प्यूठान । माघ १८ गते शुक्रबार प्यूठानको गौमुखी गाउँपालिका ५ खुङका ओखल्ढुङ्गाका चिन्तामणी न्यौपाने (उपाध्याय)को शव खुङ्ग-नारिकोट सडकखण्डमा भेटियो । स्थानियले रक्ताम्य अवस्थामा शव देखेपछि गौमुखी लिवाँसे प्रहरी चौकीमा खवर गरे । त्यहाँबाट प्रहरी घटनास्थलमा पुग्यो । घटना स्थलमा पुगेको प्रहरी टोलीले मृतकको हत्या भएको अनुमान गर्यो । घटना रहस्यमय देखेपछी जिल्ला प्रहरी कार्यालय खलंगामा जानकारी गराईयो । 
घटनाबारे अनुशन्धान गर्न प्रहरी नायव उपरीक्षक दिपेश बस्यालको नेतृत्वको टोली आफै खट्यो । प्रहरीले स्थानियहरुको गाईगुँई कुरा सुन्दा मृतकको नजिकैको बुहारी नाता पर्ने जेदुकुमारी न्यौपाने र जेदुकुमारीकै बैनीज्वाई पर्ने लोकबहादुर गिरी बिच अबैध शारीरिक सम्बन्ध भैरहेको देखेपछि ती मृतक ससुराले घरको ढोका बाहिरबाट लागाईदिएको रिसले हत्या गरिएको हुन सक्ने सुईको पायो । प्रहरी प्रमुख बस्यालका अनुसार मृतक चिन्तामणीको शव टाउको, अनुहार, नाक, मुख समेतमा गहिरो चोट लागी रक्ताम्मे अवस्थामा फुर्सेधारा स्थित खुंग नारीकोट सडकखण्डमा फालिएको थियो ।

प्रहरीले गहिरो अनुशन्धान गरी हत्यामा संलग्न भएका गौमुखी गाउँपालिका ५ खालका ५१ बर्षका लोक बहादुर गिरी र गौमुखी गाउँपालिका ५ गोलढुंगाकी ५० बर्षिय जेदु कुमारी न्यौपानेलाइ प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक केशब केसीका अनुसार अनुसन्धानका क्रममा अबैध सम्वन्ध लुकाउन चिन्तामणीको हत्या गरिएको खुलेको छ । प्रहरीका अनुसार लोक बहादुर गिरी र जेदु कुमारी न्यौपानेका बिचमा लामो समयदेखी अबैध शारिरिक सम्वन्ध रहदै आएको र उक्त कुरा मृतक उपाध्यायलाइ जानकारी भएको पाइएको छ । प्रहरी नायव उपरिक्षक बस्यालले भने, ‘दुबै जनाको अबैध सम्वन्धका बिषयमा स्थानिय धेरै जानकार हुनुहुदो रहेछ,करिव एक बर्ष अघि दुबैजनालाइ मृतक उपाध्यायले कोठामा शारिरिक सम्पर्क गरी सुतेको अवस्थामा ढोकाको चुक्कल लगाएर थुनेका रहेछन् ।’ उनका अनुसार करिव एक बर्ष अघि गिरी र न्यौपाने दुबै जना जेदुकुमारी न्यौपानेकै घरको कोठामा अबैध शारिरिक सम्वन्ध राखी सुतिरहेको अवस्थामा मृतक उपाध्यायले बाहिरबाट कोठाको ढोका लगाई चुक्कल लगाएर भित्र थुनेको र उक्त बिषय स्थानियले समेत जानकारी पाएका रहेछन् । सोही रिसिईभिका कारण दुबै जनाले एक दिन नमारी छाड्दैन भनेर धम्किदिदै आएका रहेछन्।´ मृतक चिन्तामणी उपाध्याय र जेदु कुमारी न्यौपानेका बिचमा पनि लामो समयदेखी नियमित फोन सम्पर्क हुने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको वस्यालले बताए ।
अनुशन्धानका क्रममा गत १७ गते राती ६ बजेको समयमा न्यौपाने र गिरी गौमुखी गाउँपालिका ५ फुर्सेधारा स्थित खुङ नारीकोट सडकखण्डमा भेट भइ चिन्तामणीलाई मार्ने योजना बनाएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार रातको ८ बजे जेदु कुमारी न्यौपानेले मृत उपाध्यायलाइ फोन गरी फुर्सेधारा स्थित खुङ नारीकोट सडकखण्डमा बोलाएको र घरेलु हतियार प्रयोग गरी हत्या गरेको पाइएको छ । ‘ढुङगा र घरबाट ल्याएको भरुवा बन्दुकले हानेर हत्या गरिएको छ ।’ प्रहरीले घटनास्थलबाट भरुबा बन्दुकको भाचिएको बटको ३ थान टुक्रा रु घटनास्थलको खुट्टाको छापको नमुना शंकलन गरेको थियो । प्रहरीले अनुसन्धानका क्रममा उनीहरुबाट एक थान भरुवा बन्दुक, मुवाइल र नगद ७० हजार रुपैया समेत बरामद गरेको जनाएकोछ ।




