Skip to main content

सरोकार पोस्ट

अर्थ

भिजिट भिसालाई नियमन गर्न समिति गठन

भिजिट भिसालाई नियमन गर्न समिति गठन

काठमाडौँ । देशमा भिजिट भिसाको दुरुपयोग बढ्दै गएपछि अध्यागमन विभागले यसलाई नियमन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। विभागका निर्देशक टीकाराम ढकालका अनुसार भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति तीव्र बनेपछि तत्कालीन अवस्था सुधार गर्न समिति गठन गरिएको हो । “हामीले हालै देखिरहेका छौँ कि धेरै नागरिक पर्यटक भिसामा विभिन्न देशहरूमा गएर त्यहीँ अवैधानिक रूपमा रोजगारीमा लागिरहेका छन ”ढकालले भने, “यसले नेपाल सरकारको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पारेको छ । ” उनका अनुसार गठित समितिले भिजिट भिसा वितरण, निगरानी र मूल्याङ्कन प्रणालीमा आवश्यक सुधार गर्न सिफारिस गर्नेछ । साथै, विदेशी नियोगहरूसँग समन्वय गर्दै गलत प्रयोग रोक्न कानुनी र प्रशासनिक…
Read More
आन्दोलनको बलमा ऐन बन्दैन ः शुमना श्रेष्ठ

आन्दोलनको बलमा ऐन बन्दैन ः शुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् पुर्ब शिक्षा मन्त्री सुमना श्रेष्ठले आन्दोलनको बलमा ऐन बनाउन नहुने प्रतिकृया दिएकी छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसेको बैठकमा सांसद श्रेष्ठले समय तोकेर ऐन बनाउने सहमति गर्न नहुने धारणा राखिन् । ‘आन्दोलनको भरमा विधेयक बन्दैन । आन्दोलनले मुद्दा स्थापित हुन्छ । तर विधेयक बनाउन यति दिन उति दिन भन्ने होइन । मिहीन ढंगले गर्नुपर्ने हुन्छ,’ उनले तर्क राखिन् । शिक्षक महासंघ सँग १५ असार भित्र ऐन जारी गर्ने सहमतिको प्रसंगमा सांसद श्रेष्ठले यो विषय उठाएकी हुन् । ‘सडक र दलको प्रेसरबाट विधेयक बन्दैन,’ उनले भनिन्, ‘त्यो बेला विद्यार्थीको…
Read More
प्रेस युनियनले आजदेखि `लोमाङ्थाङ्ग´अन्तर्राष्ट्रिय मिडिया समिट गर्दै

प्रेस युनियनले आजदेखि `लोमाङ्थाङ्ग´अन्तर्राष्ट्रिय मिडिया समिट गर्दै

काठमाडौं । `जलवायु परिवर्तन र लोकतन्त्रमा नागरिक समाज र प्रेस´ भन्ने सवालमा बहस गर्न नेपाल प्रेस युनियनले पहिलोपटक ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ सञ्चालन गर्ने भएको छ। समिटको मुख्य नारा ‘शान्तिको सन्देश, हिमाली संस्कृतिको संरक्षण र लोकतन्त्रको सुदृढीकरण’ तय भएको युनियनले जनाएकोछ । समिटमा नेपाल, भारत, श्रीलका युगान्डा, बुल्गेरिया, भुटान लगायतका मुलुकका पत्रकार, संचारकर्मी तथा सामाजिक अभियन्ताको सहभागिता हुने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुुुभयो । बैशाख २७ गते काठमाडौं बाट समिट सुरु हुनेछ भने पोखरा, जोमसोम हुँदै मुस्ताङ्गको ऐतिहासिक लोमाङ्थाङ्ग पुगेर निश्कर्ष सहितको घोषणापत्र जारी गर्दै ३१ गते सम्पन्न हुने बताईएको छ । समिटमा सञ्चारका माध्यमबाट लोकतन्त्रको प्रवर्द्धन,…
Read More
ऐन नलिई फर्कन्नौं भनेका शिक्षक रित्तै फिर्ता, `असार १५ कुर्छौं धोका भए फेरि आउँछौँ´: महासंघ

ऐन नलिई फर्कन्नौं भनेका शिक्षक रित्तै फिर्ता, `असार १५ कुर्छौं धोका भए फेरि आउँछौँ´: महासंघ

