Skip to main content

सरोकार पोस्ट

प्यूठानका ९ स्थानीय तहको बजेट झण्डै ६ अर्ब

Advertisement

प्यूठान । असार १० मा बजेट ल्याउने संबैधानिक ब्यवस्था अनुसार प्यूठानका स्थानीय तहले पनि आगामी आर्थिक बर्षका लागी बजेट ल्याएका छन् । प्यूठानका ९ वटा स्थानीय तह मध्य झिमरुक गाउँपालिका बाहेक अन्य ८ स्थानीय तहको आगामी आर्थिक बर्ष २०८१र ०८२ को बजेट करिब ५ अर्ब ७ करोड हाराहरी छ । झिमरुक गाउँपालिकाले शोमबार बजेट प्रस्तुत गर्न सकेन । झिमरुकमा जनप्रतिनिधि बिचको बिबाधका कारण बजेट प्रस्तुत हुन नसकेको हो । तर झिमरुकले पनि करिब ६२ प्रतिशत बजेट पुँजिगत सहित करिब ६१ करोड बढि बजेट प्रस्तुत गर्दैछ ।

 प्यूठानमा  कुन स्थानिय तहको बजेट कति ?

१. गौमुखी गाउँपालिका

गौमुखी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागी ४६ करोड २० लाख ९७ हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ ।  गाउँपालिका उपाध्यक्ष महाबिर रानाले गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८१÷०८२ को बजेट सार्वजनिक गर्दै शिक्षा र स्वास्थ्य  क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत् गरे । कुल बजेटको ४७.६६ प्रतिशत बजेट शिक्षा क्षेत्रमा बिनियोजन गरिएको उपाध्यक्ष रानाले बताए ।  गाउँपालिकाले पुजिगत तर्फ ८ करोड ९१ लाख ११ हजार र चालु तर्फ ३७ करोड,२९ लाख ८६ हजार रुपैया बिनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रका लागी गाउँपालिकाद्धारा प्रस्तुत बजेट बक्तब्यमा कुल बजेटको १४.०६ प्रतिशत अर्थात ४ करोड, ६० लाख ८६ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको छ । बजेटमा गाउँपालिकाको शिक्षाको गुणस्तर बृद्धिगर्ने, कक्षा १ देखी ८ सम्म स्थानिय पाठ्यक्रम लागु गर्ने, गाउँपालिकामा एम बि बि एस डाक्टरको ब्यवस्था गर्ने लगाएतका बिषय समेटीएका छन् । गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा ४२ करोड ६४ लाख ८२ हजार संघिय सरकार अनुदान तथा राजश्व बाडफाड, २ करोड ५६ लाख १५ हजार प्रदेश सरकार अनुदान तथा राजश्व बाडफाँड र १ करोड गाउँपालिकाको आम्दानीबाट श्रोत सुनिश्चितता गरिएको छ ।

२. माण्डवी गाउँपालिका

माण्डवी गाउँपालिकाले बार्षिक निती तथा कार्यक्रम र आगामि आर्थिक बर्षका लागी बजेट बक्तब्य सार्वजनिक गर्दै रु ४२ करोड ४५ लाख ६ हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले बजेट प्रस्तुत गर्दै  १ करोड ३९ लाख ३० हजार आर्थिक बिकास, ६ करोड १४ लाख ४१ हजार सामाजिक बिकास,३ करोड ९ लाख ९२ हजार भौतिक पुर्वाधार बिकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको बताए ।

३. मल्लरानी गाउँपालिका

मल्लरानी गाउँपालिकाले गुणस्तरिय शिक्षामा जोड, गुणस्तरिय स्वास्थ्य सेवा लगाएतका बिषयलाई समेटदै आगामी आर्थीक बर्षका लागी बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले ४१ करोड १९ लाख ९८ हजार ६ सय ९ रुपैया बराबरको बजेट सार्वजनिक गरेकाछन् । जस मध्ये संघिय समानीकरण अनुदान तर्फ ८ करोड ३१ लाख, संघिय सर्शत अनुदान तर्फ १७ करोड १० लाख ५४ हजार, संघबाट राजस्व बाँडफाँडबाट ७ करोड ७६ लाख ४८ हजार ८ सय २७ रुपैँया, मुल्य अभिवृद्धि कर बापत र समपुरक तर्फगरी २ करोड ८५ लाख रुपैया प्राप्तहुने अनुमान सहितको बजेट प्रस्तुत गरिएको हो ।

प्रदेश सशर्त अनुदान तर्फ ७४ लाख ६२ हजार, प्रदेश समानीकरण अनुदान तर्फ ५२ लाख ७१ हजार, सवारी साधन करको अनुमानित राजस्व बाँडफाँड तर्फ २४ लाख ९८ हजार र प्रदेश समपुरक तर्फ ७० लाख प्राप्त हुने अनुमान गरिएको गाउँपालिकाद्धारा प्रस्तुत बजेट बक्तब्यमा प्रस्तुत गरिएको छ । यस्तै मल्लरानी गाउँपालिकाले चालु आर्थिक बर्षमा संघीय सरकारवाट विनियोजन भएको समानिकरण अनुदान ८ करोड २४ लाख मध्ये ६ करोड ९ लाख ७६ हजार मात्रै प्राप्त भएको जनाएको छ ।

