प्यूठान । प्यूठान अस्पतालमा एक महिलाले तीन छोरीको जन्म दिएकी छन् । अस्पताल प्रमुख डा. राजेन्द्र पौडेलका अनुसार गौमुखी गाउँपालिका ६ लिबाङ निवासी श्याम बहादुर परियारकी २६ बर्षिय श्रीमती सरीता परियारको कोखबाट तीम्ल्याहा छोरीको जन्म भएको हो । उहाँका अनुससार ३ वटै बच्चा र आमा सकुशल र स्वस्थ रहेका छन। बिना अप्रेसन गौमुखी गा पा ६ स्थित लिबाङ स्वास्थ्य चौकिले जिल्ला अस्पताल रिफर गरी पठाएको थियो । तिन छोरी मध्य एक शिशु १.८ केजी, अर्को २ केजी र एउटा २.१ के जी तौल रहेको अस्पताले जनाएकोछ । तीन शिशु जन्माउन सरितालाई १३ मिनेट लागेको डा. पौडेलले बताउनुभयो ।
देउखुरी, ७ असोज । लुम्बिनी प्रदेश सरकारले राजधानी शहर निर्माण बारे हाल सम्म भएका प्रगती र भावि योजनाको बारेमा सरोकारवाला पक्ष संग सोमवार छलफल गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश सरकारका मन्त्रि, संसदीय दलका प्रतिनिधि, प्रदेश सभा सदस्यहरुको बिशेष उपस्थितीमा राजधानी शहर निर्माण बारे हाल सम्म भएका प्रगती र भावी योजनाको बारेमा छलफल चलाउनु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा छलफल आयोजना गरिएको थियो । राजधानी क्षेत्रका स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी लगायत सरोकारवाला पक्षहरु संग राजधानी शहर निर्माण बारे छलफल र सुझाव संकलन गरिएको छ । जग्गा…
स्वर्गद्वारी, प्यूठान । `जनै पूणिर्मा अर्थात रक्षा बन्धन´ नेपालका साथ-साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ । नेपालमा जनै पूणिर्मा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँने प्रचलन छ । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ । हिन्दु धर्मावलम्बीहरु सँ सम्बन्धित नेपालका प्रमुख धामहरुमा आज विशेष पुजाआरधना सहित जनै र राखी पुजागरी पुरोहित र नातेदारहरुबाट जनै र राखि बाध्ने गरिन्छ । काठमाडौंको पशुपति, प्यूठानको स्वर्गद्वारी आश्रम लगायतका धामहरुमा आज विशेष चहलपहल छ । भारतमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु-भाइको…
प्यूठान । नेकपा माओबादी केन्द्रका उपमहासचिब तथा पुर्ब अर्थमन्त्री बर्षमान पुनले एमाले र कांग्रेसले सानादलहरु जसपा र लोसपा मिलाएर आ आफै ठूलो दल बन्ने रणनीतसमा रहेको बताएकाछन् । माओबादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ ओैँ जल्ला सम्मेलनका लागि प्यूठान आएका नेता पुनले पत्रकार भेटघाटका क्रममा एमाले अध्यक्ष के पि ओलीले जनता समाजबादी पाटी र कांग्रेस सभापति देउवाले लोकतान्त्रिक समाजबादी पाटी मिलाएर ठूलो दल बन्ने रणनीति बनाएको बताए । एमाले अध्यक्ष ओली जसपालाई मिलाएर ठूलो दल बन्ने र चुनाव सम्मनै संबिधानको धारा ३ अनुसार सरकारको नेतृत्व गरिरहने रणनीतिमा रहेको उनको भनाईछ । तर कांग्रेसले पनि लोसपा मिसाएर फेरीठुलो दल बन्ने…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…