सरोकार पोस्ट

प्यूठान नगरको ८२ करोड, स्वर्गद्वारी नगरको ८३ करोड बजेट प्रस्तुत्

Advertisement

प्यूठान । प्यूठान नगरपालिकाले आगामी आर्थिक बर्षका लागि करिब ८२ करोड लाख हजारको बजेट सार्बजनिक गरेको छ ।

प्यूठान नगरपालिकाले विकास पुर्बाधार तर्फ करिब ३० करोड बजेट सहित ८२ करोड बडिको बजेट प्रस्तुत गरेको हो । प्यूठान नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि विशेष गरि बिपन्न नगरिकको चुलोमा नगरपालिका कार्यक्रम, बिपन्न रोजगार कार्यक्रमलाई नयाँ कार्यक्रमको  रुपमा बजेट प्रस्ताव गरेको नगर प्रबक्ता शुमनराज श्रेष्ठले बताए । प्यूठान नगरपालिकाले सडक पुर्बाधार २ करोड, कृषि तर्फ १ करोड, पशु पंन्छी ५० लाख, खानेपानी, सिंचाई र नदी नियन्त्रण १ करोड, प्रशासनिक खर्च १० करोड, विपन्न परिवार परिवारको चुलोमा नगरपालिका कार्यक्रमका लागि ३५ लाख, बिपन्न परिवार रोजगर तर्फ ३५ लाख, आवासिय नमुना बिद्यालय ३० लाल, अटो भिलेज हव सञ्चालनका लागि ३० लाख, बेसार प्रशोधन केन्द्र गेजवाङका लागि १० लाख, बिपद कोषमा ४० लाख, स्वास्थ्य तर्फ ७० लाख, सरसफाई १० लाख, महिला बालबालिका तथा जेष्ठ नागरिक तथा लक्षित कर्ग ४०, युवा तथा खेलकुद १०, न्यायिक समिति १२ लाख बजेट बिनियोन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बाकि बजेट संघ र प्रदेशको शसर्त अनुदान तर्फ रहेको प्यूठान न पाले जनाएकोछ।

स्वर्गद्वारी नगरपालिकाको बजेट ८३ करोड ७ लाख

यसैबिच स्वर्गद्वारी नगरपालिकाले पनि आगामी आर्थिक वर्षको बजेट नगर सभामा पेश गरेको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि उप-प्रमुख मिनराज रानाले पुर्बाधार विकास सहित ८३ करोड ७ लाख ३३ हजार रुपियाँको बजेट प्रस्तुत गरे । १५ नगरसभामा नगर प्रमुख टेक प्रसाद भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...