Skip to main content

सरोकार पोस्ट

पालिका

प्यूठानमा एक आमाले जन्माईन तीन  शिशु 

प्यूठानमा एक आमाले जन्माईन तीन शिशु 

प्यूठान । प्यूठान अस्पतालमा एक महिलाले तीन छोरीको जन्म दिएकी छन् । अस्पताल प्रमुख डा. राजेन्द्र पौडेलका अनुसार गौमुखी गाउँपालिका ६ लिबाङ निवासी श्याम बहादुर परियारकी २६ बर्षिय श्रीमती सरीता परियारको कोखबाट तीम्ल्याहा छोरीको जन्म भएको हो । उहाँका अनुससार ३ वटै बच्चा र आमा सकुशल र  स्वस्थ रहेका छन। बिना अप्रेसन गौमुखी गा पा ६ स्थित लिबाङ स्वास्थ्य चौकिले जिल्ला अस्पताल रिफर गरी पठाएको थियो । तिन छोरी मध्य एक शिशु १.८ केजी, अर्को २ केजी र एउटा २.१ के जी तौल रहेको अस्पताले जनाएकोछ । तीन शिशु जन्माउन सरितालाई १३ मिनेट लागेको डा. पौडेलले बताउनुभयो ।
Read More
दुर्गम पातिहाल्नामा दालमोट उद्योग, भिडियो सहित

दुर्गम पातिहाल्नामा दालमोट उद्योग, भिडियो सहित

प्यूठान । प्यूठान नगरपालिका १० का वडा सदस्य तेज बहादुर खड्काले करिब १२ बर्ष देखि नगरपालिकाको दुर्गम क्षेत्र पातिहाल्नामा दालमोट उद्योग सञ्चालन गर्दै आएकाछन् । उनी भन्छन्,`नेपालमा नकारात्मक बिषयहरुको बढि प्रचार र चासो हुन्छ । तर उद्यम गरे जे पनि सम्भव छ । मेरा ८ जना परिवारलाई यहि उद्योगले स्वरोजगार बनाएकोछ ।´ अहिले पर्यटकिय क्षेत्र प्यूठान मल्लरानी घुम्न आउने पर्यटकहरुका कारण पनि उनको व्यवसायले थप सफलता पाउने भएपनि उद्योग सँग होटलको पनि उनले बिस्तार गरेकाछन् । उनको दालमोट उद्योगबाट उत्पादित दालमोटले प्यूठानका मुख्य बजारक्षेत्र सँगै अर्घाखाँचीका केही बजारमा समेत बजार पाएको उनले बताए । https://youtu.be/dMI1aVy0v5M?si=fR4HjbG8MrYfUrIg
Read More
प्यूठान नौबहिनीमा बोलेरो जिप दुर्घटना

प्यूठान नौबहिनीमा बोलेरो जिप दुर्घटना

प्यूठान । जिल्लाको नौबहिनी गाउँपालिकामा पिकअप जिप दुर्घटनामा परेकोछ । पालिकाको मुख्य केन्द्र बाहाने बजारदेखी वडा नं. ५ गावै तर्फ जाँदै गरेको लु १ च ७५८४ नम्बरको बोलेरो पिक अप जिप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बाहाने जनाएकोछ । दुर्घटनामा मानविय क्षेति केही भएको छैन । दुर्घटनाको कारणबारे अनुशन्धान भैरहेको प्रहरीले जनाएकोछ ।
Read More
एक दिनको अन्तरमा दुईपटक ताल्चा फोरी टिकुरी बसपार्कमा चोरी, सिसि क्यामेरा कमसल भयो- व्यवस्थाप समिति

एक दिनको अन्तरमा दुईपटक ताल्चा फोरी टिकुरी बसपार्कमा चोरी, सिसि क्यामेरा कमसल भयो- व्यवस्थाप समिति

