प्यूठान । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाइ प्यूठानले धान रोप्नका लागि आधुनिक नयाँ प्रबिधि भित्र्याएकोछ ।

कार्यालयले प्यूठान नगरपालिका मरन्ठानामा चैते धान रोप्न आधुनिक मेसिनको सफल परिक्षण गरेको हो । बुधबार प्यूठान नगरपालिका ९ मरन्ठानाका शिब बहादुर केसीको खेतमा मेसिनबाट चैतेधान रोपेर परीक्षण गरिएको परियोजना प्रमुख चुमानसिंह गिरीले जानकारी दिए ।

जिल्लामा पहिलो पटक सानो आकारको मेसिन प्रयोग गरि सफलतापुर्बक धान रोपाइ गरिएको उनले बताए । उनले भने,” अब परम्परागत धान खेतीलाई आधुनिकिक तरिकाबाट गर्न प्रबिधिले सहज बनाएको छ । यो प्रबिधि गाउँ गाउँ सम्म कर्मिक रुपमा बिस्तार हुन्छ ।”

धान रोप्नका लागि आधुनिक प्रबिधि प्रयोग गर्दा मानवीय श्रम कम हुने र लागत पनि कमहुने भएकाले यो प्रबिधि प्रति किसानको आकर्षण बढ्दै जाने प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यालयको दाबि छ । आधुनिक प्रबिधिको प्रयोग संगै उत्पादनमा समेत वृद्धि हुने कार्यालयको बिश्वास छ । प्यूठानको मरन्ठानमा पहिलो पटक चैते धान रोपाइ मेसिनबाट गरिएको हो । मेसिनबाट प्रतिघण्टा ५ रोपनी क्षेत्रफलमा धान रोप्न सकिने कार्यालयले जनाएको छ ।

युवा बिदेश पलायन हुँदै जाँदा गाउँमा खेतिपाति गर्ने जनशक्ति नहुने अवस्था आएका कारण आधुनिक प्रबिधिको प्रयोगलाई जोड दिईएको कार्यालय प्रमुख गिरीले बताए । उनले
प्यूठनमा ६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेकोमा यस बर्ष ३ हजार ५ सय रोपनीमा चैते धान खेती गरिने जानकारी दिए ।