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकार बिच सहमति भएपछि शुक्रबार देखि बिद्यालय खोल्ने गरि शिक्षकहरुले आन्दोलन फिर्ता लिएका छन् । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय र शिक्षक महासंघ बिच नौं बुधे सहमति भएकोछ । सहमति अनुसार २०८२ असार १५ भित्र सहमतिका बुधाहरु समेटेर नयाँ बिद्यालय शिक्षा ऐन जारी गर्ने गरि दुई पक्ष सहमति भएको हो । तर सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई सामुदायिक बिद्यालयमा पठनपाठन गराउनु पर्ने बिषय शिक्षक आन्दोलनबाटै शिक्षकहरुले आवाज उठाएको भएपछि नौं बुधे सहमति पत्रमा उक्त बिषय समेटिएको छैन । २९ दिन सम्म सडक आन्दोलन गरेका शिक्षहरुले ऐन जारी नहुँदै बिद्यालय नफर्कने भनेपनि शिक्षक महासंघ र…
Read More
प्यूठानमा आधुनिक धान रोपाइ सुरु, मेसिनबाट धान रोपाईं

प्यूठानमा आधुनिक धान रोपाइ सुरु, मेसिनबाट धान रोपाईं

प्यूठान । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाइ प्यूठानले धान रोप्नका लागि आधुनिक नयाँ प्रबिधि भित्र्याएकोछ । कार्यालयले प्यूठान नगरपालिका मरन्ठानामा चैते धान रोप्न आधुनिक मेसिनको सफल परिक्षण गरेको हो । बुधबार प्यूठान नगरपालिका ९ मरन्ठानाका शिब बहादुर केसीको खेतमा मेसिनबाट चैतेधान रोपेर परीक्षण गरिएको परियोजना प्रमुख चुमानसिंह गिरीले जानकारी दिए । जिल्लामा पहिलो पटक सानो आकारको मेसिन प्रयोग गरि सफलतापुर्बक धान रोपाइ गरिएको उनले बताए । उनले भने," अब परम्परागत धान खेतीलाई आधुनिकिक तरिकाबाट गर्न प्रबिधिले सहज बनाएको छ । यो प्रबिधि गाउँ गाउँ सम्म कर्मिक रुपमा बिस्तार हुन्छ ।" धान रोप्नका लागि आधुनिक प्रबिधि प्रयोग गर्दा मानवीय…
Read More
प्यूठानमा चार युवाले सञ्चालनमा ल्याए समानता हेल्थ क्लिनिक

प्यूठानमा चार युवाले सञ्चालनमा ल्याए समानता हेल्थ क्लिनिक

प्यूठान, बाग्दुला । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र बाग्दुला बजारमा ४ युवा मिलेर बिशेषज्ञ सेवा सहितको हेल्थ क्लिनिक तथा फार्मेसी सञ्चालनमा ल्याएकाछन् । आधुनिक ल्याव सहित बिशेषज्ञ डाक्टरबाट सेवा प्रवाह गर्ने गरि सञ्चालन भएको समानता हेल्थ क्लिनिकको आज एक कार्यक्रमका बिच प्यूठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगीले उद्घाटन गरेकाहुन् । उद्घाटन गर्दै उनले भने,`गुणस्तरयुक्त सेवा प्रवाह गर्ने गरि सञ्चालनमा आएको समानता हेल्थ क्लिनिक तथा फार्मेसीले सबै कानुनि मान्यता पूरा गरि दुर दराजका मानिसहरुको स्वास्थ्य सेवा गुणस्तरीय ढंगले प्रदान गरोस् । साथै सामाजिक सेवामा ध्यान पुर्याओस् । ´ उक्त क्लिनिक असिम मल्ल, रिमा जिसी, चित्रा केसी र जुना केसीले संयुक्त रुपमा सञ्चालनमा…
Read More
निर्माण व्यवसायी संघ प्यूठानमा फेरी नवीन श्रेष्ठ