प्यूठान । प्यूठान नगरपालिका ७ टिकुरी स्थित बसपार्कमा रहेका सटरको ताल्चा फोरेर नगद र सरसामान चोरी हुनेक्रम बढेकोछ । शोमबार राति उत्तम पण्डित र तेजप्रसाद मिश्रणको गरि दुईवटा सटरको ताल्चा फोरेर केही खुद्रा पैसा सहित सामान चोरी भयो । सम्भावित घटनालाई ध्यानमा राख्दै सुरक्षा सतर्कताका लागि प्यूठान नगरपालिकाले १ लाख ७० हजारको ५ वटा नाईट भिजन सिसि क्यामेरा जडान गर्यो । उक्त क्यामेराले चोर्ने मान्छे ओहोरदोहोर गरेको देखिन्छ । तर स्पष्ट पहिचान गर्न सक्दैन । क्यामेराले कैद गर्न उपयुक्त ठाउमा राख्नु पर्नेमा त्योपनि मिलाईएकोछैन । जस्ले गर्दा चोर्ने चोरलाई पहिचान गर्न पनि कठिन छ । बाग्दुलामा रहेको अस्थाई प्रहरी पोष्टलाई…
Read More
नौबहिनी, माण्डवी र सरुमारानी गा.पा.को बित्तिय प्रगति सार्बजनिक

नौबहिनी, माण्डवी र सरुमारानी गा.पा.को बित्तिय प्रगति सार्बजनिक

प्यूठान । आर्थिक वर्ष ०८०/०८१ को चालु खर्च ९०.९१ प्रतिशत र पुँजिगत खर्च ९६.११ प्रतिशत खर्च गर्दै नौबहिनी गाउँपालिकाको चालु आर्थिक वर्षको कारोबार बन्द भएको छ । गाउँपालिकाले बार्षिक बित्तिय प्रगति सार्बजनिक गर्दै मंगलबार देखि कारोबार बन्द भएको जनाएको छ । नौबहिनीमा चालु तर्फ ३६ करोड ९४ लाख ४७ हजार ७७४ बिनियोजन गरेकोमा ३५ करोड ५८ लाख ५२ हजार १३ रुपियाँ निकासा भएको थियो । जसमध्ये ३२ करोड ३५ लाख ७ हजार ९५९ रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै पुँजिगत तर्फ १७ करोड ४२ लाख ४२ हजार बिनियोजित बजेट मध्ये १५ करोड ७१ लाख ५८ हजार २ सय…
Read More
सुत्केरीलाई स्टेचरमा बोकेर स्वास्थ्यकर्मी घरमै पुगे

सुत्केरीलाई स्टेचरमा बोकेर स्वास्थ्यकर्मी घरमै पुगे

प्यूठान । बाहिर बर्षे झरी झमझम परिरहेको थियो । प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा विकलाई शनिबार साँझ सुत्केरी व्यथा लाग्यो । केही दिन देखि उनको तल्लो पेट दुखिरहेपनि प्रशव बेथाले एक्कासी त्यसरी च्याप्ला भन्ने उनले सोचेकी थिइनन् । पालिकामा गर्भवती भएका महिलाहरुलाई स्वास्थ्यकर्मीहरु नियमित निगरानीमै राखेकाे थियो। जति साँझ पर्यो पेट पनि त्यतिनै दुख्न थालेपछि स्वास्थ्यकर्मीलाई उनले सम्पर्क गरिन् । तर स्वास्थ्य कर्मीले जिवालाई स्वास्थ्यचौकीमै आउन आग्रह गरे । बाहिर असारे झरी रोकिएको थिएन । रात परिसकेकाले गाडी पनि पाउने अवस्था थिएन ।  माइतमै रहकी जिवा ३ वर्षको छोरो र आमासहित करिब साढे दुई किलोमिटर टाढा मल्लरानी गाउँपालिका–३,…
Read More
राजपुर गाउँपालिकाले बनायो बालमैत्री शासनका थप सुचक

राजपुर गाउँपालिकाले बनायो बालमैत्री शासनका थप सुचक

देउखुरी । दाङ्ग जिल्लाको ठूलो पालिका राजपुर गाउँपालिकाले बालमैत्री स्थानीय शासनका थप सुचकहरु निर्माण गरेकोछ । गाउँपालिकाका ७ वटै वडाहरुमा रहेका बालबालिका सँग सरोकार राख्ने विभिन्न कार्यालय, संघ-संस्था, सरोकारवाला, जनप्रतिनिधि सँग आवस्यक छलफल गरि संस्थागत विकास र सेवा प्रवाह सँग सम्बन्धित बालमैत्री स्थानीय शासनका थप ३४ वटा सुचकहरु निर्माण गरि गाउँ कार्यपालिकाले सुझाव सहित पारित गर्ने निर्णय गरेको हो । शुक्रबार कार्यपालिका बैठकमा बालमैत्री स्थानिय शासन रणनीति तथा कार्यान्वयन निर्देशिकम २०६८ ले निर्धारण गरेका सुचक सँगै गाउँपालिकाको आवस्यकता अनुसार निर्माण गरिएका थप सुचक बारे छलफल भएको थियो । कार्यपालिकामा बालमैत्री सुचकहरुको बिषयमा बालअधिकारको क्षेत्रमा लामो समय काम गरि अनुभव गरेका…
Read More
बौद्धिक जमातलाई गिज्याउँदै टिकुरीका अशक्त `रबिलाल´

