प्यूठान । नेकपा माओबादी केन्द्रका उपमहासचिब तथा पुर्ब अर्थमन्त्री बर्षमान पुनले एमाले र कांग्रेसले सानादलहरु जसपा र लोसपा मिलाएर आ आफै ठूलो दल बन्ने रणनीतसमा रहेको बताएकाछन् ।
माओबादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ ओैँ जल्ला सम्मेलनका लागि प्यूठान आएका नेता पुनले पत्रकार भेटघाटका क्रममा एमाले अध्यक्ष के पि ओलीले जनता समाजबादी पाटी र कांग्रेस सभापति देउवाले लोकतान्त्रिक समाजबादी पाटी मिलाएर ठूलो दल बन्ने रणनीति बनाएको बताए ।
एमाले अध्यक्ष ओली जसपालाई मिलाएर ठूलो दल बन्ने र चुनाव सम्मनै संबिधानको धारा ३ अनुसार सरकारको नेतृत्व गरिरहने रणनीतिमा रहेको उनको भनाईछ । तर कांग्रेसले पनि लोसपा मिसाएर फेरीठुलो दल बन्ने रणनीतिमा छ । यसर्थ अहिलेको गठबन्धन देउवा प्रधानमन्त्री बन्ने पालो आउँदा रहने या नरहने भन्ने बिषय जटिल रहेको नेता पुनले बताए । उनले भने,`केपि ओलीले हिजो मध्यावधि निर्बाचनमा जानुको कारण सिद्ध गर्ने वाहाना खोजिरहेकाछन् । बिभिन्न बाहानामा फेरी मध्यावधि निर्बाचनमा जाने के पी ओलीको दाउछ । तर त्यो सम्भव भने छैन ।´´

नेता पुनले अर्को प्रशंगमा संघिय व्यवस्थामा प्रदेश संरचनालाई पुर्ण अधिकार प्रत्यायोजन नगरिएका कारण पदेशको बिषयमा प्रश्न उठेको बताए । उनले प्रदेशका सबै अधिकार संघले राख्न नहुने भन्दै अहिलेनै प्रदेश संशोधनको आवस्यकता नरहेको स्पष्ट पारे । बर्तमान सरकारको बिषयमा खासै टिप्पणी उनले गरेनन् । तर अहिलेको गठबन्धन भ्रष्टाचारका गम्भीर बिषयहरुमा मिलोमतो गरी मिलाउने र सत्ता चलाउने खेलका लागि मात्र भएको उनको भनाईछ । अहिले माओबादी केन्द्र आन्तरिक व्यवस्थापकिय सुधारको तयारीमा रहेकाले जनता बिच सकारात्मक ढंगले प्रस्तुत हुने नेता पुनको भनाईछ । उनले भने,` हामी प्रतिपक्ष दलको हिसावले सडक र सदन दुबै ठाउँबाट सकारात्मक रुपले संघर्ष गर्छौँ , जनताका बिषय उठाउँछौँ । ´




