प्यूठान । नेपाल निजामती कर्मचारी युनियन प्यूठानको अध्यक्षमा शुर्य पन्त सर्बसम्मत निर्बाचित भएका छन् । लोकतन्त्रबादी कर्मचारीहरुको आधिकारिक पेशागत संगठन नेपाल निजामती कर्मचारी युनियनको नबौँ जिल्ला अधिवेशनबाट पन्त सर्बसम्मत निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ । यस्तै उपाध्यक्ष पद अन्तरगत खुल्ला पदमा श्रीधर पोख्रेल, महिलामा जुक्ता पोख्रेल र समावेसीमा शेरसिंह थापा निर्बाचित भएका छन् भने सचिबमा हुमलाल न्यौपाने निर्बाचिच भएकाछन् । यस्तै सहसचिबमा हरि प्रसाद गौतम र कोषाध्यक्ष पदमा नारायण प्रसाद घिमिरे निर्बाचित भएको बताईएकोछ ।
प्यूठान । लुम्बिनी प्रदेशमा प्रदेश निजामती ऐन र स्थानिय तह निजामती ऐन लगायत नीति निर्माणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै नेपाल निजामती कर्मचारी युनियनले प्रदेश सांसद निमा गिरीलाई सम्मान गरेको छ । प्रदेशको नीति सुधारमा आवाज उठाई कार्यान्वयन गरेको भनी उत्कृष्ट सांसदको रुपमा आज सम्मान गरेको हो । लुम्बिनी प्रदेश सांसद निमा गिरी एक सांसद हुन जसले आफ्नो बार्षिक प्रतिबेदन( Report card) हरेक बर्ष सार्वजनिक गर्दै आएकी छन् । कार्यक्रममा सम्मानित भएकी गिरीले प्रमुख अतिथिको रुपमा बोल्दै कार्यरत कर्मचारीले जागिर खाने मात्रै होईन जनतालाई गुणस्तरीय सेवा प्रवाहका निम्ति दत्तचित्त भएर खट्नु पर्ने, सुशासन कायम हुनेगरी पारदर्शी ढंगले सेवा प्रवाह गर्नुनै राज्य…
दाङ- मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा भेला हुने थारुहरुलाई सम्बाेधन गर्न पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दाङ आइपुग्नु भएको छ । पूर्व प्रधानमन्त्री देउवालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले स्वागत गर्नु भएको हाे । थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते हुने अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सव पनि लागेकाे छ । महोत्सवमा दाङ र नवलपरासीको थारु समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत हुने छ । यस्तै मघौटा, छोक्रा, हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत गरिने छ र यस्तै, महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवम्…
प्यूठान । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्यूठानको विध्यान्नद माध्यमिक विद्यालयका २ सय २६ जना बालबालिकालाई न्यानो कपडा स्वीटर बितरण गरेको छ । उक्त कम्पनीले प्यूठानको स्वर्गद्वारी नगरपालिका ९ स्थित बिद्यानन्द मा वि का वालविकास देखि कक्षा १ देखि ६ सम्म अध्यनरत २ सय २६ जना बालबालिका लाई पहिलो चरणमा न्यानो कपडा स्वीटर वितरण गरेको जनाएको छ । हिमालयन लाईफको नाफाको १ प्रतिशत खर्च गर्नुपर्ने प्रावधान अनुसार सस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै आज यो कार्यक्रम गरेको जानकारी गराएको हो । यसै गरि दोस्रो चरण मा नौबहिनी गाउपालीका ५ को जन प्राथमिक विद्यालय का १११ जना विद्यार्थी लाई पनि न्यानो कपडा…
दाङ्ग । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ चयन हुनुभएको छ । संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतकमा मनोनयन गर्नुभएको हो । यस अघि भदौ ३१ गते सचेतक पदबाट निमा गिरीले राजीनामा दिनुभएको थियो । गिरी २०७९ साल चैत २९ गते सचेतक बन्नुभएको थियो । करिब १८ महिना गिरीले सचेतकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