बौद्धिक जमातलाई गिज्याउँदै टिकुरीका अशक्त `रबिलाल´

प्यूठान । जिल्लाको राजनैतिक, सामाजिक हिसावले कहलिएको गाउँहो, प्यूठान नगरपालिका ७ टिकुरी । आर्थिक हिसावले पनि प्राय सम्पन्न परिवारहरु रहेको गाउँ । प्राय जसोको घरमा रोजगार गर्ने सदस्यछन्, कुनै पेन्सनरहरु । कुनै शुन्दर नगर निर्माणको बाग्डोर सम्हालेका जनप्रतिनिधिहरु । तर गाउँको समग्र विकासको मात्र होईन, जिल्लाकै विकासको चासो गर्ने यहाँका राजनीतिज्ञ देखि समावसेवी र बौद्धिक जमातलाई यो दृष्यले गिज्याई रहेकोछ । टिकुरी गाउँ सामाजिक विकास शुचाङ्कको हिसावले जिल्लाकै अग्रपंतीमा छ । तर यहाँका सबै नागरिक व्यक्तिगत कामकाजमा व्यस्थ हुन्छन् ।  टिकुरी गाउँमा सार्बजनिक संरचनाको रंरक्षण र सार्बजनिक सम्पदा खोज्ने दायित्व भने शारीरिक, मानसिक रुपले अशक्त भएकाहरुले सम्हाल्नु परेको यो दृष्यले…
Read More
प्यूठानमा कुन पालिकामा कति SEE पास भए ?

प्यूठानमा कुन पालिकामा कति SEE पास भए ?

प्यूठानमा SEE परिक्षामा ४ सय ४६ जना उत्रिण भएकाछन् ।गत चैत ७ गते देखि सुरु भएको माध्यमिक शिक्षा SEE को परिक्षामा सामेल भएका ३ हजार ७ सय ३५ बिद्यार्थीहरु मध्य  १२ प्रतिशत मात्रै उत्रिण भएकाे जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालयले जनाएको छ । उत्रिण हुने मध्य ३० जनाले मात्र A+ ग्रेड प्राप्त गरेकाछन् । कुन पालिकामा कति उत्रिण भए ? मल्लरानी गाउँपालिका  संस्थागत ८ र सामुदायिक तर्फ ३२ गरि  ४० जना उतृण भएकाछन् । संस्थागत तर्फ १७ र सामुदायिक तर्फ २८८ गरि ३०५ ले परीक्षा दिएकाथिए ।   झिमरुक गाउँपालिका  सामुदायिक बिद्यालय तर्फ ४३९ परिक्षामा सामेल भगका मध्य ७३…
Read More
बिपद् उद्दार सहजताका लागि गौमुखीमा हेलिप्याड

बिपद् उद्दार सहजताका लागि गौमुखीमा हेलिप्याड

जोगिन्द्र मल्ल प्यूठान, गौमुखी । बिपद्का कारण हुन सक्ने घटनाहरुमा जनतालाई तत्काल उद्दार तथा राहत सेवा प्रवाह गर्ने उद्देश्यले गौमुखी गाउँपालिकामा हेली प्याड निर्माण गरिएकोछ । बर्षायाममा बाढि पहिरो र आगलागिबाट बढि जोखिममा रहेको गौमुखी गाउँपालिकामा नेपाली सेना बर्द बहादुर गड खलंगा प्यूठानको प्राबिधिक सहयोगमा गौमुखी गाउँपालिकाले आ व २०८०/०८१ को बार्षिक कार्यक्रमबाट उक्त हेलिप्याडको निर्माण गरिएको हो । गौमुखीको  सालिबिसौनामा हेलिप्याड निर्माण गरि बिहिबार पालिकालाई हस्तान्तरण भएको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरीले बताउनुभयो । उहाँले भन्नू भयो, `अब बिपद् बाट हुने घटनामा तत्काल राहत तथा  उद्दार  गर्न सहज हुने छ। ´ नयाँ निर्मित हेलिप्याडको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार…
Read More