काठमाडौं । नयाँ वर्षको अवसर पारेर नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। भारतीय आयल निगमबाट नयाँ दर घटेर आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो।

निगमका अनुसार मङ्गलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ १५ पैसा र डिजेल २ रुपैयाँ ६२ पैसाले सस्तो भएको हो।




