प्यूठान । नेपाल निजामती कर्मचारी युनियन प्यूठानको अध्यक्षमा शुर्य पन्त सर्बसम्मत निर्बाचित भएका छन् ।
लोकतन्त्रबादी कर्मचारीहरुको आधिकारिक पेशागत संगठन नेपाल निजामती कर्मचारी युनियनको नबौँ जिल्ला अधिवेशनबाट पन्त सर्बसम्मत निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ ।
यस्तै उपाध्यक्ष पद अन्तरगत खुल्ला पदमा श्रीधर पोख्रेल, महिलामा जुक्ता पोख्रेल र समावेसीमा शेरसिंह थापा निर्बाचित भएका छन् भने सचिबमा हुमलाल न्यौपाने निर्बाचिच भएकाछन् । यस्तै सहसचिबमा हरि प्रसाद गौतम र कोषाध्यक्ष पदमा नारायण प्रसाद घिमिरे निर्बाचित भएको बताईएकोछ ।