काठमाडौँ । नेपाल प्रेस युनियनले प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय समितिको बैठकले आगामी फागुन ५ गते प्रदेश अध्यक्षहरूको राष्ट्रिय सम्मेलन र ६ र ७ गते जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदेश अध्यक्षहरुको सम्मेलनको व्यवस्थापकीय तयारीका लागि केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिको सदस्यहरुमा युनियनका उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल र केन्द्रीय सदस्य पेशाल आचार्य रहेका छन् । त्यसैगरी जिल्ला अध्यक्षहरूको सम्मेलनको व्यवस्थापकीय तयारीका लागि केन्द्रीय उपाध्यक्ष नकुल…
प्यूठान । नौबहिनी गाउँपालिका ८ फोप्ली स्थित अम्विका मा.बि.मा बिद्यालयमै अध्यापनरत शिक्षक भेषराज भण्डारीको परिवारले आफ्नो स्व.बुवा बुद्धिराम भण्डारीको स्मृतिमा सरस्वती मन्दिर निर्माण गरि आज सरस्वती पुजाको दिन बिद्यालयलाई बिधिवत रुपमा हस्तान्तरण गरेकाछन् । आफ्नो स्व.बुवा बुद्धिराम भण्डारी सोही बिद्यालय स्थापनाकाल देखि करिव तीन दशक बिद्यालय व्यवस्थाप समिति र संरक्षक भई सेवा गरेको, र उनकाे सबै परिवारले आफ्नो ओैपचारिक शिक्षा आर्जन सोही बिद्यालयबाट नै गरेको कारण बुवाको स्मृतिमा बिद्यालयमा सरस्वती मन्दिर निर्माण गरि आज हस्तान्तरण गरेकाे सोही बिद्यालयका शिक्षक समेत रहेका स्व. बुद्धिरामका छोरा भेषराज भण्डारीले बताए । छोराहरु दुर्गा प्रसाद, भेषराज र मेघराजको करिब ३ लाख संयुक्त लगानीमा अम्बिका…
प्यूठान । माघ १८ गते शुक्रबार प्यूठानको गौमुखी गाउँपालिका ५ खुङका ओखल्ढुङ्गाका चिन्तामणी न्यौपाने (उपाध्याय)को शव खुङ्ग-नारिकोट सडकखण्डमा भेटियो । स्थानियले रक्ताम्य अवस्थामा शव देखेपछि गौमुखी लिवाँसे प्रहरी चौकीमा खवर गरे । त्यहाँबाट प्रहरी घटनास्थलमा पुग्यो । घटना स्थलमा पुगेको प्रहरी टोलीले मृतकको हत्या भएको अनुमान गर्यो । घटना रहस्यमय देखेपछी जिल्ला प्रहरी कार्यालय खलंगामा जानकारी गराईयो । घटनाबारे अनुशन्धान गर्न प्रहरी नायव उपरीक्षक दिपेश बस्यालको नेतृत्वको टोली आफै खट्यो । प्रहरीले स्थानियहरुको गाईगुँई कुरा सुन्दा मृतकको नजिकैको बुहारी नाता पर्ने जेदुकुमारी न्यौपाने र जेदुकुमारीकै बैनीज्वाई पर्ने लोकबहादुर गिरी बिच अबैध शारीरिक सम्बन्ध भैरहेको देखेपछि ती मृतक ससुराले घरको ढोका…
जोगिन्द्र मल्ल प्यूठान । गौमुखी गाउँपालिका वडा नम्बर ५ खुङ्गका ६९ बर्षिय चिन्तामणी न्यौपाने हत्याकाण्डका मुख्य अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न स्थानिय र जेदु कुमारी न्यौपानेलाई पक्राउ गरि थप अनुशन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । चिन्तामणी हत्यामा संलग्न भएको आरोपमा गौमुखी ५ खुङ्गका लोक बहादुर गिरीलाई प्युठान प्रहरीले शनिवार पक्राउ गरेको हो भने जेदु कुमारी न्यौपानेलाई भने शुक्रबार नै प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको थियो । घटनाको सुक्ष्म र सिघ्र अनुसन्धान एवं कार्बाहीका लागि जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले जानकारी दिए । उनले भने,`घटनाको कारणबारे गहिरो अनुशन्धान भैरहेकोछ । दुवैजना अभियुक्तको उपस्थितिमा…
सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयक २०८१ का कतिपय प्रावधानप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण गराएको छ । सामाजिक सञ्जाललाई नियमन गर्ने, व्यवस्थित गर्ने र त्यसबाट अपराधजन्य कार्य रोक्ने पहल स्वाभाविक भए पनि प्रस्तावित कानुनले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संगठन तथा भेला हुने स्वतन्त्रता र सञ्चार माध्यम प्रयोग गर्ने हक मा प्रतिकूल असर पार्ने खतरा देखिएको भन्दै प्रदेश समितिले विधेयकमा कठोर सजायसहितको फौजदारी कानुन बनाउन खोजिएकोमा गहिरो चिन्ता व्यक्त गरेको छ । प्रस्तावित कानुनबारे आम सरोकारवाला पक्षसँग छलफल नगरी सरकार एकलौटी रूपमा अघि बढेको महासंघको निष्कर्ष रहेको प्रदेश महासचीव…