएको हो । तर ठुला यातायातका साधन भने आईतबार बेलुकाबाट सञ्चालनमा आएको बताउनुभयो । उहाले भन्नुभयो,` जाली लगाउने काम सकिएर मर्मत समेत भएकोले अवरुद्ध सडक खुलेको छ ।´ करिब २५ मिटर सडक खसेपछि एकहप्तादेखी उक्त सडकमा…
प्यूठान । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) को २५ औं स्थापना दिवस तथा रजत वर्षको अवसरमा आज देशभर विविध कार्यक्रम गरि मनाईदै छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा प्यूठानले बिहान रक्तदान कार्यक्रम गरिएको छ । ३ जना पत्रकारले रक्तदान गरेको जिल्ला अध्यक्ष सुजल श्रेष्ठले जानकारी दिनुभयो । दिवसको अवसरमा नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सन्जय रिजालले शुभकामना दिदै फोनिजले आदिवासी जनजातिको मुद्दालाई उठाउन प्रभावकारी भूमिका खेलेको बताउनुभयो । उहाँले जिल्ला शाखालाई सक्रिय रुपमा अघि बढ्न शुभकामना दिनुभयो । कार्यक्रमको सन्चालन सचिब तेजेन्द्र बि.एम.ले गर्नुभएको थियो ।
देउखुरी । लुम्बिनी प्रदेशको मुख्य मन्त्रीमा ने क पा एमाले लुम्बिनी प्रदेश संसदिय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएकाछन् । प्रदेश प्रमुख अमिक सेरचनले संबिधानको धारा ७६ को उपधारा २ बमोजिम उनलाई शोमबार नियुक्त गरे । एमालेको २९ र नेपाली कांग्रेसको २७ सांसद सहित ५६ जनाको हस्ताक्षर गरि आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्न दावी पेश भएपछि नियुक्त गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएकोछ ।
प्यूठान । प्यूठान नगरपालिका ७ टिकुरी स्थित बसपार्कमा रहेका सटरको ताल्चा फोरेर नगद र सरसामान चोरी हुनेक्रम बढेकोछ । शोमबार राति उत्तम पण्डित र तेजप्रसाद मिश्रणको गरि दुईवटा सटरको ताल्चा फोरेर केही खुद्रा पैसा सहित सामान चोरी भयो । सम्भावित घटनालाई ध्यानमा राख्दै सुरक्षा सतर्कताका लागि प्यूठान नगरपालिकाले १ लाख ७० हजारको ५ वटा नाईट भिजन सिसि क्यामेरा जडान गर्यो । उक्त क्यामेराले चोर्ने मान्छे ओहोरदोहोर गरेको देखिन्छ । तर स्पष्ट पहिचान गर्न सक्दैन । क्यामेराले कैद गर्न उपयुक्त ठाउमा राख्नु पर्नेमा त्योपनि मिलाईएकोछैन । जस्ले गर्दा चोर्ने चोरलाई पहिचान गर्न पनि कठिन छ । बाग्दुलामा रहेको अस्थाई प्रहरी पोष्टलाई…
३१, असार, प्यूठान । सडक डिभिजन कार्यालयको प्राबिधिक कम्जोरीका कारण जिल्ला अदालत प्यूठान सहित सदरमुकाम खलंगाको केही बस्ती पहिरोको जोखिममा परेकोछ । जिल्ला अदालतको भवनको तल्लो साईटमा सडकले पक्की पर्खाल लगाउने क्रममा ब्याक्हुलोडरले जथाभावी खनेका कारण अदालत भवन र भवनको तल्लो क्षेत्रमा रहेकोको बस्ति समेत पहिरोको जोखिममा परेको अदालतका श्रेष्तेदार गणेशकुमार गौतमले बताए । पर्खाल लगाउने क्रममा ईन्जिनियरिङ कम्जोरी देखिएको छ । करिब ५ मिटर अग्लो पलम पर्खाल लगाएर त्यस माथि करिब २ सय घनमिटर ग्याविन वाल(जाली) पर्खाल लगाईएकोछ । मर्खालको लम्बाई करिब २५ मिटर छ । त्यसको माथि पुरानो रिटनिङ पर्खाल छ । अहिले अदालतको कम्पाउण्ड सहितको तल्लो भाग…
