दाङ्ग । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ चयन हुनुभएको छ । संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतकमा मनोनयन गर्नुभएको हो ।

यस अघि भदौ ३१ गते सचेतक पदबाट निमा गिरीले राजीनामा दिनुभएको थियो । गिरी २०७९ साल चैत २९ गते सचेतक बन्नुभएको थियो । करिब १८ महिना गिरीले सचेतकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।




