जोगिन्द्र मल्ल
प्यूठान । गौमुखी गाउँपालिका वडा नम्बर ५ खुङ्गका ६९ बर्षिय चिन्तामणी न्यौपाने हत्याकाण्डका मुख्य अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न स्थानिय र जेदु कुमारी न्यौपानेलाई पक्राउ गरि थप अनुशन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
चिन्तामणी हत्यामा संलग्न भएको आरोपमा गौमुखी ५ खुङ्गका लोक बहादुर गिरीलाई प्युठान प्रहरीले शनिवार पक्राउ गरेको हो भने जेदु कुमारी न्यौपानेलाई भने शुक्रबार नै प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको थियो ।

घटनाको सुक्ष्म र सिघ्र अनुसन्धान एवं कार्बाहीका लागि जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले जानकारी दिए । उनले भने,`घटनाको कारणबारे गहिरो अनुशन्धान भैरहेकोछ । दुवैजना अभियुक्तको उपस्थितिमा थप विवरण सार्वजनिक गर्छौँ ।´
बिहिवार बेलुकी चिन्तामणी खाना खाएर सुतेको बेला अपरिचित व्यक्तिले फोन गरी कसैले बोलाएर घरदेखि केही टाढा गएको र रगतै रगतले लतपतिएर मृत अवस्थामा चिन्तामणी न्यौपानेलाई स्थानियवासीले शुक्रबार बिहान भेटिएका थिए । उनको साथमा मोबाइल नभएकोले र स्विच अफ गरिएकोले घटना रहस्यमय रहेको स्थानियबासीले ठहर गरि प्रहरीलाई खवर गरेका थिए । घटना अनुसन्धानको लागि प्युठान जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्याल नेतृत्वको प्रहरी टोली घटना स्थल पुगेको थियो ।
घरमा खाना खाएर सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिले फोन गरेपछि न्यौपाने घरबाट गाउँमा सानो काम आएको भन्दै घरबाट निस्किएका थिए । बिहिबार राति घरबाट निस्किएका न्यौपाने बिहानसम्म घर नफर्किएपछि स्थानीयले खोज तलास गर्दा शुक्रबार बिहान ७ बजे गौमुखी गाउँपालिका ५ स्थित फुर्सेधारामा मृत अवस्थामा भेटाएका थिए । पक्राउ परेका सहित घटनाको शुस्म रुपमा अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । हत्या के कति कारणबाट गरियो भन्ने पुर्ण अनुशन्धान गरि शार्बजनिक गरिने डिएसपि बस्यालले बताए ।



