प्यूठान । लुम्बिनी प्रदेशमा प्रदेश निजामती ऐन र स्थानिय तह निजामती ऐन लगायत नीति निर्माणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै नेपाल निजामती कर्मचारी युनियनले प्रदेश सांसद निमा गिरीलाई सम्मान गरेको छ ।
प्रदेशको नीति सुधारमा आवाज उठाई कार्यान्वयन गरेको भनी उत्कृष्ट सांसदको रुपमा आज सम्मान गरेको हो । लुम्बिनी प्रदेश सांसद निमा गिरी एक सांसद हुन जसले आफ्नो बार्षिक प्रतिबेदन( Report card) हरेक बर्ष सार्वजनिक गर्दै आएकी छन् । कार्यक्रममा सम्मानित भएकी गिरीले प्रमुख अतिथिको रुपमा बोल्दै कार्यरत कर्मचारीले जागिर खाने मात्रै होईन जनतालाई गुणस्तरीय सेवा प्रवाहका निम्ति दत्तचित्त भएर खट्नु पर्ने, सुशासन कायम हुनेगरी पारदर्शी ढंगले सेवा प्रवाह गर्नुनै राज्य र जनताका प्रति बफादार हुने बताईन् । उनले भनिन्,`सुशासनको प्रमुख बिशेषता अगालेर काम गर्नु पर्ने कर्मचारीको दायित्व हो, तर सरकारले पनि कर्मचारीको जीवन निरबाहका निम्ति गम्भीर भएर सोच्नै पर्छ ।´´

युनियनको नबौँ अधिवेशन कार्यक्रमको अध्यक्षता कर्मचारी युनियन प्युठान अध्यक्ष खिम बहादुर अधिकारीले गरेका थिएभने भने सहजिकरण सचिब बिष्णु थापाले गरेका थिए । अधिवेशन उद्घाटन समाहरोहमा संस्थापक अध्यक्ष टेक बहादुर डाँगी, पुर्ब अध्यक्ष अर्जुन कुमार कक्षपति र नारायण पोख्रेल लगातय सेवा निर्बित भएका कर्मचारीलाई सम्मान गरिएको थियो ।




