प्यूठान । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्यूठानको विध्यान्नद माध्यमिक विद्यालयका २ सय २६ जना बालबालिकालाई न्यानो कपडा स्वीटर बितरण गरेको छ । उक्त कम्पनीले प्यूठानको स्वर्गद्वारी नगरपालिका ९ स्थित बिद्यानन्द मा वि का वालविकास देखि कक्षा १ देखि ६ सम्म अध्यनरत २ सय २६ जना बालबालिका लाई पहिलो चरणमा न्यानो कपडा स्वीटर वितरण गरेको जनाएको छ ।

हिमालयन लाईफको नाफाको १ प्रतिशत खर्च गर्नुपर्ने प्रावधान अनुसार सस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै आज यो कार्यक्रम गरेको जानकारी गराएको हो । यसै गरि दोस्रो चरण मा नौबहिनी गाउपालीका ५ को जन प्राथमिक विद्यालय का १११ जना विद्यार्थी लाई पनि न्यानो कपडा वितरण गर्ने तयारी रहेको कम्पनीका प्यूठान शाखा प्रमुख रुकमान रोकाक्षेत्रीले बताए ।
हिमालयन लाइफ इन्स्योरेन्स प्रदेश उप प्रमुख मोहन लाल कुवर को प्रमुख उपस्थित तथा कम्पनी प्युठान शाखाको वरिष्ठ एजेन्सी म्यानेजर रिकेस राउत, मीन बहादुर गहतराज, सरिता थापा र चित्रा सुनार को उपस्थिति मा कार्यक्रम सम्मपन्न गरिएको कम्पनीले जनाएकोछ ।