राजश्व वाँडफाँड तर्फ ७ करोड ३४ लाख ४५ हजार ३ सय रुपैया मध्ये २०८१ असार १० गते सम्म ५ करोड ४५ लाख ८१ हजार ४ सय ५ रुपैया ५३ पैसा मात्रै प्राप्त भएको जनाएको छ । त्यसबाहेक अन्य कार्यक्रम तर्फको बजेट पनि कम प्राप्त भएको जनाएको छ । गाँउपालिकाको कुल राजस्वको अनुमान ६७ लाख ७५ हजार रहेकोमा २०८१ जेष्ठ मसान्त सम्म ४३ लाख २ सय १ रुपैँया मात्रै आन्तरीक आय संकलन भएको जनाएको छ ।

४. ऐरावती गाउँपालिका

ऐरावती गाउँपालिकाले पनि आगामी आर्थीक बर्षका लागी ५३ करोड रुपैया बढिको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागी कुल ५३ करोड ५ लाख १८ हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेकाहुन् । पुर्वाधार बिकासलाई जोड दिएको गाउँपालिकाले एम बि बि एस डाक्टर पढ्ने गाउँपालिका भित्रका बिद्यार्थीलाई सहयोग गर्ने तथा स्थानिय मदिरालाई ब्राण्डींग गर्ने निती लिएको छ ।गाउँपालिकाद्धारा सार्बजनिक बजेटमा जम्मा पुजिगत तर्फ १५ करोड ८० लाख ५० हजार र चालु तर्फ ३७ करोड२४ लाख ६८ हजार रुपैया बिनियोजन गरेको छ ।

 

५. नौबहिनी गाउँपालिका

 नौबहिनी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि रु. ६६ करोड २३ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका गाउँसभा तथा १६ औं अधिवेशनबाट गाउँपालिकाका उपाध्यक्ष विस्ना थापाले प्रस्तुत गरेको बजेट वक्तव्यमा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिउपजको बजरीकरणका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिकाले सङ्घीय सरकारबाट अनुमानित प्राप्त रकम राजस्व बाँडफाँड तर्फ ११ करोड ९४ लाख, वित्तीय समानीकरण अनुदान तर्फ रु. १० करोड १८ लाख र शसर्त अनुदान तर्फ २३ करोड ६२ लाख, विशेष अनुदान तर्फ रु. ७५ लाख र समपुरक अनुदान तर्फ रु. १ करोड बजेट प्रस्तुत गरिएको छ । पालिकाले लुम्बिनी प्रदेश सरकारबाट समानिकरण अनुदान रु. ६७ लाख ४२ हजार, राजश्व बाँडफाँड तथा सवारी साधन कर समेत रु. ४४ लाख ९४ हजार ३ सय २६, सशर्त अनुदान विभिन्न कार्यक्रम तर्फ रु. ९२ लाख र समपुरक अनुदान तर्फ रु. ७० लाख बजेट गाउँसभामा सार्वजनिक गरेको हो ।

यस्तै गाउँपालिकाको वा. व. २०८०/०८१ मा अल्या हुने अनुमानित रु. १ करोड ५० लाख र आन्तरिक आय अनुमानित १ करोड बजेट समेत सार्वजनिक गरेको छ भने सामाजिक सुरक्षा भत्ता तर्फ १३ करोड ५० लाख बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाले पुर्वाधार तर्फ ४ करोड १० लाख, आर्थिक विकास अन्तर्गत पशु विकास तर्फ ३५ लाख ५० हजार, कृषि विकास तर्फ ५४ लाख, स्वास्थ्य तर्फ १ करोड ३८ लाख १३ हजार ६ सय, शिक्षा युवा तथा खेलकुद तर्फ ३ करोड ५५ लाख ५५ हजार, सामाजिक विकास तर्फ ३८ लाख ६५ हजार बजेट सार्वजनिक गरेको छ । यस्तै गाउँपालिकाले चालु खर्चतर्फ रु. १० करोड बजेट बिनियोजन गरेको छ ।

 

६. सरुमारानी गाउँपालिका

सरुमारानी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४० करोड, ३६ लाख ४४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष बसन्ता खड्काले १५ औं गाउँसभामा आ.व २०८१/०८२ का गाउँपालिकाको बजेट पेस गर्नुभएको हो । बजेटमा पूँजीगततर्फ कुल बजेटको २२.०३ प्रतिशत अर्थात ८ करोड ८९ लाख ३६ हजार र चालुतर्फ ७७ .९७ प्रतिशत अर्थात ३१ करोड ४७ लाख ८ हजार रुपैंया बजेट विनियोजन गरिएको जानकारी गराईन् ।

