प्यूठान । नौबहिनी गाउँपालिका ८ फोप्ली स्थित अम्विका मा.बि.मा बिद्यालयमै अध्यापनरत शिक्षक भेषराज भण्डारीको परिवारले आफ्नो स्व.बुवा बुद्धिराम भण्डारीको स्मृतिमा सरस्वती मन्दिर निर्माण गरि आज सरस्वती पुजाको दिन बिद्यालयलाई बिधिवत रुपमा हस्तान्तरण गरेकाछन् ।

आफ्नो स्व.बुवा बुद्धिराम भण्डारी सोही बिद्यालय स्थापनाकाल देखि करिव तीन दशक बिद्यालय व्यवस्थाप समिति र संरक्षक भई सेवा गरेको, र उनकाे सबै परिवारले आफ्नो ओैपचारिक शिक्षा आर्जन सोही बिद्यालयबाट नै गरेको कारण बुवाको स्मृतिमा बिद्यालयमा सरस्वती मन्दिर निर्माण गरि आज हस्तान्तरण गरेकाे सोही बिद्यालयका शिक्षक समेत रहेका स्व. बुद्धिरामका छोरा भेषराज भण्डारीले बताए । छोराहरु दुर्गा प्रसाद, भेषराज र मेघराजको करिब ३ लाख संयुक्त लगानीमा अम्बिका मा.बि.मा सरस्वती मन्दिर निर्माण गरिएको उनले जानकारी दिए । 

यसै बिच सोही बिद्यालयमा कक्षा ८ र एस ई ई मा उत्कृष्ट अंक ल्याई उत्तृण हुने बिद्यार्थीलाई हरेक बर्ष पुरस्कृत गर्नेगरी ५० हजार रुपैयाँको अक्षकोष स्थापान गरेको उनले जानकारी दिए । उक्त रकमको वार्षिक व्याजबाट बिद्यार्थीलाई पुरस्कृत गरिने व्यवस्था हुने बताए । आज सरस्वती पुजाको दिन बिद्यालयहरुमा र सरस्वती मन्दीरहरुमा विशेष पुजा आजा गरिन्छ ।