निर्माण व्यवसायी संघ प्यूठानमा फेरी नवीन श्रेष्ठ

प्यूठान । निर्माण व्यवसायी संघ प्यूठानको छैटौं अधिवेशनबाट नवीन श्रेष्ठले पुन अध्यक्ष पद सर्बसम्मतले दोहोर्याएकाछन् । जिल्लाका निर्माण व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको उक्त संघमा बरिष्ठ उपाध्यक्ष, द्धितिय उपाध्यक्ष र सचिब पद बाहेक सबै पदमा सर्बसम्मत भएको निर्बाचन समितिले जनाएको छ । व्यवसायी संघकाे १२ औं साधारणसभा तथा छैटौं अधिवेशनमा सहमति हुन नसकेपछि बरिष्ठ उपाध्यक्ष, द्धितिय उपाध्यक्ष र सचिब पदमा मतदान मतदान भएको हो । अन्तिम मतपरिणाम अनुसार खसेको १०१ मत मध्य बरिस्ठ उपाध्यक्ष पदमा शाेभाराम न्याैपानेले ५५ ल्याई विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नारायण ज्ञवालीले ४६ मत पाई ९ मतले पराजित भएकाछन् । यस्तै द्वितिय उपाध्यक्ष पदमा केशव…
Read More
आयल निगमले घटायो पेट्रोलिम पदार्थको मुल्य

आयल निगमले घटायो पेट्रोलिम पदार्थको मुल्य

काठमाडौं । नयाँ वर्षको अवसर पारेर नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। भारतीय आयल निगमबाट नयाँ दर घटेर आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार मङ्गलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ १५ पैसा र डिजेल २ रुपैयाँ ६२ पैसाले सस्तो भएको हो।
Read More
भर्ना अभियान,पाठ्यपुस्तक बितरण, पुरक परिक्षा रोकियो, शिक्षकहरु सडकमा, सरकारको नजरअन्दाज

भर्ना अभियान,पाठ्यपुस्तक बितरण, पुरक परिक्षा रोकियो, शिक्षकहरु सडकमा, सरकारको नजरअन्दाज

सरकारले `बिद्यालय शिक्षा ऐन´ जारी नगर्दा हप्तौँदेखि शिक्षकहरु राजधानी काठमाडौं केन्द्रीत आन्दोलमा छन् । शिक्षकहरुको मागलाई सरकारले सम्बोधन गर्नुको साटो उल्टै नजरअन्दाज गर्दा बैशाख २ देखि सुरुहुने बिद्यार्थी भर्ना अभियान तथा पाठ्यपुस्तक बितरणको काम देशभर प्रभावित भएको छ । कुनै बिद्यालयमा त बार्षिक परिक्षाको नतिजानै सार्बजनिक गरिएको छैन। सामुदायिक बिद्यालयका शिक्षकहरु काठमाडौंका सडकमा आन्दोलन गरिरहेका छन् । नयाँ शैक्षिक सत्र सुरु भैसक्दा बिद्यार्थी भर्ना पाठ्यपुस्तक बितरणको काम मात्रै होईन SEE को पुरक परीक्षा र कक्षा १२ को नियमित परीक्षा समेत प्रभावित हुने देखिएको छ । SEE को कपि जाँचका लागि जिल्ला जिल्लामा उत्तरपुस्तिका पुगेपनि जाँच गर्ने शिक्षक भने काठमाडौंमा आन्दोलित…
Read More
प्यूठान स्याउलिवाङ्ग गाउँका घरघरमा बल्ल पुग्यो बिजुली, स्थानियबासी खसी

प्यूठान स्याउलिवाङ्ग गाउँका घरघरमा बल्ल पुग्यो बिजुली, स्थानियबासी खसी

`स्याउलिवाङ्गबासीलाई बत्ति मुनिको अँध्यारो बल्ल हट्यो´ प्यूठान । करिब ३ दशक देखि जिल्लामै १२ मेगावाट बिद्युत उत्पादन हुँदै आएपनि बिद्युतको राष्ट्रिय प्रशासण लाईनको पहुँचमा नरहको उत्तरी प्यूठानका स्याउलिवाङ्ग बासी माझ नेपाल बिद्युत प्राधिकरणले बल्ल राष्ट्रिय प्रसारण लाईन पुर्याएको छ । स्याउलिवाङ्गमा बिद्युतिय राष्ट्रिय प्रसारण लाईन पुर्याउन बि.स. २०७७/०७८ मा करिब १५ लाख बजेट बिनियोजन गरि पहुँच बिस्तार गर्न खोजिएको थियो । तर कोभिड १९ काे प्रकोपका कारण काम अबरोध भएकोले २०७९/८० मा बिद्युत बिस्तार गर्न पुन: टेण्डर भएको थियो । पछिल्लो टेण्डर जय दुर्गे कन्ट्रक्सन प्रालिले रु.१५ लाखमा लिएर यस आ ब मा २ सय घरधुरीमा बिद्युत जडान गरि बिहिबार…
Read More