७ . स्वर्गद्धारी नगरपालिका

स्वर्गद्वारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ८३ करोड ७ लाख ३३ हजार रुपैयाँको बजेट बजेट ल्याएको छ । नगरपालिकाका उपप्रमुख मिनराज रानाले १५ औं नगरसभामा प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ ६९ प्रतिशत र पुँजीगततर्फ ३१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

आर्थिक विकास तर्फ ३ करोड ३९ लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ । जस अन्तर्गत कृषि तर्फ १ करोड ३७ लाख ४ हजार, उद्योग तर्फ रु. २० लाख ४० हजार, पर्यटन तर्फ ७८ लाख ५० हजार, जलस्रोत तथा सिंचाई तर्फ रु. ५२ लाख ५० हजार, वन तर्फ रु.१ लाख ५० हजार र पशुपन्छी विकास तर्फ रु. ५० लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यसै गरी सामाजिक बिकास अन्तर्गत रु. २१ करोड ०७ लाख ६३ हजार ७ सय रुपैयाँ विनियोजन गरिएको छ । जस अन्तर्गत सामाजिक सुरक्षा तथा संरक्षण तर्फ रु. ८५ लाख १९ हजार, युवा तथा खेलकुद तर्फ रु. ३१ लाख ६७ हजार, खानेपानी तथा सरसफाई तर्फ रु. २६ लाख ९९ हजार, भाषा तथा संस्कृती तर्फ रु. १३ लाख ७० हजार, शिक्षा तर्फ रु. १६ करोड २८ लाख ९७ हजार ७ सय स्वास्थ्य तर्फ रु. २ करोड ८६ लाख ९१ हजार र लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फ रु. ३४ लाख २० हजार विनियोजन गरिएको छ। त्यसैगरी पूर्वाधार विकास तर्फ रु. ४ करोड ७५ लाख ४४ हजार, सुशासन तथ अन्तरसम्बन्धित क्षेत्र तर्फ रु. २ करोड ६३ लाख ९८ हजार र कार्यालय संचालन तथा प्रशासनीक खर्च तर्फ रु. ८ करोड ४९ लाख ४४ हजार ३ सय रुपैयाँ विनियोजन गरिएको छ।

 

८. प्यूठान नगरपालिका

 

प्यूठान नगरपालिकाले आगामी आर्थिक बर्षका लागि करिब ८२ करोड लाख हजारको बजेट सार्बजनिक गरेको छ ।

प्यूठान नगरपालिकाले विकास पुर्बाधार तर्फ करिब ३० करोड बजेट सहित ८२ करोड बडिको बजेट प्रस्तुत गरेको हो । प्यूठान नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि विशेष गरि बिपन्न नगरिकको चुलोमा नगरपालिका कार्यक्रम, बिपन्न रोजगार कार्यक्रमलाई नयाँ कार्यक्रमको  रुपमा बजेट प्रस्ताव गरेको नगर प्रबक्ता शुमनराज श्रेष्ठले बताए । प्यूठान नगरपालिकाले सडक पुर्बाधार २ करोड, कृषि तर्फ १ करोड, पशु पंन्छी ५० लाख, खानेपानी, सिंचाई र नदी नियन्त्रण १ करोड, प्रशासनिक खर्च १० करोड, विपन्न परिवार परिवारको चुलोमा नगरपालिका कार्यक्रमका लागि ३५ लाख, बिपन्न परिवार रोजगर तर्फ ३५ लाख, आवासिय नमुना बिद्यालय ३० लाल, अटो भिलेज हव सञ्चालनका लागि ३० लाख, बेसार प्रशोधन केन्द्र गेजवाङका लागि १० लाख, बिपद कोषमा ४० लाख, स्वास्थ्य तर्फ ७० लाख, सरसफाई १० लाख, महिला बालबालिका तथा जेष्ठ नागरिक तथा लक्षित कर्ग ४०, युवा तथा खेलकुद १०, न्यायिक समिति १२ लाख बजेट बिनियोन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बाकि बजेट संघ र प्रदेशको शसर्त अनुदान तर्फ रहेको प्यूठान न पाले जनाएकोछ।

९. झिमरुक गाउँपालिका

झिमरुक गाउँपालिकाले आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि जनप्रतिनिधि बिचको बिबाधका कारण बजेट प्रस्तुत गर्न सकेन ।

झिमरुकले पनि आगामी आर्थिक बर्षका लागि करिब ६१ करोड को बजेट निर्माढ गरेकोछ । ६२ प्रतिशत चालू बाकी पुँजिगत तर्फ बजेट बिनियोजन भएको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । उनले भने,` असार २४ गते सम्म यसबर्षका योजनाको भुक्तानी गर्नुपर्ने छ, आवस्यक तयारी गरि २८ गते बजेट प्रस्तुत हुन्छ ।´

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...