देउखुरी, दाङ । सञ्चित कोषमा रकम सकिएपछि लुम्बिनी प्रदेश सरकारले काम सकिएका ठुला योजनाको असार अन्तिममा आएर भुक्तानी रोकेको छ । असार २२ पछि भुक्तानी रोकिँदा योजना सकेर बिल पेश गरेका सयौं निर्माण व्यवसायी समस्यामा परेका छन् । चालु आर्थिक वर्षमा भुक्तानी गर्न नसकेपछि प्रदेश सरकारलाई आगामी वर्ष कम्तिमा दुई अर्ब भुक्तानी दायित्व थपिएको छ । संघीय सरकारले समानीकरण अनुदान नदिएको र प्रदेशको आन्तरिक राजस्व लक्ष्यअनुसार संकलन हुन नसकेपछि सरकारको सञ्चित कोष रित्तिएको हो । सोमबार सरकारको सञ्चित कोषमा ३० करोड रुपैयाँ मात्र बाँकी छ । लुम्बिनी सरकारले चालु आर्थिक वर्षमा लागि ४० अर्ब ४७ करोड रुपैयाँको बजेट…
प्यूठान । आर्थिक वर्ष ०८०/०८१ को चालु खर्च ९०.९१ प्रतिशत र पुँजिगत खर्च ९६.११ प्रतिशत खर्च गर्दै नौबहिनी गाउँपालिकाको चालु आर्थिक वर्षको कारोबार बन्द भएको छ । गाउँपालिकाले बार्षिक बित्तिय प्रगति सार्बजनिक गर्दै मंगलबार देखि कारोबार बन्द भएको जनाएको छ । नौबहिनीमा चालु तर्फ ३६ करोड ९४ लाख ४७ हजार ७७४ बिनियोजन गरेकोमा ३५ करोड ५८ लाख ५२ हजार १३ रुपियाँ निकासा भएको थियो । जसमध्ये ३२ करोड ३५ लाख ७ हजार ९५९ रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै पुँजिगत तर्फ १७ करोड ४२ लाख ४२ हजार बिनियोजित बजेट मध्ये १५ करोड ७१ लाख ५८ हजार २ सय…
प्यूठान । बाहिर बर्षे झरी झमझम परिरहेको थियो । प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा विकलाई शनिबार साँझ सुत्केरी व्यथा लाग्यो । केही दिन देखि उनको तल्लो पेट दुखिरहेपनि प्रशव बेथाले एक्कासी त्यसरी च्याप्ला भन्ने उनले सोचेकी थिइनन् । पालिकामा गर्भवती भएका महिलाहरुलाई स्वास्थ्यकर्मीहरु नियमित निगरानीमै राखेकाे थियो। जति साँझ पर्यो पेट पनि त्यतिनै दुख्न थालेपछि स्वास्थ्यकर्मीलाई उनले सम्पर्क गरिन् । तर स्वास्थ्य कर्मीले जिवालाई स्वास्थ्यचौकीमै आउन आग्रह गरे । बाहिर असारे झरी रोकिएको थिएन । रात परिसकेकाले गाडी पनि पाउने अवस्था थिएन । माइतमै रहकी जिवा ३ वर्षको छोरो र आमासहित करिब साढे दुई किलोमिटर टाढा मल्लरानी गाउँपालिका–३,…
देउखुरी । दाङ्ग जिल्लाको ठूलो पालिका राजपुर गाउँपालिकाले बालमैत्री स्थानीय शासनका थप सुचकहरु निर्माण गरेकोछ । गाउँपालिकाका ७ वटै वडाहरुमा रहेका बालबालिका सँग सरोकार राख्ने विभिन्न कार्यालय, संघ-संस्था, सरोकारवाला, जनप्रतिनिधि सँग आवस्यक छलफल गरि संस्थागत विकास र सेवा प्रवाह सँग सम्बन्धित बालमैत्री स्थानीय शासनका थप ३४ वटा सुचकहरु निर्माण गरि गाउँ कार्यपालिकाले सुझाव सहित पारित गर्ने निर्णय गरेको हो । शुक्रबार कार्यपालिका बैठकमा बालमैत्री स्थानिय शासन रणनीति तथा कार्यान्वयन निर्देशिकम २०६८ ले निर्धारण गरेका सुचक सँगै गाउँपालिकाको आवस्यकता अनुसार निर्माण गरिएका थप सुचक बारे छलफल भएको थियो । कार्यपालिकामा बालमैत्री सुचकहरुको बिषयमा बालअधिकारको क्षेत्रमा लामो समय काम गरि अनुभव गरेका…