प्यूठान । मल्लरानी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी गुणस्तरिय शिक्षामा जोड, गुणस्तरिय स्वास्थ्य सेवा लगाएतका बिषयलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । 
गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले ४१ करोड १९ लाख ९८ हजार ६ सय ९ रुपैया बराबरको बजेट सार्वजनिक गरेकाछन् । जस मध्ये, संघिय समानिकरण अनुदान तर्फ ८ करोड ३१ लाख, संघिय सर्शत अनुदान तर्फ १७ करोड १० लाख ५४ हजार, संघबाट राजस्व बाँडफाँडबाट ७ करोड ७६ लाख ४८ हजार ८ सय २७ रुपैँया, मुल्य अभिवृद्धि कर बापत) र समपुरक तर्फगरी २ करोड ८५ लाख रुपैया प्राप्तहुने अनुमान सहितको बजेट प्रस्तुत गरिएको हो ।
प्रदेश सशर्त अनुदान तर्फ ७४ लाख ६२ हजार, प्रदेश समानीकरण अनुदान तर्फ ५२ लाख ७१ हजार, सवारी साधन करको अनुमानित राजस्व बाँडफाँड तर्फ २४ लाख ९८ हजार र प्रदेश समपुरक तर्फ ७० लाख प्राप्त हुने अनुमान गरिएको गाउँपालिकाद्धारा प्रस्तुत बजेट बक्तब्यमा प्रस्तुत गरिएको छ । यस्तै मल्लरानी गाउँपालिकाले चालु आर्थिक बर्षमा संघीय सरकारवाट विनियोजन भएको समानिकरण अनुदान ८ करोड २४ लाख मध्ये ६ करोड ९ लाख ७६ हजार मात्रै प्राप्त भएको जनाएको छ ।
राजश्व वाँडफाँड तर्फ ७ करोड ३४ लाख ४५ हजार ३ सय रुपैया मध्ये २०८१ असार १० गते सम्म ५ करोड ४५ लाख ८१ हजार ४ सय ५ रुपैया ५३ पैसा मात्रै प्राप्त भएको जनाएको छ । त्यसबाहेक अन्य कार्यक्रम तर्फको बजेट पनि कम प्राप्त भएको जनाएको छ । गाँउपालिकाको कुल राजस्वको अनुमान ६७ लाख ७५ हजार रहेकोमा २०८१ जेष्ठ मसान्त सम्म ४३ लाख २ सय १ रुपैँया मात्रै आन्तरीक आय संकलन भएको जनाएको छ ।



