प्यूठान । असार १० मा बजेट ल्याउने संबैधानिक ब्यवस्था अनुसार प्यूठानका स्थानीय तहले पनि आगामी आर्थिक बर्षका लागी बजेट ल्याएका छन् । प्यूठानका ९ वटा स्थानीय तह मध्य झिमरुक गाउँपालिका बाहेक अन्य ८ स्थानीय तहको आगामी आर्थिक बर्ष २०८१र ०८२ को बजेट करिब ५ अर्ब ७ करोड हाराहरी छ । झिमरुक गाउँपालिकाले शोमबार बजेट प्रस्तुत गर्न सकेन । झिमरुकमा जनप्रतिनिधि बिचको बिबाधका कारण बजेट प्रस्तुत हुन नसकेको हो । तर झिमरुकले पनि करिब ६२ प्रतिशत बजेट पुँजिगत सहित करिब ६१ करोड बढि बजेट प्रस्तुत गर्दैछ । प्यूठानमा कुन स्थानिय तहको बजेट कति ? १. गौमुखी गाउँपालिका गौमुखी गाउँपालिकाले आगामी आर्थिक बर्ष…
प्यूठान । मल्लरानी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी गुणस्तरिय शिक्षामा जोड, गुणस्तरिय स्वास्थ्य सेवा लगाएतका बिषयलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले ४१ करोड १९ लाख ९८ हजार ६ सय ९ रुपैया बराबरको बजेट सार्वजनिक गरेकाछन् । जस मध्ये, संघिय समानिकरण अनुदान तर्फ ८ करोड ३१ लाख, संघिय सर्शत अनुदान तर्फ १७ करोड १० लाख ५४ हजार, संघबाट राजस्व बाँडफाँडबाट ७ करोड ७६ लाख ४८ हजार ८ सय २७ रुपैँया, मुल्य अभिवृद्धि कर बापत) र समपुरक तर्फगरी २ करोड ८५ लाख रुपैया प्राप्तहुने अनुमान सहितको बजेट प्रस्तुत गरिएको हो । प्रदेश सशर्त अनुदान तर्फ ७४…
ऐरावतीको बजेट ५३ करोड ५ लाख १८ हजारप्यूठान । ऐरावती गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५३ करोड ५ लाख १८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ ।गाउँपालिकाको पन्ध्रौँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकाहुन् । पुजिगत तर्फ १५ करोड ८० लाख ५० हजार र चालु तर्फ ३७ करोड २४ लाख ६८ हजार बजेट किनियोजन भएकोछ ।ऐरावतीमा उत्कृष्ट कृषक, कर्मचारी, शिक्षक, विद्यार्थीलाई सम्मान गरियोगाउँसभामा कृषिमा उत्कृष्ट कार्य गरेवापत वडा नम्बर १ का कृषक छव बहादुर गुरुङ्गलाई सम्मान गरिएको छ । गाउँपालिकाका विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुबाट उत्कृष्ट कर्मचारीहरु छनोट गरी सम्मान गरिएको छ ।सिनियर अ.हे.व दिपक…
प्यूठान । प्यूठान नगरपालिकाले आगामी आर्थिक बर्षका लागि करिब ८२ करोड लाख हजारको बजेट सार्बजनिक गरेको छ । प्यूठान नगरपालिकाले विकास पुर्बाधार तर्फ करिब ३० करोड बजेट सहित ८२ करोड बडिको बजेट प्रस्तुत गरेको हो । प्यूठान नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि विशेष गरि बिपन्न नगरिकको चुलोमा नगरपालिका कार्यक्रम, बिपन्न रोजगार कार्यक्रमलाई नयाँ कार्यक्रमको रुपमा बजेट प्रस्ताव गरेको नगर प्रबक्ता शुमनराज श्रेष्ठले बताए । प्यूठान नगरपालिकाले सडक पुर्बाधार २ करोड, कृषि तर्फ १ करोड, पशु पंन्छी ५० लाख, खानेपानी, सिंचाई र नदी नियन्त्रण १ करोड, प्रशासनिक खर्च १० करोड, विपन्न परिवार परिवारको चुलोमा नगरपालिका कार्यक्रमका लागि ३५ लाख,…
प्यूठान । प्युठानको नौबहिनी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि रु. ६६ करोड २३ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका गाउँसभा तथा १६ औं अधिवेशनबाट गाउँपालिकाका उपाध्यक्ष विस्ना थापाले प्रस्तुत गरेको बजेट वक्तव्यमा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिउपजको बजरीकरणका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरिएको हो । गाउँपालिकाले सङ्घीय सरकारबाट अनुमानित प्राप्त रकम राजस्व बाँडफाँड तर्फ ११ करोड ९४ लाख, वित्तीय समानीकरण अनुदान तर्फ रु. १० करोड १८ लाख र शसर्त अनुदान तर्फ २३ करोड ६२ लाख, विशेष अनुदान तर्फ रु. ७५ लाख र समपुरक अनुदान तर्फ रु. १ करोड बजेट प्रस्तुत गरिएको छ…
प्यूठान । नेपाल बिद्युत प्राधिकरणको क्षेत्राधिकार भित्र पर्ने बिद्युत लाईन व्यव्स्थित नहुँदा उपभोक्ताले जोखिम मोलेर त्रासै त्रासमा बाँचिरहेकाछन् । करिब १ महिना अघि नौबहिनी गा पा ६ मसराका होत बहादुर दमाईले आफ्नै खेत जोत्दै गर्दा पोलबाट लागेको करेन्टका कारण आफ्नै आँखा अगाडि २७ बर्षिय छोराे सन्तोष गुमाए । हरेक बर्ष बिद्युत प्राधिकरणले बिस्तार गरेको अव्यवस्थित धरापका कारण मानिसहरुले ज्यान गुमाउँदै गएकाछन् । प्राधिकरणले लाईन बिस्तार गर्दा सम्बन्धित जग्गाधनीको सहमति नलिई जथाभावी पोल गाड्ने गर्दा उपभोक्तालाई त्रास बढेको नौबहिनी ६ मसराका होतबहादुर दमाईले बताए । उनले भने, म घरमा नभएको समयमा मेरो खेतको बिचमा पोल गाडिएछ, मलाई जानकारी भएन । पछि प्राधिकरणले…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…